होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार बाजुरा १९ असार । नेपाल कम्युनिष्ट पार्टी बाजुराका सचिव भरत बुढाले यो विशाल पार्टी फूट्नका लागि जुटेको होईन् भनेका छन् । उहाँले शुक्रबार डिआरमस्ट होटेलमा पत्रकार सम्मेलन मार्फत सो कुरा बताएका हुन् । हामी विपक्षीको सपना साकार पार्न यो नेकपाको विशाल पार्टी बनाएका हैनौँ । हामी त नेपाली जनतालाई सुखी र सम्वृद्धिका लागि […]
राजेन्द्र बहादुर रोकाया/बाजुरा १७ असार। बाजुरामा पनी आज सलह किरा देखा परेकोे छ । उक्त किरा बाजुरामा पनी देखा परेपछि किसान भने निकै निरास भएका छन् । सोही सलहको एक समुह बुधबार बेलुका करिब ६ बजेतिर गौमुल गाउपालिका २ पौदालीको आकासमा देखा परेको छ । करिब दुई तिन हजार जतीको ठुलो समुहमा आकासमा फट्याग्रा जस्तै […]
राजेन्द्र बिक बाजुरा१६असार। बाजुराको बडिमालिका नगरपालिका वडा न.५मना स्थित कैलशेस्वरी माद्यामिक बिद्यालयमा बाढी पस्दा लाखौंको क्षति भएको छ। बिहिबार र आइतबार आएको मुसलधारे पानीले बिद्यालयमा बाढी पसि १८लाखमा निर्माण भएको ४कोठे भवनको अगाडि पट्टीको पुरै भाग भांसि वाल फुटेको तथा अर्को तलतिर रहेको ४कोठे भवनमा समेत पुर्णरुपमा असर गरेको बिद्यालयका प्रधानाध्यापक लछिराम साउंदले बताए।बिद्यालयको भौतिक […]
नागरिक रैबार बाजुरा १६ असार । देशभर सोमबार असार १५ अर्थात १७ औँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव विविध कार्यक्रम गरी मनाईको थियो । सोही अनुसार कृषि ज्ञान केन्द्र बाजुरालेपनि बडीमालिका नगरपालिका वडा नं. ८ स्थित बाउलीमा किसान खन्टे रावलको खेतमा धान रोपेर उक्त दिवस तथा रोपाई महोत्सव मनाएको हो । धान उत्पादनमा बृद्धि, […]
राजेन्द्र बहादुर रोकाया। बाजुरामा आईतबार ९६ जनामा कोरोना भाईरसको कोभिड १९ को संक्रमण देखिएको छ । ४९ पुरुष र ४७ महिला गरी ९६ जनामा कोरोनाको संक्रमण देखिएको स्वास्थ्य कार्यालय बाजुराका बरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले जानकारी दिएका छन् । आईतबार थपिने संक्रमित मध्य बुढीगंगा नगरपालिका, ७९ जना र बडिमालिका नगरपालिका १७ जना रहेका छन् । […]
नागरिक रैबार/बाजुरा १४ असार। बाजुरामा थप ९६ जनामा कोरोना पुष्टि भएको छ । आइतबार विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा बाजुराका ९६ जनामा कोरोना पुष्टि भएको हो । यो सँगै बाजुरामा कोरोना संक्रमितको संख्या २८८ पुगेको स्वास्थ्य कार्यालय बाजुराले प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको छ । आइतबार थपिएका मध्ये बडीमालिका नगरपालिका १७ जना र बुढीगँगा नगरपालिकाका ७९ […]
नागरिक रैबार/बाजुरा १३ असार। बाजुरामा थप ६३ जनामा कोरोना पुष्टि भएको छ । शनिबार शिक्षण अस्पताल काठमाडौंमा गरिएको काेराेना परिक्षणमा बाजुराका ६३ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हाे शनिबार काेराेना पुष्टि भएका मध्ये १२ जना महिला र ५१ जना पुरुष रहेका छन् । यो संगै बाजुरामा कोरोना संक्रमितको संख्या १९२ पुगेको स्वास्थ्य कार्यालय बाजुराका बरिष्ठ […]
राजेन्द्र राेकाया बाजुरा १२ असार चालू अार्थिक वर्ष सकिनै लाग्दा जिल्लाकाे बडीमालिका नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विहिन बनेकाे छ । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बडीमालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यज्ञराज अर्यालको एकाएक सरुवा गरेपछि बडिमालिका नगरपालिका प्रमुख प्रशासकिय अधिकृत बिहिन बनेको हाे । नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नभएपछि नगरभित्रका काम सम्पन्न भएका योजनाहरुको […]
राजेन्द्र बहादुर रोकाया । बाजुरा जिल्लाको बडिमालिका नगरपालिकामा बस्दै आएका महिलाको सहकार्यमा मिक्स अचार बनाएका छन् । मार्तडी साना किसान सहकारी संस्था लि. द्धारा संचालित दिदी बहिनी उद्ययमशिल समुहले उक्त मिक्स अचारको उत्पादन गरिएको हो । प्राय लकडाउनको समयमा केही काम नहुने र खाली समयलाई सदुपयोग गरेर जिल्लामै मिक्स अचार बनाउन महिलाहरु अग्रसर भएर लागेको […]
नागरिक रैबार/बाजुरा ५ असार। खाध्य अधिकार संजाल बाजुराले बडिमालिका नगरपालिकामा ज्ञापन पत्र बुझाएकाे छ । काेराेना भाईरसबाट ग्रस्थ भएकाे बेला जिल्लामा कृषि क्षेत्रमा उचित बजेट ल्याउनपर्ने भन्दै संजालले शुझाव पत्र बुझाएकाे हाे । अागमी बजेटमा कृषि र राेजागर लगायतका क्षेत्रमा उचित बजेट बिनियाेजन भई खाद्य सुरक्षाकाे प्रत्याभूति गर्न नगरपालिकामा दवाप जस्तै ज्ञापन पत्र बुझाएकाे खाद्य […]
बाजुरा ४ असार । बाजुरामा थप ४१ जनामा काेराेना संक्रमण पुष्टि भएकाे स्वास्थ्य कार्यलय बाजुराले जनाएकाे छ । ४१ जना सबै बडीमालिका नगरपालिका बसाेवास गर्ने रहेकाे बुझिएकाे छ । संक्रमण देखिएकाे कुन क्वारेनटाइनमा बसाेबास गरिरहेकाे हुन, त्याे बिस्तृत जानकारी आउन बाँकि रहेकाे छ । ४१ जना मध्ये १६ जना महिला संक्रमित रहेका छन् । याे […]
निमेेेेेेेन्द्र शाही/ बाजुरा ४ असार । बडिमालिका नगरपालिका–८, कोठ्याराकी बिन्द्रा रावल ३० चैत २०७६ मा कोभिड–१९ को राहत बुझ्न वडा कार्यालय पुगिन् । कोरोना संक्रमणको महामारीसँग जुध्न गरिएको लकडाउनले बिचल्लीमा परेका गरीब, असहाय र श्रमिक परिवारलाई नगरपालिकाले वडा कार्यालयमार्फत राहत बाँड्दै थियो । राहतले केही दिनको भए पनि गुजारा चल्ने आशमा वडा कार्यालय पुगेकी बिन्द्रा […]
नागरिक रैबार/बाजुरा २९ जेठ। बडीमालिका नगरपालिका ९ मा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ । कार्यक्रममा वडा भित्रका ३५ जनाले जना युुवाले २० दिनको रोजगारी पाएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत बडीमालिका ९ का लागि यसवर्ष ५ लाख २५ हजार रकम बराबको बजेट आएको बताईएको छ । विहिबार एक कार्यक्रमका वीच ९ का वडा […]
