होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • बुढीगंगा
  • बुढीगंगाको मेयर र उपमेयरमा एमाले उम्मेदवारको अग्रता फराकिलो बन्दै
बुढीगंगा

बुढीगंगाको मेयर र उपमेयरमा एमाले उम्मेदवारको अग्रता फराकिलो बन्दै

  • नागरिक रैबार
बुढीगंगाको मेयर र उपमेयरमा एमाले उम्मेदवारको अग्रता फराकिलो बन्दै

बाजुराको बुढीगंगा नगरपालिकाको मेयरमा नेकपा (एमाले)का रामबहादुर बानियाँले मतान्तर फराकिलो बनाउँदै लगेका छन् । मतगणनाको सुरुवातदेखि अग्रता लिएका बानियाँले त्यसलाई कायमै राख्दै मतान्तर बढाउँदै लगेका हुन् ।

३९६२ मतको गणना सकिंदा बानियाँ ११५२ मतान्तरले अघि छन् । बानियाँले २४४३ मत प्राप्त गरेका छन् भने उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका रंगबहादुर खातीले १२९१ मत ल्याएका छन् ।

उपमेयरमा पनि एमालेकै मायाकुमारी खड्काले २४१७ मतका साथ अग्रता कायम राखेकी छन् । उनकी प्रतिद्वन्द्वी कांग्रेसकी रीता शाहीले १३१२ मतका साथ उनलाई पछ्याइरहेकी छन् ।

विज्ञापन

अहिलेसम्म वडा नम्बर १, २, ९ र १० को मत गणना सकिएको छ । यी वडामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् भने गणना जारी रहेको वडा नम्बर २ मा पनि एमालेकै उम्मेदवारले अग्रता लिएका छन् । अहिले वडा नम्बर ३ र ८ को गणना भइरहेको छ ।

बुढीगंगा नगरपालिकामा बिहीबार मतदान भएको थियो । गत वैशाख ३० गते भएको निर्वाचन विवादित भएपछि निर्वाचन आयोगले बिहीबार पुनः मतदान गराएको हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार