होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
कर्णाली नदीमा डुंगा दुर्घटना भएको छ । पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–१० घाट गाउँस्थित कुमालामा आइतबार बिहान ९ बजे डुंगा दुर्घटना भएको प्रहरीले बताएको छ। नदीमा डुंगा दुर्घटना हुँदा १८ वर्षीया अनिता बिक बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए । उनले भने,‘ दसैँमा घर लिप्ने सेतो (कमेरो) माटो ल्याउनका लागि […]
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट मन्त्री भएकाहरुलाई आफ्नो जिम्मेवारी र कर्तव्यको ख्याल राखेर काम गर्न निर्देशन दिएका छन् । पार्टीका तर्फबाट मन्त्री भएकाहरुलाई आइतबार बिहान पार्टी कार्यालयमा बोलाएर अध्यक्ष नेपालले विषम परिस्थितिमा गठबन्धन सरकार बनेकाले सोही संवेदनशीलतालाई ख्याल गर्दै आफ्नो जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएको स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङले जानकारी दिए । […]
प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हुने तर्क गरेका छन् । आइतबार आयोजित साक्षर गण्डकी घोषणा कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले प्रजातन्त्रको विकल्प प्रजातन्त्र बाहेक अरु कुनै हुन नसक्ने बताएका हुन् । उनले देशमा अरु धेरै कुरा गर्न बाँकी रहेको बताउँदै पूर्ण रुपमा संघीयता कार्यान्वयन गर्न बाँकी रहेको बताए । ‘हाम्रो […]
बैतडीः देहीमाडौँ र पाटनमा मदिरा बेचबिखन तथा ओसारपोसारमा पूर्ण रुपमा रोक लगाइएको छ। बडादसैँको महाष्टमी र महानवमीका दिन लाग्ने जात्रा तथा मेलालाई मध्यनजर गर्दै मदिरा बेचबिखन र ओसारपोसार बन्द गरिएको हो। देहीमाडौँमा रहेको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा महाअष्टमी र पाटनस्थित प्रसिद्ध उदयदेव मन्दिरमा महानवमीका दिन पशु बलिसहित जात्रा लाग्ने गर्दछ। निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने मेलालाई […]
धनगढी : धनगढीमा भएको प्रथम प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिता सम्पन्न भइसकेको छ। प्रतियोगितामा फाइनलमा डडेल्धुरालाई ३–० को सोझो सेटले पराजित गर्दै डोटी च्याम्पियन बनेको छ। उपाधिसँगै डोटीले नगद एक लाख सहित ट्रफी पाएको छ भने डडेल्धुराले नगद ५० हजार सहित ट्रफीमा चित्त बुझाएको छ। यस्तै प्रतियोगिताको सेमिफाइनलसम्म पुग्ने दुई टीम कैलाली र कन्चनपुरले २५/२५ हजार […]
धनगढी: धनगढीबाट डोटी लग्ने भन्दै यात्रुलाई बसाएको बसले अत्तरियामा अलपत्र छाडेर गएको छ। धनगढीबाट डोटीको अत्तरकाँडासम्म लैजाने भनेर १३ जना यात्रु बोकेकोे रिभर साइड यातायातको ना४ख ३६०७ नम्बरको बसले यात्रुलाई अत्तरियामा अलपत्र छोडेका हो। बसले उनीहरुबाट ६ सय ५० का दरले टिकेट समेत काटेको एक यात्रुले बताए। आफूहरुले टिकट काटेको भएपनि बसले अत्तरियामै अलपत्र छाडेर सम्पर्कबिहीन […]
नागरिक रैबार/बाजुरा २४ असोज। नेपाली काँग्रेस जिल्ला कार्यसमितिको नवनिर्वाचित कार्यसमितिले वडा दशैं तथा दिपावलीको अवसरमा गरेको चियापान कार्यक्रममा देउवा पक्षका नेताहरु सहभागि भएनन् । भर्खरै सम्पन्न ७ औं जिल्ला अधिवेशनबाट पौडेल पक्षबाट सभापति सहित कार्य समितिमा रहेको बहुमत पक्षले आईतबार मार्तडीमा आयोजना गरेको शुभकामना तथा चियापान कार्यक्रममा देउवा पक्षका नेताहरुको न्युन सहभागिता रहेको थियो । […]
२४ असोज, पोखरा । जिल्लाहरु साक्षर घोषणा भएको ४ वर्षपछि गण्डकी प्रदेशलाई आज घोषणा गरिँदै छ । गण्डकी प्रदेशका ११ वटै जिल्लाका लक्षित उमेर समूह (१५–६०) को जनसंख्याको ९५ प्रतिशतभन्दा बढी साक्षरण भइ विभिन्न मितिमा साक्षर जिल्ला घोषणा गरी औषत साक्षरता ९६.५७ प्रतिशत रहेको आधारमा आज गण्डकी प्रदेशलाई घोषणा गर्न लागिएको हो । १५ वर्षमुनिका […]
काठमाडौं । सरकारका नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले राजीनामा दिने घोषणा गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप खेप्दै आएका हमालले आज प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाउने बताएका हुन् । ‘मैले आफ्नो स्वविवेक प्रयोग गरें, धेरै सोचें, किन विवादमा परुँ म । किन राजीनामा दिने भनेर नेताहरुले पनि […]
नवरात्रको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ । नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाले शरणमा आएका भक्तको तीनै ताप हरिदिने […]
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्ना पार्टीबाट मन्त्री बनेकाहरुलाई बोलाएका छन् । अध्यक्ष नेपालले आइतबार विहान ११ बजे बानेश्वरको आलोक नगरस्थित पार्टी कार्यालयम बोलाएको स्वास्थ्यमन्त्री विरोध खतिवडाले जनपक्षीय काम गर्न निर्देशन दिनका लागि अध्यक्ष नेपालले बोलाएको उनको भनाइ छ । शनिबार अध्यक्ष नेपालले पार्टीबाट मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्रीलाई पनि राम्रो काम गरेर देखाउन निर्देशन […]
काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारमा महत्वपूर्ण साथीहरू छुटेको भन्दै दु:ख लागेको बताएका छन् । बालुवाटारमा स्कुल अफ डेमोक्रेसी अमेरिका शाखाले प्रकाशन गरेको ‘विश्वेश्वर कोइराला शताब्दी सन्दर्भ’ पुस्तक विमोचनका क्रममा आज देउवाले यस्तो बताएका हुन् । शुक्रबार मात्रै मन्त्रिपरिषद् विस्तार गरेका प्रधानमन्त्री देउवाले विस्तारित मन्त्रिपरिषद्मा पार्टी भित्रका महत्वपूर्ण नेतालाई समेट्न […]
नवरात्रको तेस्रो दिन दसैँ घर वा पूजाकोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवदुर्गा मध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । यस्ती देवीको पूजा आराधनाले शक्ति प्राप्त हुने भएकाले नवरात्रका […]
नागरिक रैबार/बाजुरा २२ असाेज । बाजुराकाे सदरमुकाम मार्तडीबाट बल्दै जाँदै गरेकाे जीप दुर्घटना भएकाे छ । शुकझसाँझ मार्तबाट बल्दै जाँदै गरे बा २१ च ४३२ नम्मरकाे जीप अनियन्त्रित भइ दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । घाइते हुनेमा बडिमालिका नगरपालिका ६ का भिम थापा, डम्मर दानि र धन बहादुर थापा रहेका छन । घाईते […]
मन्त्रिपरिषद विस्तार गर्न नसकेको आरोप खेप्दै आएका प्रधानमन्त्री शेरबहादुर देउवाले करिब ३ महिनापछि शुक्रबार मन्त्रिपरिषदलाई पूर्णता दिएका छन् । २९ असारमा प्रधानमन्त्री बनेका नेपाली काँग्रेसका सभापति देउवाले ८८ दिनपछि मन्त्रिपरिषदलाई पूर्णता दिएका हुन् । २५ सदस्यीय मन्त्रिपरिषदमा नेपाली काँग्रेसबाट प्रधानमन्त्रीसहित १०, माओवादी केन्द्र ६, नेकपा एकीकृत समाजवादीबाट ५, जनता समाजवादी पार्टी (जसपा) ४ जना नियुक्त […]
काठमाडौं । शेरबहादुर देउवा मन्त्रिपरिषदमा नवनियुक्त १६ मन्त्री र दुई राज्यमन्त्रीले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शितलनिवासमा आयोजित कार्यक्रममा मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले र राज्यमन्त्रीहरुलाई प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ गराएका हुन् । नयाँ गठित मन्त्रिपरिषद्अनुसार शेरबहादुर देउवा प्रधानमन्त्री, बालकृष्ण खाँण गृह, ज्ञानेन्द्रबहादुर कार्की सञ्चार तथा सूचना प्रविधि, पम्फा भुसाल ऊर्जा, […]
गत असार २९ मा गठबन्धनको सरकार बनेपछि मन्त्री बन्ने भनेर लगातार सञ्चारमाध्यममा छाएका तीन जना नेताले अन्तत मन्त्री पद पाएनन् । चर्चामा रहेर पनि मन्त्री बन्नबाट बञ्चित भएकाहरुमा नेकपा एकीकृत समाजवादीका मेटमणी चौधरी, नेकपा माओवादी केन्द्रका हरिबोल गजुरेल र जनता समाजवादीका मोहम्मद इस्तियाक राई हुन् । गठबन्धनबीच मन्त्रालयको भागबण्डा र पार्टीका नेताहरुको आन्तरिक व्यवस्थापन नमिल्दा […]
काठमाडौँ — नेपालको राजनीतिक इतिहासमा शुक्रबारको संयोग अप्रिय हुने गरेको छ । यो शुक्रबार पनि त्यस्तै भयो । संविधानको रक्षा, विधि र पद्धतिको विरोधमा भएको आन्दोलन र सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले फेरि अर्को घात गरेका छन् । ८८ औं दिनसम्म मन्त्रिपरिषद् नै विस्तार गरेनन् । सर्वत्र विरोध भएपछि मन्त्रिपरिषद् विस्तार गर्न तयार […]
नेपालले सात महिनाअघि भारतसँग खरिद गरेको कोरोनाविरुद्धको कोभिशिल्ड खोप आउने निश्चित भएको छ । गत फागुनमा भारतसँग खरिद गरेको १० लाख मात्रा खोप भोलि नेपाल आइपुग्ने स्वास्थ्य सेवा विभागका उपेन्द्र ढुङ्गानाले जानकारी दिए । सरकारले भारतको सेरम इन्स्टिच्युटसँग २० लाख मात्रा खोप खरिदका लागि सम्झौता गरेर रकम पठाएको थियो । त्यसमध्ये १० लाख मात्रा खोप […]
नागरिक रैबार/बाजुरा२२असाेज। नेपाली काँग्रेस बाजुराकाे जिल्ला कार्यसमितिको मतगणना सम्पन्न पछि अहिले महाधिवेशन प्रतिनिधिहरूकाे मत गणना भईरहेकाे छ । जसमा अहिलेसम्म ६ सय मतगणना गरिएकाे निर्वाचन समितिले बताएकाे छ । निर्वाचनमा जिल्लाभरका १२ सय ५ जना प्रतिनिधिहरूले मतदान गरेका थिए । हेर्नुहाेस कसकाे कति मत छ । महाधिवेशन प्रतिनिधि प्रत्यक्ष ४ जना महिला समुह १. उमा […]