होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा १९ असोज। जिल्लाको त्रिवेणी नगरपालिका वडा नं. ९ मा नेकपा एकिकृत समाजवादी पार्टीको वडा संगठन कमिटी गठन गरिएको छ । नेकपा एमाले विभाजन पछि बनेको माधव कुमार नेपाल नेतृत्वको सो पार्टीले त्रिवेणी नगरपालिकाको ९ नम्बर वडामा पहिलो पटक वडा संगठन कमिटी गठन गरेको हो । एकिकृत समाजवादी पार्टीले त्रिवेणी नगरपालिका ९ मा पहिलो […]
नागरिक रैबार/बाजुरा १९ असोज। नेपाली काँग्रेस जिल्ला कार्यसमितिको नयाँ नेतृत्व चयनका लागि मंगलबार बाट निर्वाचन सूरु भएको छ । असोज १६ गतेबाट औपचारिक रुपमा सूरु भएको काँग्रेस बाजुराको ७ औ जिल्ला अधिवेशनमा नयाँ नेतृत्व चयन सहमतिका साथ हुन नसकेपछि मंगलबारबाट निर्वाचन प्रक्रियामा गएको छ । जिल्लामा आजबाट सूरु भएको काँग्रेसको निर्वाचनमा तिनवटा समूहबीच चुनावी प्रतिष्पर्दा […]
सोमबार भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निरीक्षण एवं अवलोकनका क्रममा बिरामीको अत्यधिक चाप तर ठाउँ अभावले अस्तव्यस्त दृश्य र चुलिएको समस्या देखेर स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठको मन चस्स भयो । भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमले कोभिड–१९ का कारण बढ्दो बिरामी थेग्न बनाइएको अस्थायी संरचनादेखि रेक्टोफिटिङ […]
काठमाडौं । अर्थ मन्त्रालयले सरकारी गाडीको विवरण माग गरेको छ । संसदको दिगो विकास तथा सुसासन समितिमा मंगलबार बोल्दै अर्थमन्त्री जनार्दन शर्माले पुराना गाडी कति कुन अवस्थामा छन् भन्ने विवरण आफूले माग गरेको जानकारी दिए । अर्थमन्त्री शर्माका अनुसार अर्थ मन्त्रालयमा नयाँ गाडी किन्न मन्त्रालय तथा विभिन्न निकायबाट अहिले पनि माग हुने गरेको छ । उनले भने, […]
विराटनगर । ३३ किलो सुन तस्करी र मोरङका सनम शाक्यको हत्या मुद्दामा जिल्ला अदालत मोरङले चुडामणि उप्रेती गोरेलाई जन्मकैदको सजाय सुनाएको छ । उनी सनम शाक्यको हत्या, अपहरण तथा शरीर बन्धक मुद्दामा दोषी ठहरिएका हुन् । ३३ किलो सुन तस्करी प्रकरणमा भरिया सनम शाक्यको हत्यामा उनीसहित ८ जना दोषी ठहर भएका छन् । अन्य सबैले […]
नागरिक रैबार/बाजुरा १९ असोज। नेपाली काँग्रेस जिल्ला कार्यसमितिको ७ औ जिल्ला अधिवशेनबाट नयाँ नेतृत्व चयनका लागि मंगलबार विहान १० बजेबाट सूरु भएको निर्वाचनमा ३ बजेसम्म ५० प्रतिशत मत खसेको छ । काँग्रेसको साताैँ जिल्ला अधिवेशनमा मतदान गर्ने १२ सय ७ जना मध्ये ३ बजेसम्म ६ सय ५० जनाले मतदान गरिसकेको निर्वाचन अधिकृत सन्तोष भण्डारीले बताएका […]
नागरिक रैबार/बाजुरा १९ असोज। कृषि ज्ञान केन्द्र बाजुराले जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न कृषकका बारिमा फलेको स्याउ ढुवानी गरेर सदरमुकाम मार्तडीमा ल्याएको छ । कृषकको बारीमा फलेका स्याउको बजारीकरणमा सहज पुगाउने उद्देश्यले कृषि ज्ञान केन्द्र बाजुराको ढुवानी अनुदान र फ्युचर स्याउ कृषक समूहको सहयोगमा जुकोटमा फलेको स्याउलाई बारीमै पुगेर ढुवानी गरी सदरमुकाम मार्तडीमा ल्याएको कृषि […]
नागरिक रैबार/बाजुरा १९ असोज। दशैँतिहार नजिकिएसँगै खाद्य व्यवस्था तथा व्यापार कम्पनिले सर्वसाधारण उपभोक्तालाई सहुलियत दरमा चामल बिक्री गर्न थालेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनिले आजबाट मार्तडी र कोल्टी डिपोबाट सर्वसाधारण उपभोक्तालाई सहुलियत दरमा चामल विक्री गर्न थालेको हो । दशैं तिहारलाई लक्षित गर्दै कम्पनिले सर्वसाधारण उपभोक्तालाई प्रति केजि ४० का दरले आजबाट चामल […]
काठमाडौँ — प्रतिनिधिसभाको मंगलबारको बैठक पनि प्रमुख प्रतिपक्ष एमालेले अवरोध गरेको छ । दिउँसो १ बजे बसेको प्रतिनिधिसभा बैठकको सुरुमै एमालेका सांसदहरू वेल घेर्न पुगेका थिए । एमालेको अवरोधका बीच सभामुख अग्निप्रसाद सापकोटाले संसद्को बिजनेस अगाडि बढाएका थिए । प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन-२०७६/७७ पेस गरेका थिए । […]
जुम्ला– नेपाली कांग्रेस जुम्लाको जिल्ला अधिवेशन स्थगित भएको छ । १८ असोजमा हुने भनिएको जिल्ला अधिवेशन स्थगित भएको हो । दसैँ नजिकिएको र अधिवेशनका लागि आवश्यक व्यवस्था र प्रमुख निर्वाचन अधिकृत सहाना प्रधानको घरायसी कामले समय नमिलेकाले जिल्ला अधिवेशन स्थगित गरिएको वर्तमान पार्टी सभापति दीपबहादुर शाहीले बताए । उनले भने, ‘आगामी ३ कात्तिकमा गर्ने गरी जिल्ला अधिवेशन […]
काठमाडौं : सोमबार राति फेसबुक डाउन हुँदा त्यसका सह–संस्थापक तथा मुख्य कार्यकारी अधिकारी मार्क जुकरबर्गलाई भारी नोक्सान भएको छ। केही घण्टाभित्रै उनको कूल सम्पत्तिमा ६ बिलियन डलर(७ खर्ब नेपाली रुपैयाँ) को गिरावट आएको छ। यससँगै उनी अर्बपतिको सूचीबाट दुई स्थान लत झरेका छन् । सोमबार राति फेसबुकका विभिन्न सेवाका साथै इन्स्टाग्राम, ह्वाट्सएप लगायतका सेवा घण्टौंसम्म ठप्प […]
काठमाडौं: त्रिभुन अन्तरराष्ट्रिय विमानस्थलमा श्री एयरलाइन्सको जहाज दुर्घटनाहुनबाट जोगिएको छ। आज बिहान नेपालगञ्ज गन्तव्यका लागि उडान भर्ने तयारीमा रहेको सो एयरलाइन्सको जहाज ‘डोमेष्ट्रिक पार्किङ्’बाट रनवेतर्फ निकाल्ने क्रममा जहाज चिप्लिएको हो। विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार जहाज पार्किङबाट निकाल्ने क्रममा टर्निङको क्रममा जहाजको ब्यालेन्स नमिल्दा तीन मिटरजति जहाज डिस्ब्यालेन्स भएको छ। “जहाज धस्सिएको हैन पाकिङबाट निकाल्ने क्रममा […]
नागरिक रैबार/बाजुरा १९ असोज। नेपाली काँग्रेस जिल्ला कार्यसमितिको सभापति पदमा ३ जनावीच प्रतिष्पर्दा हुँदैछ ।नेपाली काँग्रेस बाजुराको नेतृत्व चयनका लागि मंगलबार विहान १० बजेबाट मतदान प्रक्रिया सूरु भईसकेको छ । बाजुराको पार्टी सभापतिका लागि देउवा पक्षबाट वर्तमान पार्टी सभापति कविराज पंडितसहितको टिम छ भने पौडेल-सिटौला पक्षबाट त्रिवेणी नगरपालिकाका नगरप्रमुख रामसिंह रावलको टिम छ । त्यस्तै […]
नागरिक रैबार/बाजुरा १९ असोज। नेपाली काँग्रेस जिल्ला कार्यसमितिको ७ औ जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रिया सूरु भएको छ । विहान १० बजेबाट सूरु भएको मतदानमा बाजुराका ९ वटा स्थानीय तहका नेपाली काँग्रेसका १२ सय ७ जना प्रतिनिधिहरुले मतदान गर्ने भएका छन् । असोज १६ गतेबाट अधिवेशन सूरु भएको काँग्रेस बाजुरामा उम्मेदवारहरु विच […]
काठमाडौं, असोज १९ । वैदेशिक रोजगारमा जानेले पनि चाहेमा स्वदेशमा पेन्सन पाउन सक्ने भएका छन् । विदेशमा गरेको कमाइको केही अंश बचत गरेर उनीहरूले स्वदेश फिर्ता भएपछि पेन्सनका रूपमा उक्त रकम पाउन सक्ने योजना नागरिक लगानी कोषले ल्याएको छ । यस विषयमा नागरिक लगानी कोष र आईएमई लिमिटेडबीच समझदारी भएको छ । समझदारीअनुसार वैदेशिक रोजगारीमा […]
काठमाडौं, असोज १९ । शिक्षक सेवा आयोगले रिक्त शिक्षकको विज्ञापन गर्ने अन्तिम तयारी गरिरहँदा ८ जिल्लामा प्रतिजिल्ला ४ सयभन्दा बढी र १५ जिल्लामा प्रतिजिल्ला ३ सय ५० भन्दा बढी शिक्षक पद रिक्त देखिएको छ । तीमध्ये अधिकांश जिल्लामा प्राथमिक तहको शिक्षकको अभाव अधिक देखिएको छ । ती जिल्लामा झन्डै ८० प्रतिशत प्रावि शिक्षकको दरबन्दी खाली […]
काठमाडौँ — संघीय संसद्का सांसद दसैं भत्ता पाइने/नपाइने बुझ्न संसद् सचिवालय धाउन थालेका छन् । दसै नजिकिएसँगै सांसदहरूले संसद् सचिवालयको लेखा शाखाका कर्मचारी, लेखा प्रमुख र महासचिवको कार्यकक्षमा पुगेर भत्ताबारे सोधीखोजी गर्न थालेका हुन् । केहीले चाहिँ महासचिवलाई फोन गरेर भत्ता दिने/नदिने बुझ्न थालेका छन् । यो क्रम केही दिनदेखि चलिरहेको संसद् सचिवालयले जनाएको छ […]
जल तथा मौसम पूर्वानुमान महाशाखाले मंगलबार देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । महाशाखाले बदलीका कारण दिउँसो कर्णाली र सुदुरपश्चिम प्रदेशका एक दुई स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको समेत नियमित बुलेटिनमार्फत जानकारी दिएको छ । यस्तै राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने कर्णाली र सुदुरपश्चिम प्रदेशका […]
काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।५ हजार ८९३ पीसीआर परीक्षण गर्दा ८१२ जना र ४ हजार ९८१ एन्टिजेन परीक्षण गर्दा २१८ गरी १ हजार ३० जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १० जनाको […]
धनगढीः सरकारले सुरु गरेको राष्ट्रिय कार्यक्रम जनगणनालाई मंसिर ९ गतेभित्र सबै नेपालीको घरदैलोमा पुगेर गणना गर्ने तयारी हुँदैछ। हरेक १० वर्षमा हुने जनगणना यस वर्ष भइरहेको हो। देशका ७७ वटै जिल्लामा जनगणना कार्यालय स्थापना गरेर अहिले घर परिवार सूचिकरण गर्ने काम भइरहेको छ। यस्तै सुदूरपश्चिमका प्रायः सबै जिल्लामा अहिले गणकहरु घर–घर पुगेर सूचीकृत गर्ने काम […]