होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बुढीगंगा मतगणना अपडेट : मतगणना सकिएका ४ वटै वडामा एमाले विजयी
समाचार

बुढीगंगा मतगणना अपडेट : मतगणना सकिएका ४ वटै वडामा एमाले विजयी

  • नागरिक रैबार
बुढीगंगा मतगणना अपडेट : मतगणना सकिएका ४ वटै वडामा एमाले विजयी

बाजुराको बुढीगंगा नगरपालिकामा जारी मतगणना मध्य हाल सम्म ४ वडाको मत गणना सकिएको छ । मतगणना सकिएका ४ वटै वडामा एमाले विजयी भएका छन् । जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीका अनुसार वडा नम्बर १, २, ९ र १० मा मत गणना सकिएको हो । सम्पन्न भएका ४ वटै वडामा एमालेका उम्मेदवार विजयी भएका उनले बताए ।

उनकाअनुसार वडानम्बर १ मा एमाले रणबहादुर थापा, वडा नम्बर–२ मा नेकपा एमालेका पदम बहादुर भण्डारी, वडा नम्बर–८ मा मीनबहादुर सिंह र वडा नम्बर–१० मा एमालेकै दलबहादुर साउद डेभिड विजयी भएका हुन् । अहिले वडा नम्बर–३ र ८ को मतगणना भइरहेको छ ।

बुढीगंगा नगरपालिकाको मेयर र उप–मेयरमा पनि नेकपा एमालेका उम्मेदवार अगाडी रहेका छन् । हालसम्म ३ हजार ९६२ मत गणना हुँदा मेयरमा एमालेका उम्मेदवार रामबहादुर बानियाँ २ हजार ४४३ मतले अगाडि छन् । उनका प्रतिदवन्दी नेपाली कांग्रेसका रंगबहादुर खातीले १ हजार २९१ मत ल्याएका छन् ।

विज्ञापन

उपमेयरमा पनि एमालेकी मायाँ कुमारी खड्का (कुँवर)ले २ हजार ४१७ मत ल्याउँदै अग्रता कायम गरेकी छन् । उनकी प्रतिस्पर्धी नेपाली कांग्रेसकी रिता शाहीले १ हजार ३१२ मत ल्याएकी छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार