होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • काँग्रेस कार्यकर्ताकाे कुटाईबाट घाईते भएका अनेरास्ववियुका नेता अयडीकाे मृत्युु
समाचार

काँग्रेस कार्यकर्ताकाे कुटाईबाट घाईते भएका अनेरास्ववियुका नेता अयडीकाे मृत्युु

  • नागरिक रैबार
काँग्रेस कार्यकर्ताकाे कुटाईबाट घाईते भएका अनेरास्ववियुका नेता अयडीकाे मृत्युु

बाजुराको त्रिबेणी नगरपालिका ७ बस्ने अनेरास्ववियुका केन्द्रिय सदस्य चेतन अयडीको काँग्रेस कार्यकर्ताको कुटपिट बाट मृत्यु भएको छ । निर्घात कुटपिट भएका अयडिको मृत्यु भइसकेको बयालपाटा अस्पतालको प्रमुख डा. मन्दिप पाठकले वताएका छन् ।
त्रिबेणी ७ को नाटेश्वरी आधारभुत बिद्यालयमा मतदानको बिबादलाई लिएर नेपाली काँग्रेसका कार्यक्रताहरुले चेतन अयडी घरमै गएर कुटपिट गरेर हत्या गरेका छन । अयडि घर भित्र रहेको बेला घर भित्र बाट तानेर उनलाइृ निर्घात कुटपिट गरेको थियो ।
अयडिलाई उपचारका लागि अछामको बयलपाटा अस्पतालमा लगेका थिए । अस्पताल पुगाउने बित्तिकै अयडिको चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए । डा. पाठकका अनुसार अस्पताल पुयाउदा उहाँको मृत्यु भइसकेको वताएका छन् । अयडिको शब अहिले बयलपाटा अस्पतालको शबगृहमा राखिएको अस्पतालले जनाएको छ ।
त्रिबेणी ७ मा दिउसो मतदानको समयमा नेपाली काँग्रेसका कार्यकर्ताले बुद कब्जा गर्न खोजेपछी सुरक्षाकर्मीले गोली चलाउदा एक जनाको घटना स्थलमै मृत्यु भए पश्चात बिबादले चर्को रुप लिएको थियो । सुरक्षाकर्मीको गोलि लागेर स्थानिय काँग्रेस कार्यकर्ताको सञ्जिब अयडिको मृत्यु भएको थियो । सञ्जिब अयडिको मृत्युपछि काँग्रेस कार्यकर्ताले घरघरमा गएर एमाले कार्यकर्ता माथि कुटपिट गरेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार