होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा २९ माघ। नेपाली काँँग्रेस प्रदेश‘ख’ को कोषाध्यक्षमा जनकबहादुर रोकायालाई मनोनित गरेकाे छ । नेपाली काँँग्रेस प्रदेश‘ख’ को शनिबार बसेको कार्य समितिको दाेस्राे पूर्ण बैठकले प्रदेश‘ख’ काे कोषाध्यक्षमा रोकायालाई मनोनित गरेको हाे । नेपाली काँँग्रेस प्रदेश‘ख’ पार्टीको दोस्रो पुर्ण बैठकले जेष्ठ सदस्यका रुपमा रहेका रोकायालाई कोषाध्यक्षमा मनोनित गरेको नेपाली कांग्रेस प्रदेश‘ख’ का सचिव चक्रराज […]
नागरिक रैबार/बाजुरा २६ माघ।नेकपा एमाले जिल्ला कमिटी बाजुराको माघ २५ गते सदरमुकाम मार्तडीमा बसेको पदाधिकारीको प्रथम बैठकले जिल्लाका ९ वटै पालिकामा इन्चार्ज तोकेको छ । पार्टीकाे विधान बमाेजिम जिल्लाका ९ वटै पालिकामा नेताहरुलाई पालिका इन्चार्जको जिम्मेवारी तोकेको पत्रकार सम्मेलन मार्फत एमाले बाजुराका सचिव भरत थापाले जानकारी गराएका छन् । एमाले सचिव थापाका अनुसार एमालेको पदाधिकारी […]
नागरिक रैबार/बाजुरा २० माघ। जिल्लाको खप्तड क्षेडदह गाउँपालिकाका एक जना युवकलाई चरेससहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही गाउँपालिका ७ लमगाउँका ४० वर्षिया हर्कबहादुर रावत रहेका छन् । उनलाई गाउँपालिकाको वडा नं. ५ डोगडी बजारबाट १० किलो अवैध लागूऔषध चरेशसहित पक्राउ गरेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार से १ ज ६०९ नम्बरको […]
नागरिक रैबार/बाजुरा १७ माघ। जिल्लाको खप्तड छेडेदह गाउँपालिका वडा नं ३ पुडाबाउला मा रहेको मालझुली बजारमा गए राती अगलागी भएको छ । गए राती बिद्युतको तार सट भएर ब्यापारी भरत रावतको किराना पसल, सेर रावत र महन नेपालीको कपडा पसल गरि तीन वटा पसलमा एकै पटक आगलागी भएको हो । स्थानीयका अनुसार आगलागी आइतबार राती […]
नागरिक रैबार/बाजुरा २९ पुस। खप्तड छेडेदह गाँउपालिकाको बजेट सुनुवाई तथा हिँउदे अधिबेशन बिभिन्न बिधयक पारित गर्दै सम्पन्न भएको छ । गाँउपालिकाका अध्यक्ष नर बहादुर रावतको अध्यक्षतामा बजेट सुनुवाई तथा हिँउदे अधिबेशनसम्पन्न भएको हो । कार्यक्रममा संघिय सरकार प्रदेश परकार, राजस्व वाँडफाँड लगायतवाट गाँउपालिकालाई प्राप्त बजेटको बिषयमा सुनुवाई भएको थियो । जसमा गाँउपालिकालाई आर्थिक वर्ष २०७८/०७९ […]
नागरिक रैबार/बाजुरा १८ पुस नेकपा एमाले बाजुराको सातौ जिल्ला अधिवेशनका लागि जिल्लाका ६९ वटै वडाबाट सर्वसम्मत प्रतिनिधी छनोट भएका छन् । पार्टीको संगठीत सदस्य संख्याको आधारमा जिल्लाका ६९ वटै वडाबाट जिल्ला अधिवेशनमा सहभागि हुने प्रतिनिधीहरु सर्वसम्मत छनोट गरिएको एमाले बाजुराले जनाएको छ । एमाले बाजुराका अनुसार ५० जना बराबर १ खुला, ३५ जना बराबर १ […]
नागरिक रैबार/बाजुुरा १८ पुस।बाजुराबासीको दशैं तिहारपछिको ठुलो पर्वका रुपमा मनाईने भुवो पर्व सूरु भएको छ । जिल्लामा मनाइने साँस्कृतिक पर्व भुवा सुरु भएको हो । महाभारतको कथा र पाण्डव र कौरवको युद्ध गाथामा आधारित भुवा पर्वलाई स्थानीयले भस्सो पर्व पनि भन्ने गरेका छन् । पौराणिक कालमा कौरव माथि पाण्डवले विजय प्राप्त गरेको दिनको सम्झनामा यो […]
