होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बुढीगंगा अपडेटः ४ हजार ३६२ मत गन्दा एमाले दोब्बरले अगाडि, कसको कति ?
समाचार

बुढीगंगा अपडेटः ४ हजार ३६२ मत गन्दा एमाले दोब्बरले अगाडि, कसको कति ?

  • नागरिक रैबार
बुढीगंगा अपडेटः ४ हजार ३६२ मत गन्दा एमाले दोब्बरले अगाडि, कसको कति ?

बाजुराको बुढीगंगा नगरपालिकाको मत गणना जारी छ। पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका मेयर पदका उम्मेदवार रामबहादुर बानियाँ दोब्बर मतले अगाडि छन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिलेसम्म एमालेका बानियाँले २,८२१ मत पाएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रंगबहादुर खातीले १४८५ मत पाएका छन्। यस्तै उपमेयरमा एमालेकी मायाकुमारी खड्का कुवँरले २,७७७ मत पाएकी छन्। उनकी प्रतिस्पर्धी कांग्रेसकी रीता शाहीले १,५२८ मत ल्याएकी छिन्।

अहिलेसम्म ४ हजार ३६२ मत गणना भएको बताइएको छ। अहिलेसम्म मत गणना सकिएका चार वटा वडा एमालेले जितेको छ। अहिले वडानम्बर ८ र ३ को गणना जारी छ। बुढीगंगामा कूल ९ हजार १२८ मत खसेको थियो।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार