होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, जेष्ठ १०, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रतिनिधिसभामा एमालेको अवरोध कायमै, दलित आयोगको वार्षिक प्रतिवेदन पेस
समाचार

प्रतिनिधिसभामा एमालेको अवरोध कायमै, दलित आयोगको वार्षिक प्रतिवेदन पेस

  • नागरिक रैबार
प्रतिनिधिसभामा एमालेको अवरोध कायमै, दलित आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ — प्रतिनिधिसभाको मंगलबारको बैठक पनि प्रमुख प्रतिपक्ष एमालेले अवरोध गरेको छ । दिउँसो १ बजे बसेको प्रतिनिधिसभा बैठकको सुरुमै एमालेका सांसदहरू वेल घेर्न पुगेका थिए ।  एमालेको अवरोधका बीच सभामुख अग्निप्रसाद सापकोटाले संसद्को बिजनेस अगाडि बढाएका थिए ।

प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन-२०७६/७७ पेस गरेका थिए ।

एमालेले प्रतिनिधिसभाको नवौं अधिवेशनका सबै बैठकमा अवरोध गरेको छ । यसअघि भदौ २३, २५, २७ र २९ गते बसेका प्रतिनिधिसभा बैठकमा एमालेले अवरोध गरेको थियो । असोज महिनाका ४ गते, ७ गते, ११ र १४ गते बसेका बैठकमा पनि एमालेले वेल घेराउ गर्दै बैठक अवरूद्ध गरेको थियो ।

विज्ञापन

सभामुख सापकोटाले प्रतिनिधिसभामा अवरोध भइरहेकाले सांसदहरूले आफ्ना कुरा राख्न नपाएको भन्दै सदन सुरु गर्नका लागि आग्रह गर्दै आएका छन् ।

एमालेले भने पार्टी विभाजन गर्न सभामुखले भूमिका खेलेको, माधव नेपालसहित १४ सांसद अवैधानिक रहेको भन्दै उनीहरूलाई निष्कासन नगरेसम्म अवरोध कायमै रहने अडान लिएको छ ।

प्रतिनिधिसभाको अर्को बैठक असोज २२ गते दिउँसो १ बजेका लागि बोलाइएको छ ।कान्तिपुरबाट साभार

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार