होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एकीकृत समाजवादी तत्काल सरकारमा नजाने
समाचार

एकीकृत समाजवादी तत्काल सरकारमा नजाने

  • नागरिक रैबार
एकीकृत समाजवादी तत्काल सरकारमा नजाने

काठमाडौं– नेकपा एकीकृत समाजवादीले तत्काल सरकारमा नजाने जनाएको छ । सोमबार बसेको पोलिटब्युरो बैठकले तत्काल सरकारमा जान नहुने निष्कर्ष निकालेको हो । तर, सरकारबाट प्रस्ताव आए सोच्न सकिने निष्कर्षमा नेताहरू पुगेको बताइएको छ ।

बैठकमा सरकारमा तत्कालै जानुहुँदैन भन्नेहरूको बहुमत रहेको एक पोलिटब्युरो सदस्यले बताए । साँच्चै आवश्यकता महसुस गरेर सरकारमा सहभागी हुन प्रस्ताव गर्नुभयो भने सोच्न बैठकले निष्कर्ष निकालेको छ ।

एकीकृत समाजवादीले शनिबार र आइतबार स्थायी कमिटी सदस्यसँग छलफल गरेको थियो । स्थायी कमिटीका केही सदस्यले सरकारमा जानुपर्ने बताएपनि अधिकांशले सरकारबाट औपचारिक प्रस्ताव नआएर सरकारमा जानेबारे छलफल नै गर्न नहुने बताएका थिए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार