होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख २१, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्राविमा ८० प्रतिशत दरबन्दी खाली
समाचार

प्राविमा ८० प्रतिशत दरबन्दी खाली

  • नागरिक रैबार
प्राविमा ८० प्रतिशत दरबन्दी खाली

काठमाडौं, असोज १९ । शिक्षक सेवा आयोगले रिक्त शिक्षकको विज्ञापन गर्ने अन्तिम तयारी गरिरहँदा ८ जिल्लामा प्रतिजिल्ला ४ सयभन्दा बढी र १५ जिल्लामा प्रतिजिल्ला ३ सय ५० भन्दा बढी शिक्षक पद रिक्त देखिएको छ । तीमध्ये अधिकांश जिल्लामा प्राथमिक तहको शिक्षकको अभाव अधिक देखिएको छ । ती जिल्लामा झन्डै ८० प्रतिशत प्रावि शिक्षकको दरबन्दी खाली छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आयोगलाई पठाएको तथ्यांकमा सबैभन्दा बढी बागलुङमा शिक्षकको संख्या कमी रहेको छ । बागलुङमा ५ सय ३५ शिक्षक पद रिक्त रहेकोमा ४ सय २९ जना प्रावि तहको शिक्षक मात्रै रहेका छन् ।

तीमध्ये ३ सय ९ प्रावि शिक्षक छन् । केन्द्रका अनुसार प्रावि तहको शिक्षक व्यवस्थापन र पदपूर्ति गर्न समस्या देखिएको छ । दशैंलगत्तै विज्ञापन खुला गर्ने तयारीमा रहेको आयोगले ७७ वटै जिल्लाको तथ्यांक प्राप्त गरेको छ ।

विज्ञापन

तीन जिल्लाबाहेक सबै जिल्लामा २ सय बढी प्रावि तहको शिक्षक रिक्त छन् । माध्यमिक विद्यालयमा सबैभन्दा कम र प्रावि तहको तुलनामा निम्न माध्यमिक विद्यालयमा केही कम देखिएको छ ।

तथ्यांकअनुसार ३ सयभन्दा बढी शिक्षकको अभाव रहेको जिल्लाको संख्या १५ रहेको छ । ती जिल्लामा पनि प्रावि तहको शिक्षकको अभाव देखिएको छ । आयोगले सबै जिल्लाको तथ्यांक संकलन गरेर मात्र विज्ञापन खोल्ने तयारी गरेको छ । पछिल्लो तथ्यांकअनुसार अधिकांश जिल्लामा सयभन्दा बढी शिक्षक रिक्त छन् ।

सबैभन्दा कम मनाङमा १६, भक्तपुरमा २५, ललितपुरमा ४३, काठमाडौंमा २९, मुस्ताङमा ३३, रुकुम पूर्वमा ८५, कञ्चनपुरमा ८७ र कैलालीमा ८६ शिक्षक अभाव छन् । उपत्यकामा एक जना पनि प्रावि शिक्षकको दरबन्दी रिक्त छैन । तीबाहेक सबै जिल्लामा प्रावि शिक्षकको अभाव रहेको तथ्यांकले देखाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार