होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार /बाजुरा १३ जेठ । बैशाख ३० गते सम्पन्न भएकाे बाजुराकाे बुढीगंगा नगरपालिकाकाे निर्बाचनलाई निर्वाचन आयोगले जनताको जनमत बिरुद्ध निर्णय गरेको भन्दै नेकपा एमाले बाजुराले विराेध प्रदर्शन गरेकाे छ । बैशाख ३० गते भएको स्थानिय तहको निर्बाचनको मत गणना नगरी पुन निर्बाचन गराउने निर्वाचन आयाेगकाे निर्णय प्रति एमालेले बाजुरामा विराेध प्रदर्शन गरेको नेकपा एमाले […]
नागरिक रैबार/बाजुरा १३ जेठ। निर्वाचन आयोगले बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान गर्ने निणर्य गरेपछि नेकपा एमाले बाजुराका कार्यकर्ताहरु आक्रोसित बनेका छन्। निर्वाचन आयोगले बुढीगगा नगरबासीको जनमतको कदर नगरी पुन: मतदान गर्ने निर्णय गरेपछि बुढीगगा बासीले त्यसको विरोधमा सडक अवरुद्ध गरेको छ । निर्वाचन आयोगले बिहीबार सो नगरपालिकामा चुनाव निष्पक्ष नभएको ठहर गर्दै वैशाख ३० को […]
काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकाको निर्वाचन विवाद अदालतमा पुगेको छ ।एमालेले उच्च अदालत दिपायलमा मतगणनाको माग राखी दिएको निवेदनमा दुवै पक्षलाई छलफलका लागि डाकिएको छ । निर्वाचन आयोगले फेरि मतदानको निर्णय गरेपछि सर्वोच्च अदालतमा समेत रिट निवेदनको तयारी भएको छ । ३० वैशाखमा निर्वाचन भएपछि बुढीगंगाका निर्वाचन अधिकृतले मतगणना गर्ने वा फेरि निर्वाचन गर्ने भन्नेवारे […]
बाजुराको बुढीगंगा नगरपालिकामा पुन: मतदान हुने भएको छ । निर्वाचन आयोगले बिहीबार एक विज्ञप्ति जारी गरी बुढीगंगा नगरपालिकामा पुन: मतदान गर्ने जानकारी गराएको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मतदान गर्ने मिति र समय यथाशीघ्र तोकिनेछ । यसअघि ३० वैशाखमा भएको मतदानमा बुथ कब्जा भएको विषयमा दलहरुबीच विवाद भएपछि मतदान रोकिएको थियो । […]
बाजुरा । कहिले यात्रुमाथिको व्यवहार त कहिले विभिन्न असुरक्षाका घटनाबाट चर्चामा रहने बुद्ध एयरले फेरि आगोले जलेकी एक महिलालाई बोक्न नमान्दा आलोचित बनेको छ। तत्कालै अस्पताल पुर्याउनुपर्ने अवस्थाको घाइतेलाई पाँच घण्टा विमानस्थलमा कुराएर छाडेर उडेको हो। बाजुरा बुढिगंगा नगरपालिका १० की २३ वर्षकी आगोले जलेर घाइते भएकी लोकशरी कुँवरलाई बुधबार राति १० बजे बुद्ध एयरले […]
निर्वाचन आयोगले बाजुराको बूढीगंगा नगरपालिकामा फेरि मतदान कि मतगणना भन्ने निर्णय गर्न सकेको छैन । आयोगका आयुक्त सगुनशम्शेर जबरा नेतृत्वको उच्चस्तरीय अध्ययन टोलीले प्रतिवेदन बुझाएको भने साता दिन हुन लाग्यो । तर, प्रतिवेदन अध्ययन गरेर निर्णय लिन आयोगले सकेको छैन । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले प्रतिवेदन अध्ययनपछि आयोगले के गर्ने भन्नेबारे चाँडै निर्णय लिने […]
नागरिक रैबार/बाजुरा १० जेठ। आगोले जलेकि बाजुराकी एक महिला आर्थिक अभाबमा समस्या परेकि छन् । बुढिगंगा नगरपालिका वडा नम्बर १० बस्ने २३ बर्षकि लोकशरी कुवर अछामको बयलपाटा अस्पतामा रहेकि छन् । बयलपाटा अस्पताले उपचार सम्भब नभएको भन्दै रिफर गरेको भएपनि पैसा नहुदा अस्पतालमा उपचारमा अभाबमा बेडमै थन्किएछि छन् । जेठ ३ गते घरमै आगाले जलेकी […]
नागरिक रैबार/बाजुरा १ जेठ। निर्वाचन आयोगका आयुक्त सगुन सम्मसेर जंग बहादुर राणा बाजुरा पुगेका छन् । बाजुराको बुढिगंगा नगरपालिकाको निर्वाचन स्थगित पछि अबस्था बुझन राणा सेनाको हेलिकप्टर मार्फत बाजुरा पुगेका बुझिएको छ । बाजुराको बुढिगंगा नगरपालिका १० वटै वडाको मतदान स्थगित गरेको सुचना शनिवार राति मात्र निर्वाचन आयोगले जानकारी गरेको थियो ।
काठमाडौं, जेठ १ । नेकपा एमालेका नेता कर्णबहादुर थापाले बाजुराको बुढीगंगा नगरपालिकामा मतगणनामा भइरहेको ढिलाइप्रति आपत्ति जनाएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै थापाले भने, “बाजुराको बुढीगंगा नगरपालिकामा शान्तिपूर्ण रुपमा मतदान भएको थियो । तर अहिलेसम्म सुनिनियोजित रुपमा मतगणना सुरु गरिएको छैन । उल्टै पुनः […]
नागरिक रैबार/बाजुरा १ जेठ। निर्वाचन आयोगका आयुक्त सगुन सम्मसेर जंग बहादुर राणा बाजुरा आउन लागेका छन् । बाजुराको बुढिगंगा नगरपालिकाको निर्वाचन स्थगित पछि अबस्था बुझन राणा सेनाको हेलिकप्टर मार्फत बाजुरा आउन लागेको बुझिएको हो । बाजुराको बुढिगंगा नगरपालिका १० वटै वडाको मतदान स्थगित गरेको सुचना शनिवार राति मात्र निर्वाचन आयोगले जानकारी गरेको थियो ।
नागरिक रैबार/बाजुरा १ जेठ।बाजुरा जिल्लाका ९ मध्ये ७ वटा पालिकामा मतदान भएको ४८ घण्टा वितिसक्दा पनि मतगण्ना हुन सकेको छैन् । बुढींगगा र बुढीनन्दाका केही वडामा मतदानका क्रममा दलहरुविच विवाद भएको थियो भने अन्य पालिकाहरुमा छिटपुट घटना बाहेक शान्तिपूर्ण तरिकाले मतदान कार्य सम्पन्न भएको थियो । हिमाली र गौमुल बाहेकका पालिकामा मतदान सम्पन्न भएकै दिन […]
नागरिक रैबार/बाजुरा३१ बैशाख। बडीमालिका नगरपालिकाको मतगणना अनिश्चित भएको छ । हिजो सम्पन्न भएको मतदान पछि बडीमालिका नगपालिका ८ मा एमाले र काँग्रेसका कार्यकर्ताविच दोहोरो झडप भएको थियो । सोही घटनाको विषयलाई लिएर राजनीतिक दलहरुविच असहमति भएपछि बडीमालिका नगरपालिकाको मतगणना कार्य ढिलाई भएको बुझिएको छ । जिल्लाका स्वामीकार्तिक र खप्तड क्षेडेदह गाउँपालिकामा मतगणना भईरहँदा बडीमालिका सहित […]
नागरिक रैबार बाजुरा बैशाख ३० बाजुरा। जिल्लाको बुढीगंगा नगरपालिकाका निर्वाचन अधिकृतले राजीनामा दिएका छन् । बुढीगंगा नगरपालिकामा निर्वाचन अधिकृतका रुपमा खटिएका निर्वाचन अधिकृत कृष्ण साप्कोटाले निर्वाचनमा तोकिएको जिम्मेवारीबाट राजिनामा दिएका हुन् । बुढीगंगा नगरपालिकामा आफु असुरक्षित रहेको भन्दै मतदानको दिन अधिकांश मतदान केन्द्रमा तनाव तथा स्वतन्त्र र निष्पक्ष मतदान प्रभावित भएको भन्दै राजिनामा दिएको बुझिएको […]
नागरिक रैबार/बाजुरा ३१ बैशाख । मतदानका क्रममा झडप, उम्मेदवार घाइते, बुथ कब्जा, सुरक्षाकर्मीले मतेपटिका छाडेर मतदान केन्द्रबाट हिँडेको लगायतका घटना भएको बाजुराको बुढीगंगा नगरपालिकाका धेरैजसो वडाहरुमा शनिबार बिहानसम्म मतगणना नै अन्योलमा परेको छ । पालिकास्थित निर्वाचन अधिकृतको कार्यालयले मतपेटिकाहरु बुझेको छैन । मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुरा, सुरक्षा संयन्त्रको स्रोत अनुसार बुढीगंगाका अधिकांश मतदान केन्द्र […]
नागरिक रैबार बाजुरा ३० बैशाख बाजुरा जिल्लाको बुढिगंगा नगरपालिका वडा न ५ मा रहेको भानुदय माबिको मतदान केन्द्रमा धाँधली हुदा सुरक्षाकर्मीले मतदान केन्द्र छोडेर हिँडेका छन् । मतदान अधिकृत र कर्मचारीहरु भने सोही ठाउँमा मत पेटीका र मतपत्र कुरेर बसीरहेका भए पनि सुरक्षाकर्मी भने त्यहाँबाट भागेको प्रहरीको श्रोतले जनाएको छ ।
नागरिक रैबार बाजुरा ३० बैशाख बाजुराको बुढीगंगा नगरपालिका वडा नं. ७ को सारदा मावि, जगन्नाथको २ र बुढीगंगाकाे ५ नम्बर वडामा मतदान प्रक्रिया स्थगित गरिएको छ । निर्वाचन स्थलबाहिर एमाले र काँग्रेसका कार्यकर्ताविच विवाद भएपछि सो मतदान केन्द्रहरुमा मतदान प्रक्रिया स्थगित गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार बुढीनन्दा […]
नागरिक रैबार/बाजुरा २९ बैशाख। बाजुरामा स्थानीय तहको निर्वाचनको लागि सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचनका लागि आवश्यक पर्ने सामाग्रीसहित कर्मचारीहरु सम्बन्धित क्षेत्रमा पठाएर भोली शुक्रबार हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जिल्ला निर्वाचन कार्यालय बाजुराका निर्वाचन अधिकारी नवराज अवस्थिले बताएका छन् । निर्वाचन अधिकारी अवस्थीका अनुसार जिल्लाका ९ वटै स्थानीय तहमा तोकिएका ७० वटा […]
नागरिक रैबार/बाजुरा २९ बैशाख। स्थानीय तह निर्वाचनको सुरक्षाका लागि बाजुरामा १५ सय बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । भोली वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै जिल्लाभर १५ सयबढी जना सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला सुरक्षा समिति बाजुराका संयोजक एंव प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले बताएका छन् । प्रजिअ पौड्यालका अनुसार बाजुराका ९ वटै […]
नागरिक रैबार/बाजुरा २८ बैशाख । बुढीगंगा नगरपालिका ९ को त्रिशक्ति मावि मतदान केन्द्रबाट स्थानीय युवाले २२ वटा मतदाता परिपत्र चोरी गरेको आरोपमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मतदान केन्द्रमा खटिएका सहायक कर्मचारी देवकी गौतमले बुधबार दिउँसो मतदाता परिपत्र वितरण गर्दै गर्दा स्थानीय विकास थापाले कर्मचारीलाई छलेर २२ वटा मतदाता परिचय पत्र लिएको मतदान अधिकृत […]
नागरिक रैबार/ बाजुरा १९ बैशाख। बाजुराकाे बुढिगंगा नगरपालिकाका निर्वाचन अधिकृत फेरिएका छन् । बुढीगंगाका निर्वाचन अधिकृत निरञ्जन स्थापित बिरामी भएर उपचारमा जानुपर्ने भएका कारण उनकाे सट्टामा कृष्ण प्रसाद साप्काेटा आएका छन । बुढिगगा नगरपालिका निर्वाचन अधिकृत स्थापीत बिरामी भएर बाहिर जानुपर्ने अवस्था भएकाले अर्काे निर्वाचन अधिकृत फेरिएकाे मुख्य निर्वाचन अधिकृत माधव प्रसाद घिमिरेले बताएका छन् […]