होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाज
  • आज चन्द्रमामा मानिस पुगेको ५० औं वर्षगाँठ मनाइँदै
समाज

आज चन्द्रमामा मानिस पुगेको ५० औं वर्षगाँठ मनाइँदै

  • नागरिक रैबार
आज चन्द्रमामा मानिस पुगेको ५० औं वर्षगाँठ मनाइँदै

चन्द्रमामा मानिसले पहिलो पटक पाइला टेकेको ५० औँ वर्षगाँठ विश्वभर विभिन्न कार्यक्रम गरी आज मनाइँदै छ। सन् १९६९ को जुलाई २१ मा अमेरिकी अन्तरिक्षयात्री नील आमस्ट्रङ, बज एल्ड्रिन र माइकल कोलिन्सले चन्द्रमामा पहिलो पाइला टेकेका थिए। उनीहरु एपोलो–११ अन्तरिक्षयानमार्फत चन्द्र सतहतमा उत्रिएका थिए। अन्तरिक्ष यान चन्द्रमामा अवतरण गरेको ६ घण्टा ३९ मिनेटपछि नील आमस्ट्रङले चन्द्रमामा पाइला टेकेका थिए।

आमीट्रङमा चन्द्रमामा पाइला टेक्ने पहिलो मानव हुन्। उनले चन्द्रमामा पाइला टेकेको १९ मिनेटपछि एल्ड्रिनले र त्यसपछि कोलिन्सले पाइला टेकेका थिए। उनीहरुले सवा दुई घण्टा अन्तरिक्ष यान बाहिर चन्द्रमामा बिताएका थिए। उनीहरुले साढे २१ किलो चन्द्रमाको माटो तथा ढुंगासहितका सामग्री पृथ्वीमा ल्याएका थिए।

मानवले चन्द्रमामा पाइला टेक्दा जुलाई २१ भएको थियो, तर एपोलो ११ जुलाई २० मै चन्द्रमाको सतहमा अवतरण भएको थियो। नेपाली समय अनुसार सन् १९६९ को जुलाई २१ को बिहान ९ बजेर २१ मिनेट जाँदा नील आम्स्ट्रङ एपोलोबाट बाहिर निस्केर चन्द्रमाको सतहमा आफ्नो पाइला राखी इतिहास बनाएका थिए।

विज्ञापन

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले एपोलो ११ मिसनको भिडियो फुटेज अनलाइन स्ट्रिमिङ गरेर ५० औँ वर्षगाँठ मनाएको छ। ५० वर्षअघि भएको ऐतिहासिक कार्यको साक्षी नयाँ पुस्ता पनि बनुन् भनेर नासाले सो क्षणको भिडियो देखाएको हो। अमेरिकाले सन् २०२४ सम्ममा पुनः चन्द्रमामा मानव पठाउने बताएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार