होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
बाजुराको कोल्टी पिलुचौर सडक खण्डको मटेला नजिक बाटो अवरुद्ध भएको करिव दुई साता पुग्दा पनि मर्मत नभए पछि आवत जावत गर्ने यात्रुलाई सास्ती भएको छ । मटेलाको घुम्ती नजिक कुलाको पानी थुनिएर बाटो अवरुद्ध भएको करिव दुई साता पुग्न लाग्दा पनि बाटो नवने पछि कोल्टी बजार क्षेत्रमा आवात जावत गर्ने यात्रुले सास्ती भोग्नु परेको हो […]
अछाम: अछाममा नेकपा एमालेका नेता धनबहादुर रावत मृत भेटिएका छन्। असोज ४ गतेदेखि बेपत्ता रहेका उनी बान्नीगढी जयगढ गाउँपालिका–६ दर्नाको रवा लेकमा मृत अवस्थामा भेटिएका हुन्। नेकपा एमाले अछामका जिल्ला कमिटी सदस्य समेत रहेका रावत असोज ४ गते रामारोशन गाउँपालिका वडा नम्बर ७ सुतारमा अनन्ते मेला हेर्न गएका थिए। सोही दिनदेखि बेपत्ता रहेका रावतको शव […]
काठमाडौँः विराटनगरका लागि उडेको बुद्ध एयरको जहाजमा समस्या आएपछि काठमाण्डौमा अवतरण गरिएको छ। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भर्खरै विमानको सफल अवतरण गरिएको हो।ल्याण्डिङ गियरमा समस्या भएपछि अवतरण हुन नसक्दा जहाज २ घण्टासम्म काठमाण्डौ उपत्यकाको आकाशमै उडिरहेको थियो।
काठमाडौँ — केन्द्रीय तथ्यांक विभागले ३९ हजार गणक छनोटका निम्ति नाम ‘सर्टलिस्ट’ गरेको छ । अनलाइनबाट आवेदन दिएका १ लाख ५० हजारमध्येबाट छनोट गरेको जनाएको छ । आगामी कात्तिक २५ गतेबाट मंसिर ९ गतेसम्म हुने मूल जनगणना कार्यमा खटाउनका निम्ति जनशक्ति छानिएको हो । ‘सर्टलिस्ट गर्दा स्थानीय व्यक्तिलाई प्राथमिकता दिइएको छ,’ आवश्यक संख्याभन्दा करिब ३० […]
गण्डकी प्रदेशका शिक्षा, प्रविधि, विज्ञान तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठ र नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डेप्रेजबीच भेटवार्ता भएको छ । मन्त्री श्रेष्ठले भेटवार्तामा राजदूत डेप्रेजलाई प्रदेशमा बहुप्राविधिक शिक्षालयमा लगानी गर्न जोड दिएका छन् । गण्डकी प्रदेश सरकारले स्याङ्जाको फेदीखोलामा निर्माण गर्न लागेको बहुप्राविधिक शिक्षालयमा लगानी गर्न आग्रह गर्दै मन्त्री श्रेष्ठले अहिले डीपीआरको काम […]
नेपाली काँग्रेस त्रिबेणी नगर कार्य समितिको सभापतिमा सुरेन्द्र राज गिरी विजयी भएका छन् । नगर सभापतिका लागि पौडेल समूहबाट सुरेन्द्रराज गिरी र देउवा पक्षबाट गम्भीरसिहं बुढा बिच सहमती नभए पछि मतदान भएको थियोे । कडा प्रतिष्पर्दाका बाबजुत पौडेल पक्षका गिरीले ८० मत ल्याएर बिजयी भएका छन् भने उनका प्रतिद्धन्दि बुढाले ६९ मत ल्याएर पराजित भएका […]
काठमाडौं– दसैँमा घर जाने यात्रुलाई लक्षित गरेर सरकारले अग्रिम टिकट बुकिङ खुला गरेको छ । राजधानीमा विभिन्न व्यापार, व्यवसाय, जागीर र अध्ययनका लागि बसेका मानिस चाडपर्व मनाउन घर जाने गरेकाले यसलाई सहज तथा व्यवस्थित बनाउन आजदेखि अग्रिम टिकट बुकिङ खुला गरिएको हो । अहिले नयाँ बसपार्कमा टिकट लिने यात्रुको चाप देखिन्छ । एक निजी कलेजमा अध्ययनरत धनगढीका […]
काठमाडौं । बुद्ध एयरको जहाजमा समस्या भएपछि विराटनगर विमानस्थलमा अवतरण गर्न नसकी काठमाडौं फर्किएको छ ।ल्याण्डिङ गियरमा समस्या भएपछि अवतरण हुन नसक्दा जहाज काठमाडौंतर्फ फर्किएको हो । अहिले जहाज काठमाडौंकै आँकाशमा होल्ड भएको छ । काठमाडौं सुविधा सम्पन्न विमानस्थल भएका कारण आकस्मिक अवतरण काठमाडौंमै गर्ने गरी जहाज फर्किएको हो ।जहाज काठमाडौंबाट बिहान विराटनगर उडेको थियो […]
नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । तुलसीलाल अमात्य प्रतिष्ठान ललितपुरमा ११ बजे बस्ने बैठकमा १० बुँदे सहमति कार्यान्वयनमा भइरहेको प्रगति, विधान महाधिवेशनमा छनोट हुने प्रतिनिधि लगायतका विषयमा छलफल हुने नेताहरूले बताएका छन् । नेकपा एमाले जेठ २ मा फर्कने १० बुँदे सहमति भए पनि उक्त सहमति कार्यान्वयन नभएको भन्दै सुदूरपश्चिम लगायतका केही स्थानमा […]
आज सेप्टेम्बर २७ अर्थात् ४२ औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । कोभिड–१९ महामारीकै बीच स्वास्थ्य मापदण्डको पालना गरी भौतिकरूपमा दिवस मनाउन लागिएको छ । दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मातहत निकाय तथा सरोकारवाला संस्थाले विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागेका हुन् । दिवस भव्यरूपमा मनाउन […]
नेकपा एमालेको दसौँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीका लागि पुनः नेतृत्वमा दोहोरिन सहज हुने देखिएको छ। पार्टीमा नेतृत्वका लागि ओलीको बलियो प्रतिस्पर्धी नभएको अवस्था र विधान संशोधनलगायत विषयले उनलाई अध्यक्षमा दोहोरिन सहज हुने भएको हो। नेतृत्वका लागि आकांक्षी देखिएका महासचिव ईश्वर पोखरेल र सुवास नेम्वाङका लागि भने अवस्था असहज हुने देखिएको छ। विधानमा एउटै पदमा […]
नयाँ सरकार गठन भएको अढाइ महिना पुगिसक्दा पनि शिक्षामन्त्रीको नियुक्ति हुन नसक्दा शिक्षाका दर्जनभन्दा बढी ऐन, नियमावली र कार्यविधि पास हुन सकेको छैन । त्यसको प्रत्यक्ष असर शिक्षा क्षेत्रको नीति निर्माणमा पुगेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले शिक्षालाई प्राथमिकतामा राख्न नसक्दा सबै काम अलपत्र परेको छ । […]
दाङ । नेपाली काँग्रेसको चौधौं महाधिवेशन अन्तर्गत दाङमा शनिबार सम्पन्न पालिका अधिवेशनमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले बराबर स्थानीय तहमा जित निकालेका छन् । जिल्लाका १० वटा स्थानीय तहमध्ये पाँच वटा स्थानीय तह देउवा पक्षले विजयी हाँसिल गरेको छ भने पाँच स्थानीय तहमा पौडेल पक्ष निर्वाचित भएको छ । १० पालिका […]
काठमाडौं । तत्कालीन संविधानसभाका सदस्य अमृत लाल राजवंशी नेकपा एमालेमा प्रवेश गरेका छन् ।हालै झापाको विर्तामोड ४ बाट नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा पराजित भएका राजवंशी एमाले प्रवेश गरेका हुन् । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले खादा ओढाइदिएर एमालेमा स्वागत गरे ।राजवंशीलाई नेपाली कांग्रेसले समानुपातिक कोटाबाट पहिलो संविधानसभाको सदस्य बनाएको थियो । दोस्रो संविधानसभामा पनि […]
११ असोज, काठमाडौं । दशैंमा काठमाडौं उपत्यकाबाट बाहिरिनेहरुका लागि आजबाट अग्रिम टिकट बुकिङ खुला भएको छ ।दशैंमा घर जान इच्छुक व्यक्तिहरु बिहानैदेखि टिकट लिन गोंगबुस्थित नयाँ बसपार्क पुगेका छन् । उनीहरुलाई दुरी कायम गरी लाइनमा राखेर अग्रिम टिकट बिक्री गरिएको देखिएको छ । यातायात व्यवस्था विभागले गत बिहीबार यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र ट्राफिक प्रहरीसँगको […]
नागरिक रैबार/बाजुरा १० असोज । नेपाली काँग्रेसको १४ औँ केन्द्रिय महाधिवेशन तथा सातौ जिल्ला अधिवेशनमा पुर्वसन्ध्यामा नेपाली काँग्रेस बाजुराको त्रिवेणी नगरपालिकामा नगरसभापती लगाएत अन्य पदाधिकारीहरुको सहमती नभए प्रश्चात केही बेर अगाडी मतदान भई अहिले मत गणना सूरु भएको छ । जिल्ला त्रिवेणी नगरपालिकामा दोस्रो नगर अधिवेशनमा दुई जना विच सहमती नभएपछी मतदान भएको थियो । […]
काठमाडौँ– सत्तारुढ दल नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत डोटीका नौ वटै स्थानीय तहमा अधिवेशन सम्पन्न भएको छ ।शनिबार र आज सम्पन्न भएका पालिकाका अधिवेशनमा सात पालिकामा सर्वसम्वत पदाधिकारी चयन भएका छन् भने दुईवटा पालिका बडिकेदार तथा बोगटान फुड्सिल गाउँपालिकामा निर्वाचन भएको छ । जसअनुसार दिपायल सिलगढी नगरपालिकामा गणेशबहादुर मलासी, शिखर नगरपालिकामा हर्कबहादुर बोगटी, पूर्वीचौकी गाउँपालिमा बलबहादुर […]
नागरिक रैबार/बाजुरा १० असोज । बाजुराको त्रिबेणी नगरपालिका वडा नं. ४ को वडा कार्यालयमा स्थानीय सेवा ग्राहीहरुले आईतबार तालाबन्दी गरेका छन् । वडाका सबै कर्मचारीहरु नेपाली काँग्रेस त्रिवेणी नगरपालिकाको नगर अधिबेशनमा गएपछि वडाबाट हुने कामहरु प्रभाबित भएको भन्दै वडा कार्यालय तालावन्दी गर्न बाध्य भएको स्थानीय कृष्ण साउँदले बताएका छन् । आइतबार बिहान १० बजे वडामा […]
एमाले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि उपमहासचिव समेत रहेका नेता घनश्याम भुसालले तीन बुँदे फरक मत राखेका छन् । आइतबार अध्यक्ष ओलीले आफ्नो प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिइसकेपछि भुसालले मौखिक रुपमा आफ्नो ३ बुँदे फरक मत दर्ज गराएका हुन् । भुसालले जवजबारे प्रतिवेदन अस्पष्ट भएको, संसद विघटनबारे पनि प्रस्ट दृष्टिकोण नभएको र समाजवादबारे पार्टी […]
नागरिक रैबार/बाजुरा १० असोज। नेपाली कांग्रेस खप्तड छेडेदह गाउँपालिकाको सभापतिमा हर्क रावत सर्वसम्मत चयन भएका छन् । शनिबारबाट सूरु भएको पालिका स्तरीय अधिवेनबाट हर्क रावत सभापतिमा रहने गरी ४२ सदस्यीय कार्यसमिति चयन भएको हो । नेपाली काँग्रेसको पालिका स्तरीय अधिवेशनमा बाजुराका ९ वटा स्थानीय तह मध्ये अहिले सम्म बुढीनन्दा नगरपालिकामा डबलबहादुर खड्का, जगन्नाथमा सुन्दर विष्ट, […]