होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ — नेपाल पत्रकार महासंघले सञ्चारमाध्यमको संवेदनशीलता ख्याल नगरी प्रहरीले जबर्जस्ती रूपमा न्युज २४ टेलिभिजनको कार्यालयमा प्रवेश गरी पत्रकारलाई पक्राउ र दुर्व्यवहार गरेकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ । प्रहरीले बिहीबार पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा सञ्चारकर्मीद्वय रवि लामिछाने र युवराज कँडेललाई पक्रिएको थियो । प्रहरीले आफ्नो सीमा, मर्यादा र अन्तर्राष्ट्रिय मापदण्ड मिचेर टेलिभिजनमा […]
चितवन – चितवनमा ‘स्वतन्त्र युवा समूह’ले मृतक पत्रकार शालिकराम पुडासैनीको पक्षमा प्रदर्शन गरेकाे छ। प्रहरी हिरासतमा रहेका रवि लामिछानेका समर्थकहरुले प्रहरीको अनुसन्धानविरुद्ध प्रदर्शन गरेपछि उक्त समूहले अनुसन्धान प्रभावित नगर्न आग्रह गर्दै प्रदर्शन गरेकाे हाे। पुडासैनीले गरेको आत्महत्याको निष्पक्ष छानविन गर्न माग गर्दै शनिबार बिहान चौबिसकोठीमा प्रदर्शन भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।‘अपराधलाई राजनीतिकरण नगरौं’ […]
काठमाडौं, ३२ साउन । पत्रकार शालिकराम पुडासैनी आत्महत्याको शिलशीलामा अनुसन्धानका लागि पक्राउ गरिएका कार्यक्रम प्रस्तोता रवि लामिछाने कानुनमाथि नभएको परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले ठहर गरेका छन् । पुडासैनीको भिडियो आफूले पनि हेरेको बताएका उनले, भिडियोका बारेमा पनि प्रहरीले अनुसन्धान गरहेको हुनुपर्ने जिकीर गरे । ‘कानुनभन्दा माथि रवि जी पनि हुनुहुन्न, सोधपुछका लागि प्रहरीले उहाँलाई पक्राउ गरेको […]
काठमाडौं । चितवनमा शनिबार पनि पत्रकार रवि लामिछाने समर्थक र प्रहरीबीच झडप हुँदा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।पत्रकार लामिछाने समर्थक भीडले निषेधित क्षेत्र तोड्न खोजेपछि दुई पक्षबीच झडप भएको हो । लामिछानेका समर्थकले प्रहरी कार्यालयमा समेत ढुंगामुढा गरेपछि प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेर भीडलाई तितरबितर बनाएको छ । यसअघि शुक्रबार साँझ पनि प्रहरी […]
काठमान्डौ , रबि लामिछानेका समर्थक बि*रुद्द चितवनमा युवा परिचालन गरिएको छ । हिजो देखिने रबिका समर्थक चितवनमा उर्लिए पछी युवा परिचालन गरिएको हुन् सक्ने रविका समर्थकले बताएका छन् । उनहरु एनजीओको हस्तछेप बन्द गर राजनीतिकरण बन्द गर लेखिएका प्ले कार्ड सहित प्रदर्शन गरिरहेका छन् । नारायणगढको एक होटलमा मृ*त भेटिएका पत्रकार शालिकराम पुडाशैनीको न्यायका लागि […]
काठमाडौं । वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको ७२ वर्षको उमेरमा निधन भएको छ ।थुप्रै चर्चित चलचित्रहरुमा हभिनय गरेकी अधिकारीको शनिबार बिहान डल्लुस्थित आफ्नै निवासमा निधन भएको हो । केही वर्षदेखि दम रोगबाट पीडित अधिकारीको जन्म २००४ सालमा भएको थियो ।उनले पाँच वर्षको उमेरमै सरस्वती सदन (क्याम्पस) मा शास्त्रीय नृत्य गरेकी थिइन् ।उनका १ छोरा र छोरी […]
नागरिक रैबार बाजुरा ३१ साउन बडीमालिका नगरपालिका वडा नंं ८ स्थित राप्कबाट नगदसहित ५ जुवाडेलाई प्रहरीले रंगेहात पक्राउ गरेकाे छ । विहिबार सांझ काेठामा नखद सहित जुवा खेलिरहेकाे अबस्थामा प्रहरीले ५ जना जुवाडे पक्राउ गरेको हाे । जुवा खेलिरहेकाे ठाउँबाट प्रहरीले ३४ हजार १३ रुपैया नगदसहित ५ जनालाई पक्राउ गरेको प्रहरी नायव उपरिक्षक उद्धवसिंह भाटले […]
३१ साउन, काठमाडौं । पत्रकार शालिग्राम पुडासैनी आत्महत्या प्रकरणमा मुछिएका सञ्चारकर्मी रवि लामिछानेलाई जिल्ला अदालत, चितवनमा उपस्थित गराइएको छ । जिल्ला प्रहरी कार्यालय र अदालतबाहिर लामिछाने समर्थकले गरेको प्रदर्शनका बीच उनीसहित तीन जनालाई अदालत उपस्थित गराइएको हो । चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले लामिछानेलाई अदालतमा उपस्थित गराइएको अनलाइनखबरलाई बताए । ‘अहिले म भिडकै बीचमा […]
काठमाडौँ — सरकारी स्वामित्वको नेपाल टेलिकमको नाफा गत वर्ष ४२ प्रतिशतले घटेको छ । टेलिकमले सार्वजनिक गरेको गत वर्षको आर्थिक प्रतिवेदनअनुसार कम्पनीको खुद नाफा ७ अर्ब कम भएको छ । टेलिकमले आर्थिक वर्ष २०७४/७५ मा १७ अर्ब ४८ करोड नाफा कमाएकामा आर्थिक वर्ष २०७५/७६ मा नाफा घटेर १० अर्ब २० करोडमा घटेको छ । प्राधिकरणले चर्को प्रतिस्पर्धा, ओभर […]
काठमाडौं, साउन ३० । प्रहरीले न्युज २४ टेलिभिजनका चर्चित सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेललाई पक्राउ गरेको छ । उनीहरुलाई न्युज २४ को कार्यालयबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवन र काठमाडौं प्रहरी परिसरको टोलीले बिहीबार साँझ पक्राउ गरेको प्रहरी उच्च स्रोतले बतायो । उनीहरुलाई आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले […]
काठमाडौं: पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा जोडिएकी अस्मिता कार्की पक्राउ परेकी छन् । नेपाल प्रहरीको टोलीले आज उनलाई काठमाडौंबाट पक्राउ गरेर चितवन लगेको छ । चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले आरोपित कार्कीलाई केही व्यक्तिबाट उद्दार गरेर चितवन ल्याइएको बताएका छन् । महिला प्रहरीको टोलीले कार्कीलाई चितवन लगेको हो । पुडासैनीले कार्कीसहित तीन जनाका कारण आत्महत्या […]
३० साउन, काठमाडौं । जनैमात्र होइन, रक्षाबन्धनसमेत विदेशबाट आयात हुने गरेको पाइएको छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्यांकमा गत वर्ष चीनबाट जनै आयात गरिएको सार्वजनिक भएको थियो । यद्यपि केन्द्रले भने जनै आयात भए पनि रुपैयाँ नै तोकेर सार्वजनिक भएको तथ्यांक आधिकारिक नभएको बताउँछ । जनैमात्र होइन, जनै पूर्णिमाकै दिन हातमा लगाइने रक्षाबन्धनअर्थात […]
समानुपातिक बजेट प्रस्तुत गरेको दाबी गरे पनि प्रदेश नं ५ सरकारको बजेट पहुँचले प्राथमिकता पाएको छ । सरकारका मुख्यमन्त्रीसहित मन्त्रील पहिलो प्राथमिकतामा आफ्नै जिल्ला राखेका हुन् । प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले आफ्नो गृह जिल्ला दाङमा अर्बौ बजेट बिनियोजन गरेका छन् । बजेटको ठूलो हिस्सा सडकमा मात्र ९३ करोड २० लाख रुपैयाँ छ […]
नागरिक रैबार /बाजुरा २९ साउन। नागरिक रैबारका समाचार संयोजक पत्रकार प्रमित विकलाई पृति शोक परेको छ । पत्रकार विकका बुवा तुला लवारको बुधबार दिउसो ३ बजे ४२ वर्षको उमेरमा गौमुल गाउँपालिका वडा नं. ६ बाम्नीमा आफ्नै घरमा असामयिक निधन भएको हो । कामको शिलसिलामा पत्रकार विकका बुवा तुला लवार भारतमा बस्दै आएका थिए । उनलाई […]
धनगढी, साउन २९ । सुदूरपश्चिम प्रदेश सरकार गठन भएको डेढ वर्ष पूरा भएको छ। यो अवधिमा पनि अझै कर्मचारी पर्याप्त पुगेका छैनन्। प्रदेशभरी दुई हजार ३११ जना कर्मचारीको दरबन्दी रहे पनि अझै सबै कार्यालयमा कर्मचारीको पदपूर्ति हुन नसकेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ। कर्मचारी अभावले समस्या भइरहेको बेला प्रदेश सरकारले भने आफै कर्मचारी भर्ना […]
काठमाडौं, २९ साउन । बैङ्किङ कसुरसम्बन्धी एक मुद्दामा पक्राउ कर्णालीका भौतिक पूर्वाधार विकास मन्त्री खड्कबहादुर खत्रीलाई बयानका लागि पक्राउ गरी अदालतमा हाजिर गराउन उच्च अदालत पाटनले आदेश गरेको छ । न्यायाधीशद्वय श्रीकान्त पौडेल र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले अभियुक्तको बयानअनुसार प्रदेश मन्त्री पदमा बाहल नै रहेको भए तीन दिनभित्र बयानका लागि उपस्थित गराउन आदेश जारी गरेको […]
नागरिक रैबार/बाजुरा २७ साउन। जयमालिका यातायात प्रालि बाजुराले भोलि २८ गतेदेखी अनिश्चित कालका लागि यातायात सेवा बन्द गर्ने भएको छ । जयमालिका यातायात प्रालिको साउन २४ गतेका दिन सदरमुकाम मार्तडीबाट छुटेको ना ७ ख ५८७४ नम्बरको बसका सह–चालक धिरज जाग्रीमाथि बसमा सवार जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी सहायक निरिक्षक देवसिंह कार्कीले मदिरा सेवन गरेर विनाकारण […]
सुदूरपश्चिममा सर्पदंश उपचार केन्द्र नहुँदा सर्पको टोकाईबाट वर्षेनी धेरैले अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता रहेको छ। प्रदेशमा रहेको स्वास्थ्य संस्थाहरुमा सर्पले डसेका सर्पदंशका विरामीको उपचार नहुँदा धेरैले अकालमै ज्यान गुमाउनु परेको हो। सर्पले डसेपछि उपचारमा आवश्यक पर्ने एन्टी स्नेक भेनम सरकारी स्वास्थ्य सस्थालाई दिएपनि छुट्टै उपचार केन्द्रको अभाव हुँदा समस्या भएको हो। प्रदेशमा गत वर्ष सर्पको […]
डडेल्धुरा, साउन २७ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले घुसको तीन लाख २६ हजार रूपैयाँसहित एकजना सहायक वन अधिकृतलाई पक्राउ गरेको छ । डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ भाँत्काँडाबाट सव-डिभिजन कार्यालय वीपीनगर डोटीमा कार्यरत सहायक वन अधिकृत सुरेशचन्द्र डिसीलाई आइतबार साँझ अख्तियारको टोलीले समातेको हो। विषेश सूचनाका आधारमा अख्तियारको क्षेत्रीय कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले डिसीको साथबाट तीन […]
सरकारले आज सोमबार सार्वजनिक विदा दिएको छ । मुस्लिम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा प्रदेश नम्बर २ सरकारले आज सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको मुख्यमन्त्री लालबाबु राउतले जानकारी दिए । मुख्यमन्त्री राउतले साउन २७ गते सोमबार सार्वजनिक विदाको जानकारी दिँदै इदका अवसरमा समस्त मुस्लिम समुदायलाई शुभकामना सन्देश पनि दिएका छन् । शुभकामना सन्देशमा उनले […]