होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
३ वर्ष अगाडि अर्थात २०७६ जेठ ३१ गते “शान्ति, सुशासन, सम्वृद्धि र स्वाभिमान” भन्ने मुल नाराका साथ नागरिक रैबार डटकम अनलाईनको सुभारम्भ गरेका थियौं । २०७९ जेठ ३१ गते अर्थात हिजोबाट नागरिक रैबार डटकमको चौथो वर्षको सुरुवात भएको छ । स्थापनाको तेस्रो वर्ष पुरा गरि हामी नयाँ संकल्प र योजनासहित चौथो वर्षको नयाँ अध्यायमा प्रवेश […]
रिमा विश्वकर्मा /बाजुरा १ असार। वडा स्तरीय एक दिने समिक्षा गोष्ठी मार्तडीमा सम्पन्न भएको छ । सहयोगी हातहरुको समुह (सहास) नेपालको आयोजनामा उक्त गोष्ठी बडीमालिका नगरपालिका ९ को वडा कार्यालयमा सम्पन्न भएको हो । गोष्ठीमा सहास नेपालद्धारा संचालन भएको स्थानीय प्रयासद्धारा खाद्य सुरक्षा रुपान्तत्रण (लिफ्ट) परियोजनाले बडीमालिका नगरभित्र ३ वर्षमा गरेका कामहरुको प्रगति बारे समिक्षा […]
नागरिक रैबार/बाजुरा १ असार। जबरजस्ती करणी गरेको आरोपमा बाजुराका तीन जना पक्राउ परेका छन् । जेठ महिनाभित्र बजरजस्ती करणी गरेको आरोपमा ३ जना पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । जबरजस्ती करणी उद्योग गर्ने बडीमालिका नगरपालिका–१ का १८ वर्षीय हर्कबहादुर दानी जेठ २५ गते शनिबार बेलुका पक्राउ परेका छन् । सदरमुकाम मार्तडीबाट घर जादै […]
नागरिक रैबार/बाजुरा ३१ जेठ।बुढीगंगा नगरपालिकाको पुन: निर्वाचनको मिति तोक्नका लागि बसेको सर्वदलीय बैठक निश्कर्ष विहिन भएको छ । सर्वदलिय बैठक मार्फत पुन: निर्वाचन गर्ने मिति तोक्न आज चौथो पटक बसेको सर्वदलीय बैठक निष्कर्ष बिहिन बनेको हो । यस अघि गएको शुक्रबार बसेको सर्वदलीय बैठकले बुढीगंगाको निर्वाचनको मिति तोक्न जेठ ३१ गतेका लागि पुनः बैठक बोलाएको […]
नागरिक रैबार/बाजुरा ३१जेठ। बाजुरा जिल्ला बिपत ब्यबस्थापन समितिको आज बसेको बैठकले मनसुनजन्य बिपत प्रभाबित १ सय ६८ परिवारलाई पुन निर्माण तथा अस्थाई आवास निर्माण गर्न पहिलो किस्ता बापतको रकमकाे अनुमाेदन गरिएकाे छ । अघिल्लो बर्षको कार्तिकमा आएको अबिरल बर्षाका कारणले बिस्तापित १ सय ६८ परिवारलाई पहिलो किस्ता बाफत एक करोड २६ लाख रुपैया खर्चकाे बैठकले […]
काठमाडौ– गत बैशाख ३० गते देशभरका ७५३ स्थानीय तहमा निर्वाचन सम्पन्न भयो। त्यसमध्ये ७५२ स्थानको नजिता सार्वजनिक भएको छ। तर, बाजुराको बुढीगंगा नगरपालिकामा भने मतदान सम्पन्न भएपछि मतगणना नै भएन। उक्त नगरपालिकामा सत्तारुढ दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्ष नेकपा एमाले दुवै पार्टीले बूथ कब्जा गरेर मृत्यु भइसकेका व्यक्तिको नाममा पनि मतदान गरेको पाइएपछि आयोगले […]
पोखरा- गत बैशाख २६ गते । एक महिलाको अश्लिल भिडियो खिचे । त्यसपछि उनले चरित्र हत्या गर्ने धम्की दिए । सामाजिक सन्जालमा हालिदिने उनको धम्की थियो । भिडियो डिलिट गर्न ति महिलाले पटक पटक आग्रह गरिन् । मानेनन् । उनले भिडियो हटाउने भए ५० लाख दिन भने । पीडित महिलाले ३ लाख रुपैयाँ दिइन् । […]
नागरिक रैबार/बाजुरा २८ जेठ। बडिमालिका नगरपालिका वडा नं. ९का दलित वस्तिमा यूनिसेफ नेपालको आर्थिक सहयोग र बास नेपालको सहकार्यमा वडा नं. ९का टोल बिकास समितिका दलित वस्तिमा स्वास्थ्य सामाग्री सहयोग गरेको छ । सरसफाई तथा खानेपानी सुुद्धीकरण गर्नका लागि पीयूष, साबुन, स्यानिटाईजर,मास्क,थर्ममिटर लगायतका सामाग्री सहयोग गरेको हो । यूनिसेफ नेपालको आर्थिक सहयोग र वास नेपालको […]
नागरिक रैबार/बाजुरा २७ जेठ। नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश कार्य समिति सदस्य धनराज पण्डित नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिको सूचना,सञ्चार तथा प्रचार प्रसार विभाग प्रमुखमा मनोनीत भएका छन भने, नेपाली काँग्रेस बाजु्राका पुर्व पाटी सचिव रनसिंह ऐडि सुदूपश्चि प्रदेश कार्य समिति सदस्यमा मनोनित भएका छन । नेपाली काँग्रेस पार्टीलाई थप सुदृढ एवंम गतिशील बनाउनका लागि प्रदेश […]
नागरिक रैबार/बाजुरा २६जेठ। बाजुरा जिल्ला अदालतले यो आर्थिक बर्षको आजसम्म ६२ दशमलव ५८ प्रतिशत मुद्धा फर्छौट गरेको छ । आर्थिक बर्ष ०७८/०७९ मा १ सय ५५ मुद्धा जिल्ला अदालतमा आएको र त्यसमा ९७ ओटा मुद्धा फर्छौट गरिएको जिल्ला न्यायधिक माधव प्रशाद घिमिरेले बताएका छन । पत्रकारसंग अन्र्तक्रिया कार्यक्रममा बोल्दै जिल्ला न्यायधिस घिमिरेले यो बर्षको आझै […]
राजेन्द्र बिक बाजुरा,२६जेठ । बाजुराको बडिमालिका नगरपालिका वडा नम्बर-५स्थित मना शहरी स्वास्थ्य केन्द्रमा महिलाहरुको प्रजनन् स्वास्थ्य सम्बन्धिको एक दिने शिविर सम्पन्न भएको छ।मर्यादित,शान्तिमय र आनन्दित जिवनका लागि समुन्नत समाज भन्ने मुख्य नारा सहित शुरु भएको शिविरको उद्घाटन स्त्री रोग विशेषज्ञ डाक्टर जस्मिता बलम्पाकिले गर्नुभएको हो । सहास नेपाल बाजुराको आयोजना तथा बडिमालिका नगरपालिकाको समन्वयमा संचालन […]
नागरिक रैबार/बाजुरा २५ जेठ। बाजुरा जिल्लाको बडिमालिका–४ रिलाका साैरे उखेडा २० वर्षपछि भारत बाट गाउँ फर्किएका छन । छिमेकी देश भारतको हरिणा भन्ने ठाउँमा लामो समयदेखि काम गर्देै आएका थिए । भारतमा काम गर्ने क्रममा लडेर एउटा खुट्टा सहित भाँचिएको छ । उक्त भाँचिएको खुट्टामा रड त हाले तर उक्त रड निकाल्ने पैसा नभएको र […]
बाजुरा । बाजुराको बुढीगंगा नगरपालिका–१० कि लोकसरी कुँवर पाटन अस्पताल बर्न वार्डको ५ नम्बर बेडमा छटपटाइरहेकी छिन् । खाना पकाउँदै गर्दा चुलोमा लडेकी उनको शरीरको ३८ प्रतिशत भाग जलेको छ । २३ वर्षकी उनको ५ महिनाका छोरा युकेश भने आमाको काख र दूध खान नपाएर रोइरहेका छन् । जलेर गम्भीर अवस्थामा रहेकी आमासँग छोरालाई राख्न […]
नागरिक रैबार/बाजुरा २५ जेठ।बडीमालिका नगरपालिका वडा नम्बर ९ का स्थानीयहरुलाई सुधारिएको चुलो वितरण गरिएको छ । जलवायु उर्जा तथा वातावरण कार्यक्रम अन्तरगत युनिसेफ नेपाल र बडीमालिका नगरपालिकाको सहयोगमा बडीमालिका ९ का ३ सय ८३ घरधुरीलाई सुधारिएको चुलो वितरण गरिएको हो । सुधारिएको चुलोको प्रयोग, विद्यालय तथा स्वास्थ्य संस्थाहरुमा वृक्षारोपण र हरित क्षेत्र स्थापना मार्फत कार्वन […]
गृहमन्त्री बालकृष्ण खाँणले बाजुराको बूढीगंगा नगरपालिकाको मतगणना गर्ने कि पुनः मतदान गर्ने भन्ने निर्णय निर्वाचन आयोगले गर्ने बताएका छन्। मंगलबार संसदमा उक्त निर्णयको विषय सरकारको नभएको बताउँदै उनले आयोगले गर्ने निर्णयमा सहयोग गर्ने दायित्व सरकारको भएको बताएका हुन्। त्यसको मतणना गर्ने कि त्यहाँ पुनः मतदान गर्ने सरकारले भन्दा पनि निर्वाचन आयोगले नै निर्णय गर्ने हो। […]
बाजुरा । मंगलबार विभिन्न कार्यक्रम गरेर विश्व खाद्य सुरक्षा दिवस मनाइँदै छ । तर बाजुराको अतिविपन्न दलित समुदायको बसोबास रहेको मुक्तिकोट गाउँका बासिन्दाले खानै नपाएर कुपोषणको अवस्था झन्झन् भयावह हुँदै गइरहेको छ । बाजुराको कुपोषणग्रस्त मुक्तिकोट गाउँका बासिन्दाका लागि वितरण गरिएको चामल लिन आएका स्थानीय । डेढ महिना अघिसम्म कडा कुपोषित बालबालिकाको संख्या १६ रहेको […]
नागरिक रैबार/बाजुरा २३ जेठ। बाजुरामा नयाँ पाठ्यपुस्तक नहुँदा पठनपाठनमा समस्या भएको छ । जेठ ३ गतेदेखि नयाँ शैक्षिकसत्र सुरू भए पनि पाठ्यपुस्तकको अभावमा पठनपाठन गर्न नसकिएको बिद्यालयले जनाएका छन् । बाजुरामा ५१ हजार ५ सय ३७ जना बिद्यार्थी रहेका छन् । बिद्यार्थीलाई आबश्यक पाठ्यपुस्तक ३४ लाख ९ हजार ६ सय १० सेट रहेको छ । […]
नागरिक रैबार/बाजुरा २३ जेठ। बाजुराको बुढीगंगा नगरपालिकामा यही जेठ महिनाभित्र निर्वाचन सम्पन्न गर्ने गरी तयारी थालेको निर्वाचन आयोगले जनाएको छ। पुनः निर्वाचन गर्नका लागि नयाँ निर्वाचन अधिकृत तोकिएको छ भने प्रमुख जिल्ला अधिकारीसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीको नेतृत्व पनि नयाँ पठाइएको छ। पहिलेका प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलको सट्टा प्रकाशचन्द्र अधिकारीलाई बाजुराको प्रमुख जिल्ला […]
नागरिक रैबार/बाजुरा २२ जेठ। विश्व वातावरण दिवस बाजुराको कोल्टीमा पनि मनाईएको छ । आईएन एफ नेपाल बाजुराले विश्व बातावरण दिवसको अवसरमा कोल्टीमा वृक्षारोपण गर्दै दिवस मनाएको हो । “एउटै मात्र पृथ्वी“ पृथ्वीको संरक्षण, दिगो प्रकृतीमैत्री जीवनयापन भन्ने मुल नाराका साथ विश्व बातावण दिवस आज विश्वभर मनाईएको छ । दिवसकै अवसरमा आईएन एफ नेपाल बाजुराले कोल्टी […]
नागरिक रैबार/बाजुरा २२ जेठ। बाजुराको सदरमुकाम मार्तडीमा एक दिने अनुशिक्षण गोष्ठी सम्पन्न भएको छ । बडीमालिका नगरपालिकाको आयोजना र सुदूरपश्चिम प्रदेश मुख्य मन्त्री तथा मन्त्री परिसदको कार्यालय धनगढीको आर्थिक सहयोगमा उक्त १ दिने अनुशिक्षण गोष्ठी सम्पन्न भएको हो । गोष्ठिमा बडीमालिका नगरपालिलकाका कार्यपालिका सदस्यहरुलाई लैगिंक समानता तथा समावेशीकरण रणनितिक योजना तर्जुमाका बारेमा जानकारी गराईएको छ […]