होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, जेष्ठ ७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेकपाको कार्यविभाजन : सुदूरपश्चिमका कुन जिल्लामा को इन्चार्ज, को सह–इन्चार्ज ?
समाचार

नेकपाको कार्यविभाजन : सुदूरपश्चिमका कुन जिल्लामा को इन्चार्ज, को सह–इन्चार्ज ?

  • नागरिक रैबार
नेकपाको कार्यविभाजन : सुदूरपश्चिमका कुन जिल्लामा को इन्चार्ज, को सह–इन्चार्ज ?

बैतडी, साउन ५ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले देशका ७७ जिल्ला इञ्चार्ज तथा सह–इञ्चार्ज तोकेसंगै बैतडीसहित सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाका इञ्चार्ज तथा सह–इञ्चार्जको पनि टुंगो लागेको छ ।

बैतडीको इञ्चार्जमा नरेन्द्रबहादुर कुँवर (विजयसुन्दर ),सह–इञ्चार्जमा पुरनसिंह दयाल, रेणु चन्द, दार्चुलाको इञ्चार्जमा गणेश ठगुन्नालाई तोकेको छ भने सह–इञ्चार्ज तोकिएको छैन ।

बझाङको इञ्चार्जमा भैरवबहादुर सिंह, सह–इञ्चार्जमा देवराज रेग्मी, बाजुरा इञ्चार्जमा लालबहादुर थापा, सह–इञ्चार्जमा प्रकाशबहादुर शाहलाई तोकिएको छ ।

विज्ञापन

डडेल्धुराको इञ्चार्जमा खगराज भट्ट र सह–इञ्चार्जमा निरादेवी जैरुलाई तोकेको छ । यस्तै डोटीको इञ्चार्जमा प्रेमबहादुर आले, सह–इञ्चार्जमा गौरी ओली, अछामको ईञ्चार्जमा तारामान स्वाँर र सह–इञ्चार्जमा शरदसिंह भण्डारीलाई तोकिएको नेकपाले जनाएको छ ।

यस्तै कञ्चनपुर इञ्चार्जमा विक्रम शाही, सह–इञ्चार्जमा देवीलाल चौधरी, निरुदेवी पाल, राजेन्द्र रावल, रामकुमार ज्ञवाली, लालबहादुर विश्वकर्मालाई तोकिएको छ । कैलालीको इञ्चार्जमा रुपा चौधरी, सह–इञ्चार्जमा मदनकुमारी (गरिमा) शाह, झपटबहादुर रावल, नारदमुनी, राना, बीरमान चौधरी, महेश्वर पाठक, लिलाकुमारी भण्डारी, हरिनारायण चौधरीलाई तोकिएको नेकपाले जनाएको छ ।

आइतबार बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले ७७ जिल्लाका इञ्चार्ज तथा सहइञ्चार्जहरु तोक्नुका साथै ६ महानगरको इञ्चार्ज पनि चयन गरेको थियो। गत वर्ष जेठ ३ गते तत्कालिन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता घोषणा भएको थियो । सुदुरखबरबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार