होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख २२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अछाममा एमाले नेता रावत मृत भेटिए
समाचार

अछाममा एमाले नेता रावत मृत भेटिए

  • नागरिक रैबार
अछाममा एमाले नेता रावत मृत भेटिए

अछाम: अछाममा नेकपा एमालेका नेता धनबहादुर रावत मृत भेटिएका छन्। असोज ४ गतेदेखि बेपत्ता रहेका उनी बान्नीगढी जयगढ गाउँपालिका–६ दर्नाको रवा लेकमा मृत अवस्थामा भेटिएका हुन्।

नेकपा एमाले अछामका जिल्ला कमिटी सदस्य समेत रहेका रावत असोज ४ गते रामारोशन गाउँपालिका वडा नम्बर ७ सुतारमा अनन्ते मेला हेर्न गएका थिए। सोही दिनदेखि बेपत्ता रहेका रावतको शव सोमवार बिहान दर्नाको कालारवा लेकको जंगलमा भेटिएको प्रहरीले जनाएको छ।

मोबाइल लोकेसनका आधारमा खोजी गर्दै उनको शव भेटिएको बताइएको छ। रावतको खोजीका लागि स्थानीयसँगै नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका थिए।रावत स्थानीय तहको निर्वाचनमा बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ६ दर्नाको वडा अध्यक्षको उम्मेद्वार रहेका थिए। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार