होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अगामी निर्वाचनमा १५० सिट जित्ने दाबी गरेका छन् ।कञ्चनपुरको महेन्द्रनगरमा बुधबार आयोजना गरिएको पार्टीको आमसभालाई सम्बोधन गर्दै ओलीले प्रत्यक्ष र समानुपातिकतर्फ गरेर एमालेले १५० सिट जित्ने दाबी गरेका हुन् । एमाले सत्ता बाहिर हुँदा समेत पार्टीमा प्रवेश गर्ने जनलहर बढेको उल्लेख गरेका ओलीले एमालेले जिते मात्र देशले […]
नागरिक रैबार/बाजुरा १५ भदौ। जिल्ला प्रहरी कार्यालय बाजुराले प्रहरी जवान जानकी कार्कीलाई श्रावण महिनाको उत्कृष्ट प्रहरीमा पुरस्कृत गरेको छ । जिल्ला प्रहरी कार्यालय बाजुराको महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र र सामुदायिक प्रहरी शाखामा कार्यरत रहेकी प्रहरी जवान कार्कीलाई श्रावण महिनाको उत्कृष्ट प्रहरीमा पुरस्कृत गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक सुर्य बहादुर […]
चर्चित हास्य कलाकार कुमार कट्टेल ‘जिग्री’ पनि चुनाव लड्ने भएका छन् । उनी अगामी ४ मंसिरमा हुन लागेको निर्वाचनमा झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारी दिने भएका हुन् । उनले स्वतन्त्रबाट उम्मेदवारी दिन लागेका हुन् । उनको उम्मेदवारीको बिषयमा बनेको ब्यानर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । प्रतिनिधिसभा सदस्य उम्मेदवारी दिने बिषय […]
काठमाडौं । निलम्बित प्रधान्यायाधीश चोलेन्द्र शम्शेर जबरा आफूविरुद्ध लागेको महाअभियोगबारे बयान दिन सिंहदरबार पुगेका छन् । उनीसँग महाअभियोग सिफारिस समितिले आज बयान लिंदै छ । जबरा सिंहदरबारभित्र रहेको पुरानो प्रतिनिधि सभाको मूल गेट हुँदै भित्र छिरेका थिए । उनलाई संसद सचिवालयका मर्यादापालकहरुले सुरक्षा दिंदै भित्रसम्म पुर्याएका थिए । उनलाई संघीय संसदका महासचिवको कार्यकक्ष नजिकको कक्षमा […]
नागरिक रैबार/बाजुरा १५ भदाै। जिल्लाको बडीमालिका नगरपालिका ३ रजालि बस्ने भिडि सार्कीका २० बर्षको छोरा क्यान्सर पिडित प्रकाश सार्कीको उपचारका लागि २ लाख ८७ हजार ६ सय ३६ रुपैया संकलन भएको छ । शार्कीकी आमा भिडि शार्कीले छोरो बचाउनका लागि सदरमुकाम मार्तडीमा गुहार गरेपछि समाज सुधार युवा क्लवले अभियान मार्फत सो रकम संकलन गरेको हो […]
हाल देशभरको मौसममा सामान्य देखि पूर्णतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले प्रदेश १, गण्डकी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती […]
कञ्चनपुर: नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज कञ्चनपुर आउने भएका छन्। कञ्चनपुरको महेन्द्रनगरमा आयोजना हुने ‘बृहत् जनसभा तथा पार्टी प्रवेश कार्यक्रम’ लाई सम्बोधन गर्न ओली आउन लागेका हुन्। ओलीले सोही कार्याक्रममा एकीकृत समाजवादी पार्टीकी प्रतिनिधि सभा सदस्य विना बुढाथोकी, सुदूरपश्चिम प्रदेशसभा सदस्य तारा लामा तामाङ, समाजवादीका सुदूरपश्चिम प्रदेश कमिटीका पूर्व अध्यक्ष […]
नागरिक रैबार/बाजुरा १४ भदौ। बाजुराको सदरमुकाम मार्तडीमा रहेको नेपाल टेलिकमको कार्यालयमा बडीमालिका नगरपालिका-६ का स्थानीयले तालाबन्दी गरेका छन् । वडा नम्बर ६ का स्थानीयहरु नेपाल टेलिकमको संचार सेवाबाट बन्चित भएको भन्दै वडा अध्यक्ष कृष्ण बहादुर खड्काको नेतृत्वमा टेलिकमको कार्यालयमा तालावन्दी गरिएको हो । नेपाल टेलिकमको कार्यालय प्रमुखलाई वडामा टेलिकमको टावर निर्माण गरी संचार सुविधा दिन […]
सुदूरपश्चिम प्रदेश सरकारले ६ सय ३९ अस्थायी कर्मचारीलाई स्वतस् स्थायी बनाउने प्रक्रिया अघि बढाएको छ। प्रदेश सरकारले निजामती सेवाको गठन, सञ्चालन तथा सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभाबाट पारित गराउने तयारी गरेसँगै आफैंले नियुक्त गरेका अस्थायी करार कर्मचारी स्थायी हुने बाटो खुल्ने छ। सोमबार बस्ने प्रदेश सभाको दशौँ अधिवेशनको बैठकबाट प्रदेश सरकारले उक्त […]
हिन्दु नारीहरूले आज हरितालिका तीज मनाउँदैछन्। हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन निराहार व्रत बसी महादेवको पूजा आराधना गरी यो पर्व मनाइन्छ। आज व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास छ । सत्य युगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकाले आजको दिनमा व्रत बस्दा मनोकांक्षा […]
नेपाल राष्ट्र बैंकले दसैंका लागि १० अर्ब रुपैयाँ बराबरको सुकिला (नयाँ नोट) को व्यवस्था गरेको छ । केन्द्रीय बैंकले भदौ २६ गतेदेखि बजार पठाउने गरी उक्त परिणामको नयाँ नोटको व्यवस्था गरेको हो । यद्यपि, भदौ २६ गतेदेखि नै बैंक तथा वित्तीय संस्थाहरुलाई सुकिला नोट उपलब्ध गराइने तयारी भएपनि औपचारिक निर्णय भने भइनसकेको राष्ट्र बैंकका मुद्रा […]
धनगढी: सोमबार सुदूरपश्चिम सरकारले ल्याएको निजामति सेवाको गठन, सञ्चालन तथा शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएको छ। सोमबार प्रदेश सभाको १०औं अधिवेशनको २५ औं बैठकमा उक्त विधेयक पारित भएको हो। बैठकमा सभामुख अर्जुनबहादुर थापाले ध्वनि मतको आधारमा विधेयक पारित भएको घोषणा गरेका थिए। प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री रणबहादुर रावलले सभामा विधेयक […]
धनगढी: कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानी बजारबाट १० जना जुवा खेलाडी पक्राउ परेका छन्। सोमबार राति साडेपानी बजारको एक होटेलमा जुवा खेलिरहेको सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको हो प्रहरीले खान तलासी गर्दा ८८ हजार नगद, ६ वटा मोटरसाइकल बरामद गरेको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मणबहादुर शाहीले बताए। पक्राउ परेकाहरू साडेपानी, बौनिया, लम्की […]
बाजुरा । बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिका ६ कि एक महिला सुर्खेतबाट बेपत्ता भएकि छन । बेपत्ता हुनेमा सोही गाउँपालिका ६ मा स्थायी बसोबास गर्दै आएका कालसिंह सार्कीकी २६ वर्षीय श्रीमति निर्मला सार्की रहेको स्थानीय नरेन्द्र रावलले जानकारी दिएका छन । बेपत्ता सार्की र उनका श्रीमान सुर्खेतमा रहेको रेडियो नेपाल नजिक कोठा भाडामा लगेर बस्दै आएका […]
धनगढीः नेपाल विद्यालय कर्मचारी परिषद्को आन्दोलनका कारण बझाङका सरकारी विद्यालयको पठनपाठन बन्द भएको छ। कर्मचारी परिषद्ले भदौ १२ गते आइतबारदेखि देशभरका सरकारी विद्यालय एक हप्ता बन्द गर्ने घोषणा गरेअनुसार बझाङ जिल्लाका सरकारी स्कुलमा पढाइ बन्द भएको हो। परिषद्ले सरकारसमक्ष ८ बुँदे माग राख्दै आएकोमा सरकारले बेवास्ता गरेको भन्दै १२ गतेदेखि १८ गतेसम्म सरकारी विद्यालय बन्द […]
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहविरुद्ध दर्ता भएको अदालतको अवहेलना मुद्दामा सोमबार सर्वोच्च अदालतमा सुनुवाइ भएको छ । अधिवक्ता दीपकराज जोशीले शाहमाथि अदालतको अवहेलनाको आरोपमा कारवाही हुनुपर्ने माग राखी निवेदन दिएका थिए । उक्त निवेदनमाथि सोमबार न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा सुनुवाइ भएको छ । नर्भिक अस्पतालको संरचना नभत्काउन सर्वोच्च अदालतले अन्तरकालीन आदेश […]
काठमाडौं । पशुपतिनाथ क्षेत्रमा सोमबारबाट लागू हुने गरी मासु, मदिरा र नसालु पदार्थको उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवनमा निषेध गरिएको छ । हिन्दु नारीहरुको महान चाड तीजको अवसर पारी जिल्ला प्रशासन कार्यालय काठमाडौंले यस्तो आदेश जारी गरेको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारीले जारी गरेको सूचना अनुसार सोमबारबाट लागु हुने गरी गौशाला मित्रपार्क सडकदेखि […]
सत्तारुढ नेपाली कांग्रेसका पदाधिकारी र राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल सुरु भएको छ । सोमबार दिउँसो २ बजेपछि राष्ट्रपतिको कार्यालय शीतल निवासमा कांग्रेस पदाधिकारी र राष्ट्रपति भण्डारीबीच छलफल चलिरहेको छ । नागरिकता विधेयका विषयमा छलफल गर्न राष्ट्रपति भण्डारीले प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवालाई बोलाएकी थिइन् । देउवा उपसभापति धनराज गुरुङ महामन्त्री, गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्र […]
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षाका लागि अर्थ मन्त्रालयले १ लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्न सहमति दिएको छ । आइतबार अर्थ मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई त्यसबारे सहमति दिएको अर्थ मन्त्रालयका एक उच्च अधिकारीले रातोपाटीलाई बताए । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षाका लागि १ लाख २० हजार भन्दा धेरै म्यादी प्रहरी […]
मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको तयारीको लागि आइतबारदेखि निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्दैछ । यस अन्तर्गत भदौ १२ गते सम्बन्धित वडा कार्यालय र निर्वाचन कार्यालयमा मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ । नामावलीमा रहेको त्रुटि सच्याउन, नामावलीमा प्रकाशित कुनै व्यक्तिको विवरणको विरोधमा उजुरी दिन […]