नागरिक रैबार/बाजुरा १४ पुस। बाजुराको सदरमुकाम मार्तडीसहित जिल्लाका उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ ।मंगलबार साँझदेखि परेको अविरल वर्षासंगै हिमपात भएपछि यहाँको जनजिवन कष्टकर बनेको छ । लामो समयदेखि पानी नपर्दा समस्यामा परेका किसान भने खुशी भएका छन् । सिचाई नहुँदा गहुँ बाली नलगाएका किसानलाई राहत भएको छ ।हिउँदे वर्षाका कारण पहाडी क्षेत्रमा लगाइका विभिन्न […]
नागरिक रैबार बाजुरा १२ पुस । बाजुरा जिल्ला खप्तड छेडेदह गाउँपालिका ७ सुर्खा बजारमा रहेकाे एक पसलमा आगलागी हुदा केहि नगद सहित करोडौंको सामान जलेर नष्ट भएको छ । पसल आगलागी हुनेमा खप्तड छेडेदह गाउँपालिका ओलि गाउँकै स्थानीय बासी अंग ओली रहेकाे स्थानीय बासिले जानकारी दिएका छन्। पसलमा आगलागी आइतबार साझ करिव ९:३० मा रहेको […]
नागरिक रैबार/बाजुरा १ पुस। बाजुरा जिल्लाका ३ नगरपालिकासहित २ गाउँपालिकामा सन २०२० देखि संचालन हुँदै आएको स्वास्थ्य अधिकार सुधार परियोजनाको जिल्ला स्तरीय समिक्षा तथा योजना बैठक मार्तडीमा सम्पन्न भएको छ । कोईकाको आर्थिक सहयोग तथा गुडनेवर्स इन्टरनेशनल, पिसवीन, किर्डाकको प्राविधिक सहयोगमा उक्त परियोजनाको जिल्ला स्तरीय समिक्षा तथा योजना बैठक सम्पन्न भएको हो । परियोजना लागु […]
नागरिक रैबार/बाजुरा १९ मंसिर। नेपाली काँग्रेस बाजुराका महाधिवेशन प्रतिनिधि तथा पूर्व संविधान सभा सदस्य महाँ नेपालीले काँग्रेसको आशन्न १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बताएका छन् । यस अघि काँग्रेस बाजुराको ७ औं जिल्ला अधिवेशनमा महाधिवेशन प्रतिनिधिीमा लोकप्रिय मत पाएर विजयी बनेका नेपालीले दलित समावेशीकोे तर्फबाट केन्द्रिय सदस्यमा उम्मेदवारी दिने बताएका हुन्। प्रधानमन्त्री शेरबहादुर […]
नागरिक रैबार/बाजुरा २९ कार्तिक। नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा बाजुराबाट सहभागि हुने प्रतिनिधिहरुको छनोट प्रक्रिया सकिएको छ । यही मंसीर १०-१२ गते चितवनमा हुने एमालेको १० औं राष्ट्रिय महाधिबेशनका लागि बाजुरामा सहमतिका साथ प्रतिनिधि चयन गरिएको हो । नेताहरुविच ४ दिन अघि देखिको निरन्तर सहमतिको प्रयासपछि आज एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा बाजुराबाट सहभागि हुने […]
नागरिक रैबार/बाजुरा १८ कार्तिक। बाजुरा जिल्लामा आएको बेमौसमी वर्षाले दुई करोड भन्दा बढीको अन्न बालीमा क्षति गरेको कर्षि ज्ञान केन्द्र बाजुराले जनाएकाे छ । असोज ३१ गते परेको अविरल वर्षाका कारण जिल्लाको तीन सय ९२ हेक्टर क्षेत्रफलमा लगाएको ९ सय ४० मेट्रीक टन धान र कोदो बालीमा २ हजार २ सय ९ कृषकहरुको क्षति पु¥याएको […]
नागरिक रैबार/बाजुरा १३ कार्तिक। बाजुराको जिल्लामा खाद्य अधिकारका सवालहरुको पहिचान गर्न सरोकारवाला निकायविच अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । जिल्लामा खाद्य अधिकारका सवालहरुलाई प्रमुख विषय बनाएर सरोकारवाला निकायलाई जानकारी गराउन अन्तरक्रिया कार्यक्रम मार्फत जानकारी गराईएको छ । “हाम्रो पहलः उत्पादन र पोषणमा वृद्धि , पर्यावरण संरक्षण र जनजिबिकामा समृद्धि“ भन्ने नाराका साथ कृषि ज्ञान केन्द्र […]
नागरिक रैबार बाजुरा १० कार्तिक। नेकपा एमाले बाजुराले बाजुराका ६९ मध्ये ६२ वडामा सर्वसम्मत नेतृत्व चयन गर्दै सम्पन्न गरेको छ । कार्तिक ६ गतेबाट सुरु भएको वडा अधिवेशनमा हालसम्म ६२ वडामा वडा कमिटी सर्वसम्मत नेतृत्व चयन गर्दै सम्पन्न भएकाे एमाले बाजुराका प्रचार विभाग प्रमुख अमर खड्काले जानकारी दिएका छन् । उहाँका अनुसार जिल्ला भरीका ६९ […]
नागरिक रैबार/बाजुरा ६ कार्तिक। नेकपा एमालेले देशभरका सबै वडाहरूमा आज एकसाथ वडा अधिवेशनको आयोजना गर्दैछ ।देशभरका ६ हजार सातसय ४३ वटा वडामा नयाँ नेतृत्व चयनका लागि एमालेले आज सवै वडामा एकसाथ वडा अधिवेशन गर्न लागेको हो । एमालेले देशभरका बाढी पहिरोले क्षती पुगाएका जिल्ला बाहेकका ठाउँहरुमा आज वडा अधिवेशन गर्ने तयारी गरेको भएपनि बाजुरामा केही […]
नागरिक रैबार/बाजुरा १ कार्तिक। जिल्लाको खप्तड क्षेडेदह गाउँपालिकाको आटिचौरस्थित दशरथ माविको खेल मैदानमा हुने तेस्रो क्षेडेदह कप फुटवल प्रतियोगिताका पहिलो चरणका खेलहरु भोलीबाट संचालन गरिने भएका छन् । आज औपचारिक रुपमा प्रतियोगिताको एक कार्यक्रमकाविच उद्धघाटन् गरिएको छ । प्रतियोगिताको एक औपचारिक कार्यक्रमका विच पूर्व संविधान सभा सदस्य महाँ नेपालीले उद्धघाटन् गरेका छन् । प्रतिकुल माैषमका […]
नागरिक रैबार/बाजुरा १२ असोज । नेपाली काँग्रेस बाजुराका ९ वटै स्थानीय तहमा पालिकाहरुको अधिवेशन गत शनिवार बाट सूर भएर आज मंगलबार सम्पन्न भएको छ । पालिका स्तरमा भएको अधिवेशनबाट बुढिनन्दामा डबल बहादुर खड्का, हिमालीमा अम्मलाल कार्की, जगन्नाथमा सुन्दर बहादुर बिष्ट, स्वामिकार्तिक खापर महेश कट्टेल, गौमुल राज बहादुर धामी, बुढीगंगा जयराज उपाध्याय खप्तड क्षेडेदहमा हर्क बहादुर […]
नागरिक रैबार/बाजुरा १२ असोज। बाजुरालाई फुटबलका माध्यमबाट राष्ट्रव्यापी रुपमा परिचित गराई राष्ट्रिय एकतालाई खेल मार्फत मजवुत बनाउने उद्देश्यका साथ बाजुराको क्षेडेदह गाउँपालिकामा क्षेडेदह तेस्रो खुला फुटबल प्रतियोगिताको आयोजना गरिने भएको छ । हरेक वर्षको दशैं तिहार विशेष खेल पर्व, खेल क्षेत्रको विकास र प्रर्वद्धन हाम्रो गौरभ भन्ने मुल नाराका साथ क्षेडेदह गाउँपालिकाको वडा नं. ७ […]
नागरिक रैबार। अखिल नेपाल महिला संघ (क्रान्तिकारी) बाजुराले महिलाहरुको अधिकारका क्षेत्रमा संबिधानले प्रदान गरेका अधिकार सुनिश्चित नभएको भन्दै बाजुराका ९ वटै स्थानिय तहलाई एकै साथ ज्ञापन-पत्र बुझाएको छ । अनेमसंघ (क्रान्तीकारी) बाजुरा जिल्ला इन्चार्ज कमल कुमारी शाह र जलुदेवी रोकायाद्धारा हस्ताक्षरित ज्ञापन पत्र सोमबार इमेल मार्फत जिल्लाका ९ वटै स्थानीय तहलाई बुझाईएको छ । त्यस्तै […]