होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढीः नेकपा एमालेका नेता भीम रावलले आफूले एमाले नछाड्ने बताएका छन्। उनले हिजो (आइतबार) आफू निकट अछामका नेताहरुसँग संवाद गर्दै यस्तो बताएका हुन्। अछाम १ बाट प्रतिनिधिसभामा एकल नाम सिफारिस भएका रावल टिकट नपाएपछि गुपचुप बसिरहेका छन्। यसअघि रावलले टिकट नपाएको भन्दै अछामका ३ दर्जन बढी नेता कार्यकर्ताहरूले राजीनामा समेत बुझाएका थिए। उनीहरूमध्ये केही सिनियर […]
झापा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी दिनुभएको निर्वाचन क्षेत्र झापा–५ मा प्रतिनिधिसभा सदस्य पदका लागि २७ जनाले मनोनयन दर्ता गराएका छन् । मनोनयन दर्ता गराउनेमा स्वतन्त्र उम्मेदवार मात्रै १४ जना रहेका छन् । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्यको निर्वाचनका लागि आइतबार मनोनयन दर्ता गराइएको थियो । जिल्ला […]
नेकपा एमालेबाट टिकट नपाएपछि अभिनेत्री समेत रहेकी नेतृ करिश्मा मानन्धरले उर्फ सूर्यकुमारीले असन्तुष्टि पोखेकी छन् । सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमा तस्बिर पोष्ट गर्दै करिश्माले टिकट नपाएकोमा असन्तुष्टि पोखेकी हुन् । उनले फेसबुकमा लेखेकी छन्, ‘विद्रोह नगर्ने स्वभाव रह्यो । नगर्दा पनि भगवानले सबै दिए । तर आज महसुस हुँदै छ !! बन्द कोठामा बस्नु […]
कालिकोटमा खोलाले बगाउँदा एकजना प्रहरी जवान नदीमा बगेर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा प्रदेश प्रहरी गण सुर्खेतमा कार्यरत जुम्लाको तातोपानी गाउँपालिकाका प्रहरी जवान पदन रावत हरेका छन् ।उनी कालिकोटको खाँडाचक्र नगरपालिका–८ स्थित सेरावाडा खोला तर्ने क्रममा बगेका थिए । सेरावाडा खोलाले बगाएका रावत नदीमा पुगेर बेपत्ता भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । उनी […]
नागरिक रैबार/बाजुरा २४ असाेज।बाजुराकाे जिल्लाको जगन्नाथ गाउँपालिका १ मा अबिरल बर्षासंगै आएको पहिरोले घर भत्कीदा एक जनाको मृत्यु भएको छ भने एक जना महिला घाईते भएकी छन । मृत्यु हुनेमा जगन्नाथ गाउँपालिका १ का अन्दाजी ४५ बर्षिया प्रभुलाल गिरी र घाईते हुनेमा उनकी आमा रहेकी छन । घाईते भएकी उनकी आमाको उपचारका लागि कोल्टी लगिएको […]
हाल नेपालमा उत्तरपूर्वी राजस्थानको आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश नं १, लुम्बिनी, र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। सोमबार कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका […]
नागरिक रैबार/बाजुरा २३ असाेज। बाजुराकाे प्रदेश निर्वाचन क्षेत्र (क) नेकपा एकीकृत समाजवादीका नेता नरेश शाहीले उम्मेदवारी दर्ता गरेका छन् । आईतबार सदरुकाम मार्तडी स्थित मुख्य निर्वाचन अधिकृतकाे कार्यालयमा पुगेर शाहीले प्रदेश […]
नागरिक रैबार बाजुरा २३ असाेज बाजुरामा बाम लाेकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका बद्रीप्रसाद पाण्डेले प्रतिनिधि सभाकाे प्रत्यक्षेमा उम्मेदवारी दर्ता गरेका छन् । आइतबार सदरमुकाम मार्तडीस्थित मुख्य निर्वाचन अधिकृतकाे कार्यालयमा पुगेर नेता पाण्डेले प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दर्ता गराएका हुन् । नेपाली काँग्रेसका सहमहामन्त्री समेत रहेका पाण्डेलाई बाजुराकाे प्रतिनिधि सभाकाे प्रत्यक्ष उम्मेदवारी दर्ताका लागि काँग्रेस बाजुराका […]
नागरिक रैबार बाजुरा २३ असाेज नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले बाजुराकाे प्रतिनिधि सभाकाे प्रत्यक्षेमा उम्मेदवारी दर्ता गरेका छन् । आइतबार सदरमुकाम मार्तडीस्थित मुख्य निर्वाचन अधिकृतकाे कार्यालयमा पुगेर नेता थापाले प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दर्ता गराएका हुन् । थापालाई प्रतिनिधि सभाकाे उम्मेदवारीका दर्ताका लागि प्रस्तावकमा एमाले जिल्ला कमिटी सचिव भरतबहादुर थापा र समर्थकमा […]
नागरिक रैबार बाजुरा २३ असाेज । नेपाल समाजवादी पार्टी बाजुरा जिल्ला समन्वय समितिका अध्यक्ष टेकबहादुर बडुवालले प्रतिनिधि सभाकाे प्रत्येक्षमा स्वतन्त्रबाट उम्मेदवारी दर्ता गरेका छन् । आईतबार सदरमुकाम मार्तडीमा रहेकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालयमा बडुवालले स्वतन्त्रबाट प्रतिनिधि सभाकाे प्रत्येक्षमा उम्मेदवारी दर्ता गरेका हुन् । प्रतिनिधि सभाकाे सदस्यमा स्वतन्त्र उम्मेदवारी दर्ता गर्न प्रस्तावक विनाेद विक र समर्थक […]
नागरिक रैबार बाजुरा २३ असाेज। नेकपा एमालेका केन्द्रीय सदस्य सहदेव बाेगटीले प्रदेश सभा (क) काे लागि स्वतन्त्रबाट उम्मेदवारी दर्ता गरेका छन् ! आईतबार जिल्ला समन्वय समितिमा रहेकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालयमा उनले प्रदेश सभा (क) का लागि स्वतन्त्रबाट उम्मेदवारी दर्ता गरेका हुन् । प्रदेश (का) आम कार्यकर्ताकाे आग्रहमा आफूले स्वतन्त्र उम्मेदवारी दिएकाे उनले बताएका छन् […]
दमक — नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले झापा ५ बाट प्रतिनिधिसभा सदस्यमा मनोनयन दर्ता गराएका छन् । ओलीले आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर मनोनयन दर्ता गराएका हुन् । ओली २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि झापा- ५ बाट निर्वाचित भएका थिए । त्यतिबेला माओवादी केन्द्रसँग वाम गठबन्धन बनाएका थिए भने यसपटक एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग चुनावी […]
डडेल्धुरा,असोज २३ प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज डडेल्धुराबाट उमदवारी दर्ता गराउँदै हुनुहुन्छ ।उहाँले प्रतिनिधिसभा सदस्यका लागि आज सातौँ पटक उम्मेदवारी दर्ता गराउन लाग्नुभएको हो । प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि प्रधानमन्त्री तथा कांगे्रसका सभापति देउवाले यसअघि जस्तै यसपटक पनि डडेल्धुराबाट नै उम्मेदबारी दिँदै हुनुहुन्छ । प्रधानमन्त्री […]
२३ असोज, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । उनले रौतहट क्षेत्र नं. १ बाट उम्मेदवारी दर्ता गराएका हुन् । यो क्षेत्रमा नेकपा एमालेको तर्फबाट उम्मेदवार टुंगो लागेको छैन । प्रदेश सभाका पूर्व सदस्य बाबुलाल साहले रौतहट क्षेत्र नं. १ को (क) बाट स्वतन्त्र उम्मेदवारी […]
काठमाडौँ,२३ असोज । आगामी मङ्सिर ४ गते हुने आम निर्वाचनका लागि जारी भएको आचारसंहिता पालना गर्न नुवाकोटका राजनीतिक दलहरुले सामूहिक प्रतिबद्धता जनाएका छन् ।मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीको आयोजनामा शनिबार बसेको सर्वदलीय÷सर्वपक्षीय बैठकमा सहभागी राजनीतिक दलहरुले निर्वाचन आयोगले जारी गरेको आचारसंहिता पालना गर्न सामूहिक प्रतिबद्धता जनाएको हो ।उनका अनुसार हाल कार्यान्वयनमा रहेको आचारसंहितअन्तर्गत आज उम्मेदवारी […]
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेले प्रतिनिधि सभाको निर्वाचन चितवनबाटै लड्ने भएका छन् । उनी चितवन क्षेत्र नं २ बाट निर्वाचन लड्ने भएका हुन् । आफ्नो मनोनयन दर्ता गर्न लामिछाने विहानै चितवन आइपुगेको स्रोतले जानकारी दिएको छ । यसअघि उनले चितवन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिने घोषणा गरेका थिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल […]
धनगढीः सुदूरपश्चिमका मुख्य दुई राजमार्ग पहिरोका कारण अवरुद्ध भएका छन्। डडेल्धुरामा भीमदत्त राजमार्ग र केआईसिँह राजमार्ग अवरुद्ध भएका प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। भीमदत्त राजमार्गको साहुखर्क र केआईसिँह राजमार्गको रडुवामा पहिरो गएको छ। पहिरोका कारण यातायात सेवा बन्द भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयले बताएको छ। लगातारको वर्षाका कारण सुदूरपहाडका राजमार्ग तथा ग्रामिण सडकहरु अवरुद्ध […]
हाल नेपालमा बङ्गालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य देखि पुर्ण बदली रहि बाँकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो लुम्बिनी, कर्णाली र […]
आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा लागि आइतबार प्रत्यक्ष तर्फको उम्मेदवारको मनोनयन दर्ता कार्यक्रम रहेको छ । राजनीतिक दलका तर्फबाट वा स्वतन्त्र उम्मेदवारी दिनका लागि आयोगले धरौटी रकम तोकेको छ । प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिन १० हजार रुपैयाँ धरौटी तोकिएको छ भने प्रदेश सभा सदस्यका लागि ५ हजार […]
काठमाडौं, असोज २३ । बडादशैँको आज अन्तिम दिन कोजाग्रत पूर्णिमा मनाइदैँछ । धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेर मनाएसँगै १५ दिन लामो दसैँ सकिन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले शास्त्रअनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको काम पनि आजै समापन हुने जनाएको छ । अखिल बलिपूर्ति भएसँगै विजयादशमीदेखि सुरु भएको नवदुर्गाको […]