होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन १०, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सोमबार देखि भारी वर्षा हुने संम्भावना, सतर्क रहन मौसमविदको आग्रह
समाचार

सोमबार देखि भारी वर्षा हुने संम्भावना, सतर्क रहन मौसमविदको आग्रह

  • नागरिक रैबार
सोमबार देखि भारी वर्षा हुने संम्भावना, सतर्क रहन मौसमविदको आग्रह

काठमाडौं, ५ साउन । मनसुनी रेखा नेपालतिर सर्दै आएको मौसमविदले जनाएका छन् । जसको प्रभाव नेपालमा सोमबारबाट देखिने छ ।

मौसमविद मञ्जु बासीले भनिन्, ‘मनसुनी ट्रफ घरी माथि घरी तल गरिरहन्छ । यो जहाँ रहन्छ, त्यहाँ बढी पानी पर्छ ।’

यसअघि दक्षिणतिर सरेको यो रेखा बिस्तारै नेपालतिर सर्दै आएको छ । यो रेखा सोमबार नेपाल भित्रिने र मंगलबार भारी वर्षा हुने मौसमविदको भनाइ छ ।

विज्ञापन

‘भोलि केही स्थानमा र पर्सि देशैभर डिस्टर्ब हुन्छ,’ मौसमविद बासीले भनिन् ।

भारी वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो जाने र खोलाहरुमा जल सतह बढ्ने भएकाले सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार