होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, जेष्ठ ७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • विपि जयन्तीको उपलक्ष्यमा वृक्षारोपण
समाचार

विपि जयन्तीको उपलक्ष्यमा वृक्षारोपण

  • नागरिक रैबार
विपि जयन्तीको उपलक्ष्यमा वृक्षारोपण

रामबहादुर बिक/बाजुरा ५ साउन । विपि जयन्तीको अवसर पारी बडिमालिका नगरपालिका वडा न ७ सिराडीमा रहेको कट्कलामा वृक्षारोपण गरिएको । आफु बाँचौ विरुवा पनी बचाउ भन्ने मुल उदेष्यका साथ वृक्षारोपण गरिएको हो ।
उक्त ठाँउमा सुक्खा डाँडो र बाढी पहिरो लाई न्युनिकरण गर्नाका लागी र त्यहाँको वातावरणलाई हरावरा वनाउनको लागी वृक्षारोपण गरिएको स्थानियहरुले बताएका छन् । साथै त्यहाँको वातावरण लाइ प्रदुषित बाट बचाउनको लागी वृक्षारोपण गरिएको बताइएको छ ।
सोही ठाँउको वन बाट विरुवाहरु संकलन गरि आइतबार करिव एक सय भन्दा बढि विरुवाहरु वृक्षारोपण गरेको नेपाली कांगे्रस जिल्ला कार्यसमितीका सदस्य विर बहादुर विकले बताएका छन् ।
उक्त ठाँउमा दल्लो , सल्लो , बाज लगाएत एक सय भन्दा बढि विरुवाहरु आइबार वृक्षारोपण गरेको र अन्य विरुवाहरु जिल्ला वन कार्यलयबाट माग गरेर वृक्षारोपण गर्ने विकले बताउनु भएको छ ।
वृक्षारोपण कार्यक्रममा नेपाली कांगे्रस बाजुराका संगठन विभाग प्रमुख एवम् पाटीका पुर्व सचिव धनराज पण्डित , नेपाली कांगे्रस जिल्ला कार्यसमितीका सदस्य विर बहादुर विक , नेपाल टे«ड युनियन कांगे्रसका सचिव मथुरा राज पण्डित , बडिमालिका नगरपालिका शिक्षक महासंघका अध्यक्ष हस्त बहादुर धामी लगाएतको स्थानिय हरुको उपस्थिती रहेको थियो ।
सोही अवसरमा बडिमालिका नगरपालिका वडा नं ७ जिल्लीमा पनी वृक्षारोपण गरिएको छ । माईकाथान र भगाडीपाटा गरी एक सय पचास बोट विरुवाहरु वृक्षारोपण गरिएको छन् ।
बुढीनन्दा सहकारी संस्थाको अगुवाइ र जिल्ला वन कार्यालय मार्फत एक सय पचास विरुवाहरु वृक्षारोपण गरिएको नेपाल टे«ड युनियन कांगे्रसका सचिव मथुराराज पण्डित बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार