होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ २, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • १२औं राष्ट्रिय जनगणना : ३९ हजार गणकको नाम ‘सर्टलिस्ट’मा
समाचार

१२औं राष्ट्रिय जनगणना : ३९ हजार गणकको नाम ‘सर्टलिस्ट’मा

  • नागरिक रैबार
१२औं राष्ट्रिय जनगणना : ३९ हजार गणकको नाम ‘सर्टलिस्ट’मा

काठमाडौँ — केन्द्रीय तथ्यांक विभागले ३९ हजार गणक छनोटका निम्ति नाम ‘सर्टलिस्ट’ गरेको छ । अनलाइनबाट आवेदन दिएका १ लाख ५० हजारमध्येबाट छनोट गरेको जनाएको छ । आगामी कात्तिक २५ गतेबाट मंसिर ९ गतेसम्म हुने मूल जनगणना कार्यमा खटाउनका निम्ति जनशक्ति छानिएको हो ।

‘सर्टलिस्ट गर्दा स्थानीय व्यक्तिलाई प्राथमिकता दिइएको छ,’ आवश्यक संख्याभन्दा करिब ३० प्रतिशत सर्टलिस्ट गरिएको उल्लेख गर्दै विभागले जारी गरेको विज्ञप्तिमा छ, ‘यसका अतिरिक्त आवेदकले रोजेको ठाउँको सम्भाव्यता, विगतमा गरेको कामको अनुभव शैक्षिक योग्यताको श्रेणी आदिलाई आधार मानेर नतिजा सार्वजनिक गरिएको छ ।’

एक महिनाका निम्ति करारमा नियुक्त हुने गणकको शैक्षिक न्यूनतम कक्षा १२ उत्तीर्ण गरेको हुनेछ । पुरुषको उमेर १८ देखि ४० वर्ष र महिलाको १८ देखि ४५ वर्ष हुनेछ । छनोटमा परेका जनशक्तिले तत्काल सम्बन्धित जनगणना कार्यालयमा सम्पर्क गर्नु पर्ने र तत्कालै कोभिड–१९ विरुद्धको खोप लगाउन भनेको छ । ‘गणकहरूलाई कोभिड–१९ विरुद्धको खोप लगाउन सम्बन्धित जिल्लाका स्वास्थ्य कार्यालयहरूलाई पत्राचार भइसकेको हुँदा आफ्नो पायक पर्ने खोप केन्द्रमा गई खोप लगाउनु हुनु अनुरोध छ,’ भनिएको छ । ती गणकलाई कात्तिक १३ गतेबाट चारदिने तालिम दिइने छ ।

विज्ञापन

हरेक दस वर्षमा राष्ट्रिय जनगणना हुँदै आएको छ । विभागको कार्यतालिकाअनुसार १२औं राष्ट्रिय जनगणनालाई दुई चरणमा सम्पन्न गरिने छ । पहिलो चरणमा ‘घर तथा घरपरिवार सूचीकरण’ कार्य जारी राखेको छ । यतिखेर देशभरि ८ हजार ५ सय सुपरिवेक्षक खटिएका छन् । सुपरिवेक्षकले देशभरिका ७० लाख घरपरिवारमा गई ३ करोडभन्दा बढी जनसंख्याको प्रारम्भिक विवरण लिइरहेका छन् । गत भदौ ३० गतेबाट सुरु भएको घर तथा घरपरिवार सूचिकरण कार्य यही असोज १८ गते सकिने छ ।

अन्तिम चरणमा दुई किसिमको प्रश्नावली लिएर सोधिने छ । गणकहरू ‘मुख्य प्रश्नावली’ लिएर प्रत्येक घरमा पुगेर विवरण भर्नेछन् भने सोही समयमा सुपरिवेक्षकले ‘सामाजिक प्रश्नावली’ प्रत्येक वडा कार्यालयमा पुगेर भर्नेछन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार