होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा १६ जेठ। बाजुरा जिल्लामा न्यून रहेको कोरोना परिक्षणको दर बढाईने भएको छ । जिल्लाका ९ ओटै स्थानिय तहका गाउँ गाउँमा कोरोना भाईरस संग मिल्दो जुल्दो लक्षणका बिरामीहरु रहेको तर कोरोना पोजेटिभ देखिने डरले स्वास्थ्य सँस्था नजाने देखिएकोले गाउँ गाउँ टोलमै गएर परिक्षण गरिन लागेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख बरिष्ट जनस्वास्थ्य अधिकृत्त दयाकृष्ण पन्तले […]
नागरिक रैबार/शुक्रबार १४ जेठ । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री कृष्ण सुवेधीले नेकपा एमाले सुदूरपश्चिम प्रदेशका नेता कर्ण थापालाई उल्टै प्रति प्रश्न गर्दै आफूलाई स्पष्टीकरण सोध्नु पूर्व आफैले आफैलाई को हुँ भन्ने थाहा पाउन जरुरी रहेको बताएका छन् । मन्त्री सुवेदीले एक पत्रमार्फत आफ्नो स्पष्टिकरण दिदै प्रदेश अध्यक्ष थापालाइ यस्तो आरोप लगाएका हुन । […]
नागरिक रैबार/बाजुरा ९ जेठ। बोलन्या थली बाजुराले जिल्ला अस्पताल बाजुरा र टाँटे स्वास्थ्य चौकीका लागि ७ वटा अक्सिजन सिलिण्डर हस्तान्त्रण गरेको छ । जिल्लामा पछिल्लो समयमा कोरोनाका संक्रमितहरु दिनप्रतिदिन बढ्दै गएपछि कोरोना संक्रमितहरुले अक्सिजन अभावकै कारण ज्यान गुमाउनु नपरोस भन्ने उद्देश्यले जिल्ला अस्पताल र टाँटे स्वास्थ्य चौकीलाई ७ वटा अक्सिजन सिलिण्डर हस्तान्त्रण गरेको बोलन्या थलि […]
नागरिक रैबार/बाजुरा ५ जेठ। बाजुरामा पछिल्लो २४ घण्टामा एन्टिजेन प्रविधीबाट गरिएको कोरोना परिक्षणमा ९ जना नयाँ संक्रमित थपिएका छन् । ९ जना संक्रमित थपिएसंगै बाजुरामा कोरोना संक्रमितको संख्या तीन सय ६२ पुगेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । त्यस्तै आज मात्रै एक जनाको कोरोनाकै कारण मृत्यु भएको स्वास्थ्य कार्यालय बाजुराका निमित्त कार्यलय प्रमसख महेश चन्दले […]
नागरिक रैबार/बाजुरा ५ जेठ । जिल्ला अस्पताल बाजुरामा एकजना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । कोरोनाका कारण बुढिगंगा नगरपालिका ४ बस्ने ७६ बर्षिय संक्रमित काे मृत्यु भएकाे अस्पताल बाजुराका काेभिड फाेकल चुणामणि पन्तले बताएका छन् । उनि दमकाे बिरामी रहेकाे अस्पतालले जनाएकाे छ । बाजुरामा हालसम्म ३ सय ५३ जना कोरोना सँक्रमित रहेका छन् भने […]
नागरिक रैबार/बाजुरा २९ बैशाख। बुढीगंगा नगरपालिकामा कोरोना नियन्त्रण तथा रोकथामका लागि सिदार्थ बैंकले २ लाख सहयोग गरेको छ । कोभिड-१९ को दोस्रो लहर तिव्र रुपमा फैलिएपछि कोरोना नियन्त्रण र रोकथामका लागि भन्दै नगरपालिकालाई सिद्धार्थ बैकले २ लाख रकम सहयोग गरेको हो । कोभिड-१९ को दोस्रो लहरमा नगरपालिका भित्र आइसोलेसन निर्माण, संक्रमितहरुको उपचार र अन्य ब्यबस्थापनका […]
२० वैशाख, बाजुरा । बाजुरामा पछिल्लो २४ घण्टामा कोरोना १४ जना संक्रमित थपिए संगै बाजुरामा संक्रमितको सख्या ६७ पुगेको छ । आज थप १४ जनामा कोरोना संक्रमण देखीएको स्वास्थ्य कर्यालय बाजुराका निमित्त कार्यालय प्रमुख महेश चन्दले बताएका छन । जसमा बडिमालिका नगरपालिकामा १० जना बुढिनन्दा नगरपालिकामा १, बुढिगंगा नगरपालिकामा १ हिमाली गाउँपालिकामा १ र स्वामिकार्तिक […]
बाजुरा १८ बैशाख । बाजुरामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको सख्या ३८ पुगेको छ । आज थप २ जनामा कोरोना संक्रमण देखीएको स्वास्थ्य कर्यालय बाजुराका निमित्त कार्यालय प्रमुख महेश चन्दले बताएका छन । जसमा बुढिगंगा नगरपालिकामा १ र गौमुल गाउँपालिकामा १ गरी दुई जनामा कोरोना संक्रमण देखीएको कार्यालय प्रमुख चन्दले बताएका छन । जिल्लाका बडिमालिका […]
१३ वैशाख, बाजुरा । साफेँ मार्तडी सडकखण्ड अन्तरगत बाजुराको बुढिगंगा नगरपालिका १ को बल्दे नजिकै अम्काेटको पहिरोमा ट्याक्टर दुर्घटना भएको छ । ट्याक्टर दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन । मृत्यु हुनेमा अछामको मेल्ललेख गाउँपालिका वडा नम्मर १ का नितज बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख […]
नागरिक रैबार/बाजुरा ९ बैशाख। बुढीगंगा नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष तथा नेकपा एमालेका जिल्ला कमिटी सदस्य भरत थापाले पूर्व उद्योगमन्त्री तथा नेकपा एमाले ओलीसमूहका सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापालाई आफुसंगै वडामा वडा अध्यक्षमा सँगै लडाए आफुले चुनाव जितेर देखाउने चेतावनी दिएका छन् । विहिबार नेपाल कम्युनिष्ट पार्टीको ७२ औं स्थापना दिवसको अवसरमा सदरमुकाम […]
नागरिक रैबार/बाजुरा ८ बैशाख। बाजुराको तल्लो क्षेत्रमा रहेका २ नगरपालिका र १ गाउँपालिकाका लागि लक्षित गरि त्रिवेणी नगरपालिकाको तोलीमा निर्माण गरिएको टेलिफोनको टावरले महिनादिन देखि काम गर्न छाडेपछि त्यस क्षेत्रका स्थानीयलाई समस्या भएको छ । त्रिवेणीको तोलीमा निर्माण गरिएको नेपाल टेलिकमको टावरमा समस्या आएपछि यहाँका स्थानीयहरुलाई दैनिक टेलिफोन सेवा लिन समस्या भएको भरत बुढाले बताएका […]
प्रकास विक/बाजुरा ५ बैशाख। जिल्लाको सदरमुकाम मार्तडीमा आजबाट १२ औं राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिताको सूरु हुने भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा आजबाट सदरमुकाम मार्तडीमा उक्त प्रतियोगिता हुन लागेको हो ।प्रतियोगितामा जिल्लाका ९ वटै स्थानीय तहका विद्यालयहरु सहभागिता जनाउने आयोजक खेलकुद विकास समितिले बताएको छ । यस अघि पालिका स्तरीय रनिङ्ग सिल्ड प्रतियोगितामा […]
नागरिक रैबार/बाजुरा ३ बैशाख। जिल्लाको बुढिगंगा नगरपालिकामा नगरपालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु गरिएको छ। बुढीगगाँ नगरपालिकाको आयोजनामा स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, सबैका लागि खेलकुद भन्ने मूल नाराका साथ उक्त प्रतियोगिता बिहीबारबाट सुरु गरिएको नगर प्रमुख दिपक विक्रम शाहले बताएका छन् । प्रतियोगितामा नगरपालिकाका आठ ओटा विद्यालयको सहभागिता रहेको बताइएको छ। […]
बाजुराको बुढीगंगा नगरपालिका- १ मा रहेको धुरालसैन माद्यमिक विद्यालयका २ सयभन्दा बढी विद्यार्थी एकै साथ बिरामी परेपछि विद्यालय बन्द गरिएको छ । विद्यार्थीमा सामान्य रुघाखोकी, ज्वरो र टाउको दुख्ने समस्या देखिएको धुरालसैन माविका शिक्षक रामानन्द पाध्यायले जानकारी दिए । तीन दिनयता विद्यार्थी बिरामी हुन थालेको उनको भनाइ छ । सोमबार मात्र कक्षा ७ का एकै […]
नागरिक रैबार/बाजुरा २० फागुन। बाजुरा जिल्लाका ९ वटै स्थानीय तहमा कृषि ज्ञान केन्द्र बाजुराको अगुवाईमा १ लाख २५ हजार फलफूलका विरुवा रोपिएका छन् । गरिवी र अभावको जिल्लाको उपमा पाएको बाजुरा जिल्लालाई अवसर र सम्भावनाको जिल्लाको रुपमा चिनाउन कृषि ज्ञान केन्द्र बाजुराले २०७७ साल लाई फलफूल रोपण वर्षका रुपमा घोषणा गरेसंगै जिल्लाभर १ लाख २५ […]
नागरिक रैबार /बाजुरा २ फागुन। मार्तडी-कोल्टी सम्मको ४२ किलोमिटर सडक १८ बर्ष देखी निर्माण कार्य शुरु भएको थियो । यस बर्ष प्रदेश सरकारले ठुलो मात्रामा रकम बिनियोजना गरेका कारण निर्माण शुरु भएको सडक चाँडा सम्पन्न गर्न प्रदेश सांसद बल्देब रेग्मीले निर्देशन गरेका छन्। उक्त सडक प्रदेश सरकारको प्रमुख प्राथमिकताको सडक भएको र बाजुरा लगाएत तिन […]
बाजुरा ३ माघ । नेपाली काँग्रेस बाजुराले जिल्लाका ९ वटै स्थानीय तहमा सरकारको असंबैधानिक कदमका विरुद्ध एकै साथ प्रदर्शन गरेको छ । नेपाली काँग्रेस केन्द्रिय कार्यसमितिको सर्कुलर अनुसार बाजुरामा पनि काँग्रेसले ९ वटै स्थानीय तहमा आज एकैसाथ विरोध प्रर्दशन गरेको हो । सदरमुकाम मार्तडीको लोकतान्त्रिक चोकमा नेपाली काँग्रेस बडीमालिका नगर कार्यसमितिको आयोजनामा विरोध कार्यक्रमको आयोजना […]
नागरिक रैबार/बाजुरा ३ माघ। प्रतिनिधि सभा विघटन विरुद्ध नेपाली काँग्रेस बाजुराले जिल्लाका ९ वटै स्थानीय तहमा विरोध प्रर्दशन गर्ने भएको छ ।नेपाली काँग्रेस केन्द्रिय कार्यसमितिको निर्देशन अनुसार बाजुरामा पनि काँग्रेसले ९ वटै स्थानीय तहमा आज एकैसाथ विरोध प्रर्दशन गर्न लागेको हो । जिल्लाका ९ वटै स्थानीय तहका केन्द्रमा सम्वन्धित स्थानीय तहका पार्टी प्रतिनिधिहरु जम्मा भएर […]
नागरिक रैबार/बाजुरा २९ पुस। बाजुरा जिल्लाका विभिन्न ठाउँमा परम्परागत रुपमा मनाउँदै आएको भुवा पर्वमा यो वर्ष भने खासै रौनकता देखिएन् । पञ्चेबाजाका साथमा पुसे औँसीबाट सुरु हुने यो पर्व यस वर्षमा भने पुसको अन्तिम सातामा सूरु भएपछि यसको खासै रौनकता नदेखिएको हो । पौराणिककालमा कौरवमाथि पाण्डवले विजय प्राप्त गरेको दिनको सम्झनाका रुपमा मनाउँदै आएको यो […]
नागरिक रैबार/बाजुरा २४ पुस। राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी बाजुराको प्रथम एकता भेला तथा शपथ ग्रहण कार्यक्रम शुक्रबार मार्तडीमा सम्पन्न भएको छ । संघको प्रथम एकता भेला तथा शपथ ग्रहण कार्यक्रम पश्चात बसेको राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी बाजुराको प्रथम भेलाले बाजुराका ९ वटै पालिकामा युवा संघका पालिका स्तरीय इन्चार्ज समेत तोकेर जिम्मेवारी […]