राजेन्द्र बहादुर रोकाया/ बाजुरा २८ जेठ। बिश्वमा यतिबेला कोरोना भाईरस कोभिड १९ ले जनतालाई त्रासमा पारीरहेको छ । शोही क्रममा अहिले देशका नागरीकहरु बिदेशबाट स्वदेश भित्रिनेको संख्या बड्दो छ । अहिले बिभिन्न पालिकाले देश तथा जिल्ला बाहीरबाट आएका स्थानीहरुलाई १४ दिन अनिवार्य स्थानी पालिकाले तोकेको क्वारेन्टाइनमा राख्ने निर्णय छ । कतिपय पालिकाहरुलाई यतिखेर क्वारेन्टाएनको खर्च […]
नागरिक रैबार/बाजुरा २८ जेठ। सदरमुकाम मार्तडीको कराला देखि गणखेत हुँदै बडीमालिका ३ को रजाली सम्म जाने पक्की बाटो निर्माण हुने भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको पुर्वाधार विकास अन्तरगत १० लाखको लागतमा साँफे मार्तडी सडक अन्तगरत पर्ने करालादेखि गणखेत खोला सम्म मेसिनरी वाल सहितको पक्की बाटो निर्माण हुन् लागेको हो । उक्त बाटोको बुधबार विहान […]
नागरिक रैबार/बाजुरा २७ जेठ। बडीमालिका नगरपालिका वडा न ९ उखाडिका ओभरसियर यग्यराज उपाध्यायले २५ सय बराबरको खाद्यन्न सामाग्री सहयोग गरेका छन् ।अनेरास्ववीयु र राष्ट्रिय युवा संघ नेपालले जिल्ला बाहिरबाट आएका सर्वसाधारणका लागि खाजा नास्ता र पानी र प्राथमिक स्वास्थ्य उपचारको व्यवस्था गर्ने अभियान चलाएपछि उपाध्यायले २५ सय बराबरको खाद्यन्न सहयोग गरेकाे अनेरास्ववीयुका सदस्य प्रेम नेपालीले […]
नागरिक रैबार/ बाजुरा २५ जेठ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाजुराले बैंक तथा वित्तिय संस्थाहरुलाई व्याज मिनाह गर्न माग गरेको छ । आईतबार जिल्ला प्रशासन कार्यालय बाजुरा मार्फत प्रधानमन्त्री तथा मन्त्रि परिषद्को कार्यालयलाई ज्ञापन पत्र बुझाउँदै नेकपा बाजुराले उक्त माग गरेको हो । नेकपा बाजुराले कोरोना भाईरस कोभिड-१९ का कारण मुलुकको कहाली लाग्दो आर्थिक संकटले साना […]
नागरिक रैबार/बाजुरा २५ जेठ । सुदूरपश्चिम प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश पूर्वाधार कार्यक्रम अन्तरगत बाजुरा जिल्लाको बडीमालिका नगरपालिका भित्रपर्ने बस्तीको सुरक्षा भन्दापनि पुराना बाटाघाटा निर्माणमा लाखौँको बजेट विनियोजन गरेको पाईएको छ । प्रदेश पूर्वाधार कार्यक्रम अन्तरगत वडीमालिका नगरपालिका वडा नं. ९ स्थित सनाईबाडाको पुरानो नापी कार्यालय हुँदै जिउलासम्म पुरानो मर्मतका लागि ५ […]
नागरिक रैबार बाजुरा २४ जेठ बडीमालिका नगरपालिका २ भाैनेराबाट ८ ताेला सुन र ३८ सय नगद सहित एकजनालाई प्रहरीले पक्राउ गरेकाे छ । शनिवार जिल्ला प्रहरी कार्यालय बाजुराकाे एक टाेलीले बडीमालिका नगरपालिका २ भाैनेराबाट बुटवल घर भई अछामको साँफेवगरमा होटेलमा काम गर्ने राजु श्रेष्ठलाई अाठ ताेला सुन र ३८ सय नगदसहित पक्राउ गरिएकाे जिल्ला प्रहरी […]
नागरिक रैबार/बाजुरा २२ जेठ। नेपाल विद्यार्थी संघ बाजुराका उपाध्यक्ष एंव विद्यार्थी नेता जनक थापाले आफ्नो २९ औं जन्म दिनको अवसरमा क्वारेन्टाईनमा रहेका १ सय १५ जनालाई सर्जिकल मास्क वितरण गरेका छन् । विश्वमा महामारिका रुपमा फैलिएको कोरोना भाईरस कोभिड-१९ बाट बच्नका लागि बाजुरा क्वाम्पसको क्वारेन्टाइनमा रहेकाहरुलाई सर्जिकल मास्क सगै डस्विन वितरण गरेको विद्यार्थी नेता थापाले […]