होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा ९ पुस।बाजुराकाे सदरमुकाम मार्तडीमा साैगात आयल स्टाेर आजदेखि सञ्चालन आएकाे छ । सदरमुकाम मार्तडीमा आउने र जाने सवारी साधन र स्थानियलाई सर्वसुलभ तरिकाले सेवा प्रदान गर्ने उद्धेश्यका साथ पेट्राेल पम्प सञ्चालन गरिएकाे सञ्चालक प्रकाश थापाले बताएका छन् । बडीमालिका नगरपालिका ९ काे चाैराटीखेतमा संचालनमा आएकाे पेट्रोलपम्पकाे शनिबार बाजुरा उद्याेग बाणिज्य संघका अध्यक्ष देवबहादुर […]
ठुलो दल नेपाली कांग्रेसले सरकार गठनका लागि आन्तरिक तयारी गरिरहेका बेला सहयात्री अर्को दल माओवादी केन्द्र भने प्रधानमन्त्री पद नपाए वर्तमान सत्ता गठबन्धन तोड्न तयार देखिएको छ । नयाँ बन्ने सरकारको नेतृत्व पहिलो अढाइ वर्ष पुष्पकमल दाहालले गर्ने भनी निर्वाचनअघि नै मौखिक सहमति भएको र सहमति कार्यान्वयन गर्न कांग्रेसले आनाकानी गरे गठबन्धन टुट्ने संकेत माओवादी […]
सुर्खेत । नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण सभा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सुरु भएको छ।राष्ट्रपति विद्यादेवी भण्डारीले सभाको उद्घाटन गरेकी गरेकी छिन् ।साधारणसभामा नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरा, कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवन बहादुर शाहीलगायतका नेताहरु सहभागी भएका छन्। कार्यक्रममा देशभरका ६ सय बढी पत्रकारहरु सहभागी भएका छन्।
नागरिक रैबार बाजुरा २० मंसिर। बाजुराको खप्तड छेडेदह गाउँपालिकाले पालिकाकामा महिलामैत्री सार्वजनिक महिला मैत्रि सौचालय बनाउने भएको छ ।पालिका भित्रका महिनावारी भएका किशोरी तथा महिलाहरुलाई मध्येनजर गर्दै पालिकाले आगामी वर्ष निति तथा कार्यक्रम मार्फत बजेट छुट्याएर सार्वजनिक स्थानमा शौचालय बनाउने भएको हो । स्वास्थ्य अधिकार सुधार परियोजनाले पालिकामा गरेको पालिका स्तरीय दिगोपना कार्यशाला गोष्ठीमा खप्तड […]
नागरिक रैबारबाजुरा २१ मंसिर। गौमुल गाउँपालिकामा मर्यादित महिनावारी दिगोपना कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।कोईकाको आर्थिक सहयोग तथा गुडु नेवर्स इन्टरनेशनल, किर्डाक र पिसविन नेपालको आयोजनामा संचालन भईरहेको स्वास्थ्य अधिकार सुधार परियोजनाको उक्त गोष्ठी गौमुलमा सम्पन्न भएको हो । परियोजनाले गौमुलमा विशेष गरी विद्यालयमा अध्ययनरत महिनावारी किशोरीहरुको सुविधाका लागि विद्यालयमै प्रविधिमैत्री शौचालय निर्माण गरेपछि महिनावारी […]
नागरिक रैबार/बाजुरा १४ भाद्र। बाजुराको बडीमालिका नगरपालिकामा महिनावारी स्वच्छता व्यवस्थापन सम्बन्धी एकदिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । कोइकाको आर्थिक सहयोग तथा गुडनेवर्स इन्टरनेश्नलको आर्थिक सहयेग तथा किर्डाक र पीसविन नेपालको आयोजनामा सो गोष्ठीको आयोजना गरिएको हो । बडिमालिका नगरपालिकाका जनप्रतिनिधी नगरपालिकाका शाखाका प्रमुख तथा प्रतिनिधीहरुको किशोरी, महिला स्वास्थ्य स्वमसेविका र बिद्यालय ब्यबस्थापन समिति लगायत […]
नेकपा माओवादी केन्द्रको संसदीय दलको नेतामा अध्यक्षसमेत रहेका पुष्पकमल दाहाल प्रचण्ड चयन भएका छन् । माओवादी संसदीय दलको बिहीबार बसेको बैठकले प्रचण्डलाई सर्वसम्मत संसदीय दलको नेतामा चयन गरेको हो । बैठकले अध्यक्ष प्रचण्डलाई दलको नेता चयन गरेको सांसद सुदन किरातीले जानकारी दिए । त्यसअघि पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको पदाधिकारी बैठकले उनलाई दलको नेता बनाउने […]
संघीय संसद सचिवालयले नवनिर्वाचित सांसदहरूलाई आज शपथग्रहण गराउने भएको छ । संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार आज दिउँसो १ बजे सपथ ग्रहण गराइनेछ । नवनिर्वाचित २७५ सांसदमध्ये ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले आज सांसदहरुलाई पद तथा गोपनीयताको शपथ गराउने छन् । राणालाई राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो शपथ गराएकी थिइन् । शपथ अघि आज […]
काठमाडौं । प्रतिनिधिसभाका सांसदहरूको शपथग्रहणभन्दा पहिले नै संसद्का ज्येष्ठ सदस्य पशुपति शमशेर राणाको अध्यक्षतामा सर्वदलीय बैठक बोलाइएको छ ।बिहीबार (भोलि) १ बजे शपथका लागि प्रतिनिधिसभाको बैठक बोलाइएको छ । त्यसअघि १२ बजे संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेताहरूलाई सर्वदलीय बैठकमा बोलाइएको हो । संसद् सचिवालय स्रोतका अनुसार १२ राजनीतिक दलबाट १र१ जना र ५ […]
सङ्घीय संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् । आज बिहान सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय परिसरमा भएको मतदानमा देउवाले ६४ मत पाउँदा गगन थापाले २५ मत प्राप्त गरे । निर्वाचन समितिका संयोजक भीस्मराज आङ्दावेले देउवा ६४ मतसहित निर्वाचित भएको जानकारी दिए । मतदानमा सबै ८९ सांसद सहभागी […]
बाजुरा। बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष जुद्ध बहादुर अयडी निलम्बनमा परेका छन्। एमालेको विद्यार्थी संगठन अनेरास्वियूका नेता चेतन अयडीको हत्या प्रकरणमा प्रक्राउ परेका वडा अध्यक्ष अयडीलाई पुर्पक्षका लागि जिल्ला कारागार बाजुरा चलान गरेको छ। अयडी थुन चेक आदेशमार्फत कारागार गएपछि स्वतः निलम्बनमा परेको निर्वाचन आयोगका उपन्याधिवक्ता गुरु प्रसाद वाग्लेले बताएका छन्। […]
नागरिक रैबार बाजुरा ६ पुस। अनेरास्ववियुका नेता चेतन अयडीकाे हत्या आराेपमा प्रक्राउ परेका ९ जनालाई पुर्वपक्षका लागि कारागार चलान गरिएकाे छ । हत्याकाे आराेपमा चेतनका बुवा गगन अयडिले दिएकाे किटानी जाहेरी अनुसार २२ जना मध्ये ९ जनालाइ प्रहरीले प्रक्राउ गरि अदालत पेश गरेको थियो । मंगलबार जिल्ला अदालत बाजुराले थुन चेक आदेश मार्फत ९ जनालाई […]
नेकपा (एकीकृत समाजवादी) ले सम्मानित नेता झलनाथ खनाललाई राष्ट्रपतिमा अघि सार्ने भएको छ। इलाम १ बाट नेकपा एमालेका महेश बस्नेतसँग पराजित खनाललाई पार्टीका तर्फबाट राष्ट्रपतिमा अघि सारिएको हो। सत्ता गठबन्धनबाट सरकार बन्दै गर्दा राष्ट्रपतिमा नेकपा एसले दाबी गर्ने हिसाबले खनाललाई अघि सारेको उक्त पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए। उनले पद बाँडफाँट शक्ति सन्तुलनका […]
नेपाली कांग्रेसले संसदीय दलको नेताका लागि आज उम्मेदवारी दर्ता गर्ने निर्वाचन कार्यतालिका छ । आज बिहान ८ देखि १० बजेसम्म उम्मेदवारको लागि दरखास्त दिने समय तोकिएको हाे । साथै, दिउँसो ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने संयोजक भीष्मराज खाङ्देम्बेले जानकारी दिए। उम्मेदवारी दर्ता शुल्क ५१ हजार तोकेको छ । संसदीय दलको नेता चयनको लागि […]
नेकपा एमालेले नवनिर्वाचित प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य तथा निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवारको भेला आह्वान गरेको छ । एमालेले आज कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा निर्वाचित सांसदलाई संसदीय भूमिका प्रशिक्षित गराउनका लागि भेला आयोजना गरेको हो । पार्टीले संघीय संसद् तथा प्रदेश सभामा खेल्नुपर्ने भुमिकाका बारेमा नवनिर्वाचित सांसद र उम्मेदवारलाई जानकारी गराइने छ । भेलामा प्रतिनिधि […]
राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा सभापति रवि लामिछाने चयन भएका छन्। सोमबार बसेको उक्त पार्टीको संसदीय दलको बैठकले लामिछानेलाई संसदीय दलको नेता छानेको हो। ‘हामीले पहिला नै प्रारम्भिक चुनाव गरेर को संसदीय दलको नेता हुने भन्ने टुंगो लगाएका थियौं,’ रास्वपा प्रवक्ता मुकुल ढकालले भने,‘आजको बैठकले त्यसैलाई अनुमोदन गरेको हो।’ रास्वपाका प्रतिनिधि सभामा २० जना सांसद […]
फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै अर्जेन्टिनाले तेस्रोपटक विश्वपको उपाधि जितेको छ । सन् १९८६ पछि अर्जेन्टिनाले पहिलोपटक विश्वपकको उपाधि जितेको हो ।
नागरिक रैबार बाजुरा ३ पुस । नेकपा एमाले निकट अनेरास्ववियु बाजुराले भाेलि देखि यातायात, शैक्षिक संस्था, बजार र सरकारी तथा गैर सरकारी कार्यालय बन्द गर्ने भएकाे छ । अनेरास्ववियु केन्द्रीय कमिटी सचिवालय सदस्य चेतन दिप अयडीका हत्यारालाई महिना वित्न लाग्दा समेत प्रहरीले पक्राउ नगरि चरम लापरबाही गरेकाे भन्दै बाजुरामा भाेलि विहान ५ बजेबाट यातायात, शैक्षिक […]
राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन् । राष्ट्रपतिले ७ दिनको समय दिएर आइतबार नयाँ सरकार गठनका लागि आह्वान गरेकी हुन् । राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा (२) बमोजिम बहुमतको सरकार गठन गर्न आह्वान गरेकी हुन् । प्रधानमन्त्री नियुक्त गर्नका लागि नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम कुनै पनि दलले […]
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादका सम्बन्धमा छानबिन गरिरहेको प्रहरीले अमेरिकी दूतावासबाट जवाफ नआउँदा अनुसन्धानलाई अगाडि बढाउन पाएको छैन । गृह मन्त्रालयको निर्देशनमा जिल्ला प्रहरी परिसर काठमाडौँले लामिछानेको नागरिकता विवादका सम्बन्धमा अनुसन्धान गरिरहेको छ । लामिछानेले दोहोरो नागरिकता लिएको, अमेरिकाको नागरिकता प्राप्त गर्दा नेपालको नागरिकता नत्यागेको र अमेरिकी नागरिक रहेकै समयमा समेत नेपाली […]