होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • गण्डकीका शिक्षामन्त्री र युरोपियन युनियनका राजदूतबीच भेटवार्ता, बहुप्राविधिक शिक्षालयमा लगानी गर्न आग्रह
समाचार

गण्डकीका शिक्षामन्त्री र युरोपियन युनियनका राजदूतबीच भेटवार्ता, बहुप्राविधिक शिक्षालयमा लगानी गर्न आग्रह

  • नागरिक रैबार
गण्डकीका शिक्षामन्त्री र युरोपियन युनियनका राजदूतबीच भेटवार्ता, बहुप्राविधिक शिक्षालयमा लगानी गर्न आग्रह

गण्डकी प्रदेशका शिक्षा, प्रविधि, विज्ञान तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठ र नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डेप्रेजबीच भेटवार्ता भएको छ । मन्त्री श्रेष्ठले भेटवार्तामा राजदूत डेप्रेजलाई प्रदेशमा बहुप्राविधिक शिक्षालयमा लगानी गर्न जोड दिएका छन् ।

गण्डकी प्रदेश सरकारले स्याङ्जाको फेदीखोलामा निर्माण गर्न लागेको बहुप्राविधिक शिक्षालयमा लगानी गर्न आग्रह गर्दै मन्त्री श्रेष्ठले अहिले डीपीआरको काम भइरहेको र अब छिटै आवश्यक प्राविधिक जनशक्ति उत्पादन गर्ने योजना अनुसार पढाई सञ्चालन गर्ने तयारी भएको जानकारी गराएका थिए । उनले गुणस्तरीय शिक्षा निर्माणका लागि आर्थिक सहयोग जरुरी रहेको उनले बताए ।

मन्त्री श्रेष्ठले नेपाल कृषिमा आत्मनिर्भर रहेको बताउँदै कोभिडका कारण कृषि क्षेत्र तहसनहस भएको हुँदा यसतर्फ पनि लगानी गर्न राजदूत डेप्रेजसँग आग्रह गरे । प्रत्युत्तरमा राजदूत डेप्रेजले आफूहरु नेपालको शिक्षा क्षेत्रमा लगानी गर्न तयार रहेको बताएकी थिइन् । उनले आफूहरुले पहिलेदेखि नै शिक्षामा लगानी गर्दै आएको बताउँदै अबका दिनमा पनि लगानी गर्ने योजना रहेको सुनाइन् ।

विज्ञापन

मन्त्री श्रेष्ठले नेपालका लागि फिनल्याण्डका राजदूत पेर्टी एन्टिनेनसँग पनि भेट गरेका छन् । भेटका क्रममा भएको छलफलमा उनले प्राविधिक शिक्षालाई नै जोड दिएका थिए । राजदूत एन्टिनेनले प्राविधिक शिक्षालयलाई मात्र नभई कोभिडबाट प्रभावित प्राथमिक शिक्षामा पनि लगानी गर्न चाहेको बताए ।

यस्तै मन्त्री श्रेष्ठसँग स्वीस प्रोजेक्ट कोअर्डिनेटर उषा भण्डारीले पनि भेट गरेकी थिइन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) गण्डकीका निर्देशक प्रमोदभक्त आचार्यले गण्डकी प्रदेशका लागि दक्ष जनशक्ति उत्पादनमा सघाउनका लागि तीन वटा मुलुकका राजदूतसँग छलफल गरिएको बताए । ‘हामीले गण्डकीको वस्तुस्थितिबारे जानकारी गरायौँ’ उनले भने, ‘उहाँहरुले विगतमा पनि सहयोग गर्दै आएकाले आगामी दिनमा पनि सहयोग गर्ने भन्दै यसका लागि संघीय सरकारमार्फत अनुरोध गर्न सुझाव दिनुभयो ।’

गण्डकी सरकारको निमन्त्रणमा ११ देशका राजदूत, कुटनीतिक नियोगका उच्च पदस्थ प्रतिनिधिहरू आइतबार पोखरा आएका छन् । सोही अवसरमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली र शिक्षामन्त्री श्रेष्ठले राजदूतहरुसँग छुट्टाछुट्टै भेटघाट गरेका छन् ।राताेपाटबाट साभार

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार