शनिबार, माघ १०, २०७७
जोडिनुहोस
  • होमपेज
  • बडीमालिका
  • २ वर्षमा ३ ताराको अवधारण शन्यमै, नगरप्रमुख बडुवाल भन्छन् पुरा गर्न १० वर्ष लाग्छ
बडीमालिका

२ वर्षमा ३ ताराको अवधारण शन्यमै, नगरप्रमुख बडुवाल भन्छन् पुरा गर्न १० वर्ष लाग्छ

  • नागरिक रैबार
२ वर्षमा ३ ताराको अवधारण शन्यमै, नगरप्रमुख बडुवाल भन्छन् पुरा गर्न १० वर्ष लाग्छ
सदरमुकाम मार्तडीस्थित बालमन्दिर आधारभुत विद्यालय।

नन्दा थापा/पुष २१ बाजुरा। बाजुरा जिल्लाका ९ वटा स्थानिय तह मध्ये सदरमुकाम मार्तडीमा रहेको नगरपालिका हो बडिमालिका नगरपालिका । यस नगरपालिकामा २५ वटा सामुदायिक विद्यालयमा २ हजार ७ सय १८ जना विद्यार्थी अध्ययनरत छन् ।

नगरपालिकाले सन् २०२२ सम्मसबै विद्यालयलाई बालमैत्री बनाउने उद्देश्यका साथ तीन ताराको अवधारणा अनुरुप काम गर्दै आएको छ । तर बालबालिकाको हितलाई ध्यानमा राखी भौतिक संरचनाको व्यवस्थापन कत्ति पनि गरेकोे पाइँदैन । जस्ले गर्दा विद्यालयमा बालबालिकाहरुको सिकाई प्रभावित हुने गरेको छ ।

बडिमालिका नगरपालिका ८ मा रहेको मष्टेश्वरी आधारभुत विद्यालय राजमार्गको छेवैमा छ । बाहिर झट्ट हेर्दा भौतिक संरचना राम्रै छ । वर्ष वर्ष भौतिक संरचना निर्माणको नाममा रकम निकासा भएको भएई छ । तर भित्र हेर्दा चिसो कार्पेटमा विद्यार्थी अध्ययन गरिरहेका छन् । कक्षाका दुईका विद्यार्थी गणेश रावल भन्छन्,“आफैले घरबाट आछ्याउने कट्टा ल्याउछौं, विद्यालयबाट फर्किने वित्तिकै घर लैजान्छौं” । कक्षा ५ सम्मको पढाई हुने विद्यालयमा दुईवटा मात्र सौचालय छन् ।

विज्ञापन

त्यसपनि एउटा मात्र सौचालय प्रयोगमा छ एउटा बन्द अवस्थामा छ । बडिमालिका नगरपालिकाले नगरभित्रको शैक्षिक स्थितीमा सुधार ल्याउन विद्यालयमा तीन ताराको अवधारणा अनुसार काम गरेको एक बर्ष पुरा भयो । अबको २ वर्ष अर्थात सन २०२२ सम्म तीन वटै तारा पुरा गर्ने नगरपालिकाको योजना छ । तीन तारा प्राप्त गर्ने विद्यालयले बालबालिकाका लागि पर्याप्त सुविधा सहितको भौतिक संरचना निर्माण गरेको हुनुपर्नेछ ।

यद्यपि अहिले नगरपालिका भित्रका विद्यालयमा त्यस्तो कुनै सुविधा देखिँदैन । चर्पीमा ढोका छैन भने बालबालिकाले आफै धाराबाट पानी बोकेर शौचालय जानुपर्ने अवस्था छ । २० जनाको लागि एउटा शौचालय हुनुपर्ने मापदण्ड तोकिएकोमा अहिले ९७ जना बालबालिकाका लागि एउटा मात्र शौचालय हुँदा घरमा आएर सौच गर्नुपर्ने बाध्यता बालबालिकाहरुको छ ।

मष्ेटश्वरी आवि रापकका शिक्षिका हेमकला रावल भन्छन्,“ विद्यार्थीलाई नजाउ भन्नु पनि भएन, उनीहरुलाई ट्वाईलेट लागिहाल्छ, बच्चाहरुले पुग्ने चुकुल छैन, अस्ति एक जना विद्यार्थीलाई तीन लगातार पखाला लाग्यो घर पठाएका छौं” । नगरपालिका भित्रका सबै विद्यालयमा बालमैत्री संरचनाका लागि आवश्यक पर्ने आधारहरु केही पुरा भएको देखिंदैन । नगरपालिकाले तीन ताराको मापदण्ड पुरा गर्नका लागि बालमैत्री विद्यालय राष्ट्रिय प्रारुप २०६७ लाई आधार बनाएर १० वटा सुचक तय गरेको छ ।

नगरपालिकाले नगर भित्रका २५ वटै सामुदायिक विद्यालयहरुले पहिलो तारा पुरा गरिसकेको दाबी गरे पनि विद्यालयको अवस्था फरक छ । विद्यालयमा अहिले पनि गाउँबाट खानेपानी बोकेर पुर्‍याउनुपर्ने बाध्यता छ । कैलाश आविका प्रधानाध्यापक धन बहादुर काकीले भने,“ पानीको अप्रयाप्तता नै छ, वर्खाका तिन महिनामा नजिकैको खोालाको पानी पीउछौं, बाँकी ९ महिना बोकेरै विद्यालयमा पानीको व्यवस्था गछौं, सौचालयमा पनि बोकेरै पानीको व्यवस्था गछौं, विद्यार्थीलाई खानलाई गिलासमा दिने गरेका छौं” ।

बालबालिकाको शिक्षा सम्बन्धि अधिकारलाई सुनिश्चित गर्न विद्यालय पुर्‍याएर मात्र पुग्दैन, उनीहरुको इच्छा अनुसार सहज वातावरणमा पठनपाठन गराउनु पनि उत्तिकै महत्वपूणर् हुन्छ । बालअधिकार सम्बन्धी महासन्धीले सबै बालबालिकाहरुको सर्वाङ्गीण विकासका लागि विना कुनै भेदभाव गुणस्तरीय शिक्षा पाउनुपर्ने कुरामा जोड दिएको छ ।

नेपालको कानुनले पनि सुरक्षित वातावरणमा पढ्न लेख्न पाउनुपर्ने बालबालिकाको अधिकारलाई सुनिश्चित गरेको छ । यद्यपि बाजुराका अधिकांस विद्यालय बालबालिकाहरुका लागि सहज छैनन् । सदरमुकाम मार्तडी बजारको बिचमा रहेको बालमन्दिर आधारभूत विद्यालयमा पढ्न बालबालिकाहरु २ घण्टा पैदल हिंडेर आउँछन् । हिड्न नसक्नेहरु पढाईबाट बञ्चित मात्र छैनन्, असुरक्षित पनि छन् । अभिभावक धर्मा थापा भन्छिन्“हामी अब लेकमै बस्छौं छोराछोरीलाई स्कुल जाउ भन्यो सकियो, रेखदेख गर्ने फुर्सद छैन, पढाउन हामी जान्दैनौं” ।

बालबालिकाका लागि अनिवार्य शिक्षा भनेर बालमैत्री विद्यालयको अवधारणा अघि सारिएको छ । यद्यपि बाजुराका विद्यालयको भौतिक संरचना हेर्दा बालमैत्री विद्यालयको झल्को समेत पाईदैन । बालमन्दिर आविका विद्यालयकी शिक्षिका राधा भट्ट भन्छिन्, “म १, २, र ३ कक्षालाईसंगै राखेर अध्यापन गराउने गरेको छु, ईसीडीको मेडमले ईसिडीलाई हेर्नुहुन्छ, १ र २ भएपनि सजिलो हुन्थ्यो, बस्ने ठाउ छैन, एकै ठाउमा राख्दा सबैलाई समेट्न नसक्दा बजारतिर हेरिहाल्छन्, अनि मैले विद्यार्थीलाई समेट्न सक्दैनौं भनेर गाली पाईन्छ”

बालमैत्री सिकाइ वातावरणका लागि आवश्यक पर्ने पूर्वाधारमध्ये विद्यालयको भौतिक अवस्थासबै भन्दा महत्वपूणर् पक्ष हो । विद्यालयको भौतिक पूर्वाधार भन्नाले विद्यालय भवन, कक्षाकोठा, पुस्तकालय, फर्निचर शौचालय, खानेपानी, लगायत अन्य धेरै कुरा पर्छन । बाल मन्दिर विद्यालयमा भौतिक संरचनाको नाममा रहेको विद्यालय भवन पनि जिर्ण अवस्था छ । विद्यालयका प्रधानाध्यापक सुसिला बुढथापा जसले गर्दा विद्यार्थीको पढाई प्रभावित भईरहेको बताउँछन् ।

उनी भन्छन्, “जहाँ भौतिकै छैन त्यहाँ सिकाईमा प्रत्यक्ष प्रभाव गरेकै छ, भौतिक व्यवस्था एकदम कमजोर छ, भौतिक व्यवस्था नहुदा दुई ठाउँ कक्षा सञ्चालन गर्नुपरेको छ, विद्यालयको भवन भिरालो ठाउँमा छ, वर्ष वर्षै पहिरो जान्छ, वर्खाका दिनमा विद्यालय सञ्चानल गर्नै हुदैन, सरकारको निति अनुसार १देखि ३ सम्म बालमैत्री हुनुपर्छ तर मेरो विद्यालय बालमैत्री छैन, बालमैत्री हुनको लागि हुनुपर्ने मापदण्ड मेरो विद्यालयमा कुनै पनि छैन । सबै भन्दा भोतिकै छैन त्यो भन्दा अरु कुरै नगरौं” ।

बाजुराका अधिकांस विद्यालयहरुको भौतिक व्यवस्थापन अपेक्षित रुपमा बालमैत्री भएको पाइँदैन । परिणाम स्वरुप बालबालिकाहरुले गुणस्तरीय शिक्षा पाउन सकिरहेका छैनन् । सदुरमुकाम मार्तडीमा रहेको मालिका नमुना विद्यालयका प्रधानाध्यापक शुभराज पाध्याय भन्छन्, “हामीसंग २ हजार विद्यार्थी छन, त्यो बालमैत्री विद्यालय मापदण्डको तालमेल नै छैन, बाध्यकारी अवस्थामा २ हजार विद्यार्थीलाई १० वटा चर्मीमा प्रयोग गर्न लगाईएको छ, त्यो मेरो विद्यार्थीका लागि प्रयाप्त होईन” ।

बडिमालिका नगरपालिकामा रहेका २५ वटा सामुदायिक विद्यालयमा २ हजार ७ सय १८ जना विद्यार्थी अध्ययनरत छन् । नगरपालिकाले सन् २०२२ सम्म सबै विद्यालयलाई बालमैत्री बनाएर पठनपाठनको ब्यवस्था गर्ने भनेर तीन ताराको अवधारणा अनुरुप काम शुरु गरेको पनि एक बर्ष पुरा भईसकेको छ ।

नगरपालिकाका शिक्षा शाखा प्रमुख रामबहादुर कटुवाललाई यस अवधिमा विद्यालयहरुमा कस्तो उपलब्धि भयो त ? भन्दा यसो भन्छन् “राम्रो बडिमालिका नगरपालिकामा जीरोमा कोही पनि विद्यालय छैन, ३ तारको अवधारणा ल्याएका छौं, त्यसमा एक तारा सबै विद्यालयका पुरा भएको छ, हामीले ३ वर्षमा विद्यालयलाई बालमैत्री संरचना निर्माण गरिसक्ने छौं भन्ने योजना ल्याएका छौं, हामीले ३ ताराको अवधारणा पुरा गर्न नगरपालिकाका ८ वटा माविबाटै सुरुवात गरेका छौं, माविलाई एक ताराबाट २ तारामा उकाल्ने प्रयासमा छौं, भौतीक संरचनालाई बढी ध्यानमा राखेर काम गरेका छौं” ।

तीन ताराकै आवधारणा अनुरुप नगरपालिका भरीका विद्यालयलाई बालमैत्री बनाउन मावि तहबाटै सुरु गरिएको बताउछन्, नगर प्रमुख पदम बडुवाल । उनी भन्छन्, “सबै विद्यालयमा एकनासको तरिकाले लागेका छौं, बढि ध्यान माविलाई दिएका छौं, अहिले त हामी नगरप्रमुख भएको ३ वर्ष मात्र भयो, बालमैत्री नै विद्यालय बनाउन १० वर्ष लाग्छ हाम्रो सुरुवात भएको छ।”

२०७४ सालको तथ्याङ्क अनुसार, बाजुरामा २ सय २३ वटा प्रारम्भिक बाल विकास केन्द्र, १ सय ७६ वटा आधारभुत विद्यालय र ६३ वटा माद्यामिक विद्यालयछन् । ती सबै विद्यालय बालमैत्री संरचना निर्माणको प्रक्रियामा रहेको बताउछन्, शिक्षा विकास समन्वय ईकाईका नि. कार्यलय प्रमुख रमेशबहादुर जनाल ।

उनले भने, “हाल जिल्लाका सम्पुणर् विद्यालयमा बालमैत्री संरचनामा कक्षा सञ्चानल भईरहेका छन् र तर यताकता भौगोलिक कठिनाई, पुस्तकालयको व्यवस्थापन नहुनु, विद्र्यीको चाप अनुसार भौतिक संरचना निर्माण गर्न सकिएको छैन, विद्यालयमा बसाई व्यवस्थापन गर्न सकिएको छ्रैन, उद्देश्य अनुरुप जो बालमैत्रीको ढाँचा हुनुपर्ने हो त्यो अनुसार विद्यालयलाई तयार गर्न सकेको छैन ।”

मुलुक संघिय संरचनामा गएरस्थानिय तह गठन भएको पनि ३ वर्ष पुरा भईसकेको छ । विद्यालय सञ्चालन गर्ने अधिकार पनि स्थानियतहमा आएको छ । यद्यपि यस अवधिमा विद्यालयहरुको भौतिक संरचनामा खासैपरिर्वतन देखिएको छैन ।

“बालमैत्री विद्यालय राष्ट्रिय प्रारुप २०६७” लेबालबालिकाकाको शैक्षिक स्तर उकास्नभवन तथा कक्षा कोठा, शौचालय, खानेपानी,स्वास्थ्य जाँच कक्ष, विद्यालयसम्म आइपुग्ने बाटो लगायतलाई बालमैत्री विद्यालयको सुचक मानेको छ । योजना र कानुनमा रहेका बालमैत्री प्रावधानहरुलाई ब्यवहारमा लागू गर्न सकेमात्र हरेक विद्यालयका बालबालिकाहरुले सहज वातावरणमा गुणस्तरिय शिक्षा पाउन सक्नेछन् । त्यसका लागि विद्यालय संचालनको सम्पूणर् जिम्मेवारी पाएको स्थानिय सरकारको नेतृत्व अग्रसर हुनुपर्ने देखिन्छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार