होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
बैतडीको पाटन नगरपालिका–९ स्थित ज्ञानेश्वर नमूना माध्यमिक विद्यालयका एक शिक्षक र विद्यार्थीमा कोरोना सङ्क्रमण देखिएको छ। गत साता एक विद्यार्थी र एक शिक्षकमा कोरोना देखिएपछि उनीहरुको कन्ट्याक्ट ट्रेसिङ गर्दा १२ वर्षीया छात्रामा कोरोना पुष्टि भएको हो। योसँगै उक्त विद्यालयमा एक शिक्षक र दुई विद्यार्थीमा सङ्क्रमण देखिइसकेको छ। पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराका अनुसार […]
काठमाडौं । सवारी साधन र बजारमा पाकेटमारी र चोरी गर्ने कार्यमा संलग्न २०७ जनालाई प्रहरीले काठमाडौंबाट विभिन्न स्थानबाट पक्राउ गरेको छ । काठमाडौं उपत्यकामा सञ्चालित बस तथा माइक्रोबसमा यात्रा गर्ने यात्रुहरु र किनमेल गर्न बजारमा गएकाहरुको पकेट तथा झोलामा रहेका नगद, मोबाइल, गरगहना चोरी गर्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसरले जनाएको छ […]
धनगढी : सुदूरपश्चिम प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिता २०७८ धनगढीमा आयोजना हुने भएको छ। सुदूरपश्चिम खेलकुद परिषद्को वार्षिक कार्यक्रमअनुसार असोज २० गतेदेखि २३ गतेसम्म धनगढीमा सुदूरपश्चिम प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको छ। सुदूरपश्चिम प्रदेशका ९ वटा जिल्लाका टीमहरुले सहभागीता जनाउने प्रतियोगिताको विजेतालाई नगद एक लाखसहित ट्रफी दिइने पत्रकार […]
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेमा अहिले विचार र सिद्धान्त केही नभएको टिप्पणी गरेका छन् ।सोमबार पार्टीको वुद्धिजीवि संगठनको कार्यक्रममा उनले एमालेमा सूर्य चिह्न र मदन भण्डारीको विरासत मात्र भएको जिकिर गरे । ‘एमालेमा विचार सिद्धान्त हुँदैन, त्यही सूर्य चिह्न छ, मदन भण्डारी भन्ने छन् । मदन भण्डारीको ठाउँमा केपी […]
बझाङः मष्टा गाउँपालिका–१ कोटदेवलमा एक युवकको शव झुण्डिएको अवस्थामा फेला परेको छ। जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी रुपक खड्काले बाजुराको गौमुल गाउँपालिका घर भएका करिब १७ वर्षीय दीपेन्द्र रोकायाको शो फेला परेको जानकारी दिए। उनका अनुसार असोज ११ गतेदेखि कोटदेवलस्थित ससुराली आएका दीपेन्द्र बस्दै आएका थिए। रोकाया घरभन्दा पर रुखमा झुण्डिएको अवस्थामा फेला परेको […]
धनगढीः बझाङको जिल्ला प्रशासन कार्यालयमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले धर्ना दिएको छ। सोमबार विप्लव समूहका नेता तथा कार्यकर्ताहरुले कार्यालय अगाडी धर्ना दिएका हुन्। तीन बुँदे सहमति कार्यान्वयनमा सरकारले ढिलाइ गरेको र सहमति कार्यन्वयन गर्नुपर्ने भन्दै उनीहरुले धर्नामा बसेको बताएका छन्। ३ बुँदे सहमति कार्यान्वयन गर्ने सन्दर्भमा सरकारलाई ध्यानाकर्षण गराउन धर्ना सुरु गरिएको बताईएको […]
काठमाडौं । सांसदहरुले १८ वर्षमा नै विवाह गर्न पाउने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन् । हाल नेपालको कानुनमा २० वर्ष पुगेपछि मात्र विवाह गर्न पाइने व्यवस्था छ । सोमबार प्रतिनिधिसभाको कानुन, न्याय तथा माधव अधिकार समितिको वैठकमा बलात्कारसँग सम्बन्धित कानुनका विषयमा छलफलमा सांसदहरुले कानुनले १८ वर्षमा वालिग हुने व्यवस्था गरिसकेपछि विवाह गर्नका लागि उमेर हद […]
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबारसम्म मन्त्रिपरिषद विस्तारमा सहमति जुटाउने तयारी भएको बताए ।सत्तारुढ गठबन्धनमा भागवण्डा नमिल्दा प्रधानमन्त्री शेरबहादुर देउवा नियुक्त भएको झण्डै तीन महिनासम्म मन्त्रिपरिषद विस्तार हुन सकेको छैन । अध्यक्ष प्रण्चण्डले सकेसम्म आजै मन्त्रीहरुको शपथ ग्रहण गराउने कोशिस भएको बताए । ‘क्याविनेट आजै शपथ ग्रहण गराउने कोशिश अझै जारी […]
काठमाडौं । नेत्र विक्रम चन्द (विप्लव) समूहले सरकारसँग भएको तीन बुँदे सहमति छिट्टै अक्षरस कार्यान्वयन गर्न माग गरेको छ । सहमति भएको लामो समयसम्म पनि सहमति पूर्णरुपमा कार्यान्वयन हुन नसकेको भन्दै महासचिव विप्लवले सरकारको पुन: ध्यानाकर्षण गराएका हुन् । विप्लवले विज्ञप्ति जारी गर्दै बन्दीको रिहाइ र मुद्दा फिर्ता सहमतिको मुख्य बुँदा भएको तर त्यही कार्यान्वनय […]
धनगढी : सुदूरपश्चिम प्रदेशमा राजनीतिक आस्थाको आधारमा कर्मचारी सरुवाको चलखेल भइरहेको गुनासो गरिएको छ। राजनीतिक दलमा आस्था राख्ने, मन्त्री तथा सांसद निकट तथा कैलाली र कञ्चनपुर जिल्लामा कार्यरत कर्मचारीहरुलाई बढी बजेट खर्च हुने निकाय र कार्यालयमा ल्याउन निकै दौडधुप सुरु भएको कर्मचारी स्रोतको दाबी छ। आफूले छानेको र चाहेको कार्यालयमा सरुवा माग गर्दै नेपाली कांग्रेस, […]
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल ५ दिनको स्वास्थ्य उपचारपछि डिस्चार्ज भएर घर फर्केका छन् । नेपालको नीजि सचिवालयले अध्यक्ष नेपाल स्वास्थ्य लाभ गरी आज सोमबार घर फर्केको जनाएको छ । अध्यक्ष नेपाल डिस्चार्ज भएर घर फर्के पनि स्वास्थ्य संवेदनशीलताका कारण केहीदिन भेटवार्ता र बाहिरी कार्यक्रममा सहभागी नहुने भएका छन् । चिकित्सकको सल्लाहअनुसार नै उनी […]
नागरिक रैबार/बाजुरा १८ असोज ।बाजुरा जिल्लामा रहेको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाजुराले १५ औँ विश्व पशुपन्छी दिवस बाजुरामा पनि मनाईएकाे छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द बाजुरा र बडिमालिका नगरपालिका पशु सेवा शाखा को संयुक्त आयोजनामा, “पशु कल्याण मा अभिवृद्धि, दिगो बिकास र समृद्धि” भन्ने नाराका साथ १५ औं […]
नेपाली काँग्रेस बाजुराको सातौ जिल्ला अधिबेशनको निर्वाचन प्रक्रियामा अघि बढेको छ । निर्वाचन समिति बाजुराले सोमबार बिहान ८ बजे बाट मनोनयन दर्ता प्रक्रिया शुरु गरेको छ । निर्वाचन कार्यलय तालिका सार्वजनिक गर्दै मनोनयन दर्ता प्रक्रिया अघि बढेको हो । मतदान प्रक्रिया भने १९ गते बिहान ८ बजे बाट शुरु हुने निर्वाचन समिति बाजुराले जनाएको छ […]
नागरिक रैबार/बाजुरा १८ असाेज नेपाली काँग्रेस बाजुराका कार्यसमिति सदस्य तथा बडीमालिका ८ का वडा अध्यक्ष युवा नेता प्रकाश रावल साताैं जिल्ला अधिवेशनमा सहसचिवका बलिया उम्मेद्वार बनेका छन् । बडीमालिका नगरपालिकालाई काँग्रेसकाे किल्लाका रूपमा अगाडि बढाउदै गएका युवा नेता रावल काँग्रेसकाे जिल्ला सहसचिवका बलिया उम्मेदवारका रूपमा हेरिएका छन् । काँग्रेसमा युवा पुस्ताबाट राजनिती क्षेत्रमा प्रवेश गरेका […]
काठमाडौं । भारतीय कांग्रेसकी महासचिव प्रियंका गान्धीलाई प्रहरीले हिरासतमा लिएको छ । आज बिहान करिब साढे पाँच बजे उत्तरप्रदेशमा पर्ने सितापुरको हरगाउँबाट गान्धीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उत्तर प्रदेशको लखिमपुर खिरी भन्ने स्थानमा जारी किसानहरुको आन्दोलनमा सहभागी हुन जाने क्रममा प्रहरीले गान्धीलाई नियन्त्रणमा लिएको हो । गान्धीलाई प्रहरीले लखनउमै रोक्न खोजेको थियो । सो […]
काठमाडौँ- मनसुन पूर्णरुपमा बाहिरिन अझै एक साता लाग्ने भएको छ ।जल तथा मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् निराज सापकोटाका अनुसार पश्चिमबाट सुधार हुँदै पूर्वतर्फ वर्षा भएर मात्रै मनसुन बाहिरिनेछ । त्यसका लागि कम्तीमा आगामी आइतबार/सोमबार लाग्न सक्नेछ । ‘पश्चिमबाट सुधार हुँदै पानी पर्न कम हुँदै पूर्वतर्फ सरेर मात्रै मनसुन बाहिरिने हो, अझै केही दिन वर्षा […]
कैलालीः सर्वोच्च अदालतमा आज सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठनविरुद्धको रिटमा पेसी तोकिएको छ। जेठ २७ गते कमलसिंह राना, सुरेश रोकाया र अधिवक्ता अपेक्षा निरौलाले संविधानको धारा १६८ को उपधारा ९ विपरीत प्रदेश सरकारले सरकार पुनर्गठन गरेको भन्दै रिट निवेदन दिएका थिए। १४ जेठमा मुख्यमन्त्री भट्टले ७ सदस्यमा केहीको निरन्तरता र केही थप्दै ११ सदस्यीय मन्त्रिमण्डल पुनर्गठन […]
नेकपा एमालेले अनलाइन मार्फत पार्टी सदस्यता दिने तयारी गरेको छ । ललितपुरको गोदावरीमा भएको पार्टीको पहिलो विधान महाधिवेशनमा यसबारे जानकारी दिइएको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले सो एप्लिकेसनकाे उद्घाटन गरेका छन् । एप्लिकेसनबाट पार्टी सदस्यताका लागि आवेदन दिन सकिने र अनलाइनबाटै स्वीकृति दिइने पार्टीका कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । सो एप्लिकेसनमा […]
काठमाडौं । नेकपा एमालेले पार्टीको नयाँ लोगो र एप सार्वजनिक गरेको छ । ललितपुरको गोदावरीमा भएको विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले लोगो र एप सार्वजनिक गरेका हुन् । एमालेको नयाँ लोगोको बीचमा सूर्य चिन्हको बीचमा हँसिया हथौडा छ । यसअघि सूर्य चिन्हको बीचमा सीपीएन यूएमएल लेखेर हँसिया हथौडा राखिएको थियो । एपले सबै […]
नागरिक रैबार/बाजुरा १७ असोज। बाजुराको कोल्टी डिपोमा ४ सय क्विन्टल चामल पुगेको छ । खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी कोल्टी शाखामा चामल सकिएको २ महिनापछि डिपोमा चामल पुगेको हो । निरन्तरको वर्षाका कारण अवरुद्ध रहेका सडकका कारण चामल ढुवानी नहुँदा डिपोमा रहेको मौज्दात चामल सकिएको थियो । चामलको चरम अभाव भएको बेला चामल ढुवानी भएको […]