होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एमालेमा विचार छैन, सूर्य चिह्न मात्र छ : प्रचण्ड
समाचार

एमालेमा विचार छैन, सूर्य चिह्न मात्र छ : प्रचण्ड

  • नागरिक रैबार
एमालेमा विचार छैन, सूर्य चिह्न मात्र छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेमा अहिले विचार र सिद्धान्त केही नभएको टिप्पणी गरेका छन् ।सोमबार पार्टीको वुद्धिजीवि संगठनको कार्यक्रममा उनले एमालेमा सूर्य चिह्न र मदन भण्डारीको विरासत मात्र भएको जिकिर गरे ।

‘एमालेमा विचार सिद्धान्त हुँदैन, त्यही सूर्य चिह्न छ, मदन भण्डारी भन्ने छन् । मदन भण्डारीको ठाउँमा केपी अ‍ेली बनाउन खोजिएको छ’ उनले भने, ‘विचारमा बहस हुँदैन । सबैले आफ्नो पद प्रतिष्ठाको लागि काम गर्ने गरेका छन् । त्यही स्वार्थका लागि मिल्छन् ।’

एमालेको दोस्रो पुस्ता विचारमा प्रष्ट रहेको भन्ने आफूहरुलाई भ्रम भएको प्रचण्डले बताए । दोस्रो तहका नेताहरु विचारमा चोट्टा रहेछन् भनेर हामीले आशा गर्‍यौं, नारायणकाजीजी र मैले त तिनीहरुसँग धेरै मेहनत गरेका छौं’ उनले भने, ‘पछि त तिनका विचार सिद्धान्त यही लोगोमा गएर आत्मसमर्पणमा टुंगियो । के को विचार ?’

विज्ञापन

प्रचण्डले माओवादी केन्द्र पनि यस्तै हुने खतरा रहेको भन्दै त्यसबाट बचाउनुपर्ने चुनौती रहेको बताए ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार