होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, असार ११, २०७९
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • बुढीगंगा विवाद: प्रमुख आयुक्त र एमाले नेता थापाबीच चर्काचर्की
राजनीति

बुढीगंगा विवाद: प्रमुख आयुक्त र एमाले नेता थापाबीच चर्काचर्की

मृत्यु भइसकेकाको नाममा मत हालिएको थपलियाको दाबी

  • नागरिक रैबार
बुढीगंगा विवाद: प्रमुख आयुक्त र एमाले नेता थापाबीच चर्काचर्की

काठमाडौ– गत बैशाख ३० गते देशभरका ७५३ स्थानीय तहमा निर्वाचन सम्पन्न भयो। त्यसमध्ये ७५२ स्थानको नजिता सार्वजनिक भएको छ। तर, बाजुराको बुढीगंगा नगरपालिकामा भने मतदान सम्पन्न भएपछि मतगणना नै भएन।

उक्त नगरपालिकामा सत्तारुढ दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्ष नेकपा एमाले दुवै पार्टीले बूथ कब्जा गरेर मृत्यु भइसकेका व्यक्तिको नाममा पनि मतदान गरेको पाइएपछि आयोगले त्यहाँ भएको मतदान रद्द गर्ने निर्णय गर्‍यो। आयोगले उक्त क्षेत्रका केही वडामा एमालेले र केही वडामा कांग्रेसले मतदान केन्द्र नियन्त्रणमा लिएर मतदान गरेका थिए।

उक्त विवादमा यतिबेला नेपाली कांग्रेसको सरकारका कानुन सल्लाहकार महान्यायाधीवक्ता खम्मबहादुर खातीदेखि नेकपा एमालेका नेता कर्ण थापासम्म जोडिएका छन्। अन्य स्थानीय तहको निर्वाचन नतिजा सार्वजनिक भई काम थालनी हुँदासम्म पनि त्यहाँको विवाद कायमै छ।

विज्ञापन

गत बुधबार यही निर्वाचन क्षेत्रको विवादलाई लिएर प्रमुख निर्वाचन आयुक्त र एक आयुक्तलाई नेकपा एमालेका एक नेता र सांसदले पुनः निर्वाचन गर्न चेतावनी नै दिए। प्रमुख आयुक्त दिनेश थपलियाको कार्यकक्षमा पुगेर एमाले नेताले यस्तो चेतावनी दिएका थिए।

कार्यकक्षमा निर्वाचनको समिति र अन्य काम गरेर बसिरहेका प्रमुख आयुक्त दिनेश थपलिया र आयुक्त ईश्वरी पौडेललाई भेट्ने भन्दै नेकपा एमाले स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम सह–इञ्चार्ज कर्ण थापा पुगे। कार्यकक्षमा प्रवेशअघि नै सुरक्षाकर्मीसँग विवाद गरेर जबरजस्ती प्रवेश गरेका थापाले भित्र पुगेलगत्तै प्रमुख आयुक्त थपलियासँग पुनः निर्वाचन किन गर्ने भन्दै प्रश्न गरे

प्रमुख आयुक्त थपलिया र आयुक्त पौडेललाई उनले जिम्मेवार नेताहरू भेट्न आउँदा पनि आधा घन्टासम्म भेट नदिने, फोन नउठाउने र सूचना पनि नदिने भन्दै हप्काएको त्यसदिन निर्वाचन आयोगमा रहेका एक जना प्रत्यक्षदर्शीले बताए। प्रत्यक्षदर्शीका अनुसार उनीहरूका बीचमा करिब आधा घण्टा चर्काचर्की भएको थियो। थापाले आयुक्त पौडेललाई महान्यायाधीवक्ता खम्मबहादुर खातीको निर्देशनमा काम गरेको भन्दै आरोप पनि लगाए।

यस्तो थियो चर्काचर्कीको अंश

थापा : तपाईंहरू फोन पनि उठाउनुहुन्न, भेट्न पनि दिनुहुन्न। सूचना माग्दा त्यो पनि दिनुहुन्न। आधा घन्टादेखि भेट्न आउँदा भेट्न पनि खोज्नुहुन्न। बुढीगंगा नगरपालिकामा जनताले मतदान गरिसकेका छन्। जनताले आफ्नो सार्वभौम मताधिकार प्रयोग एकपटक गरिसकेको अवस्थामा किन तपाईंहरूले खारेज गर्नुभयो?

प्रमुख आयुक्त थपलिया : निर्वाचन आयोगमा परेको उजुरी र हाम्रो छानबिनले त्यहाँ निर्वाचन भएको देखिएनन्, निर्वाचन बूथ नियन्त्रणमा लिएर पार्टीका मानिसहरूले मतदान गरेको देखियो।

थापा : तपाईं हेर्न जानु भएको हो र? जनता लाइनमा बसेर मतदान गरेका छन्। एउटा क्षेत्रमा नेपाली कांग्रेसले जबरजस्ती गरेको हो। तर, मतदान जनताले गरेका छन् तपाईंको पुनः निर्वाचन गराउने निर्णय शंकास्पद छ।

प्रमुख आयुक्त : मतदाता बराबर मत कसरी खस्यो? मृत्यु भएका मानिसका नाममासमेत मत कसले हालेको हो? अन्य देशभरी ७० प्रतिशत मतदान नहुँदा उक्त क्षेत्रमा ९९ प्रतिशतसम्म मतदान कसरी भयो? मरेका मानिसका नाममा मतदान गर्ने अनि गणना गरिदिनुस् भनेर भन्ने, आयोगले सक्दैन।थापा : जनमतको अपमान र कदर नगर्ने अधिकार तपाईंलाई छैन। कांग्रेसको उक्साहटमा आयोगले निर्णय गर्न सक्दैन। नेपाललाइभ बाट साभार

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै