होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन ४, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • धनगढीबाट डोटीका लागि छुटेको बसमा टिकट काटेका १३ यात्रुलाई अत्तरियामा अलपत्र छाडियो
समाचार

धनगढीबाट डोटीका लागि छुटेको बसमा टिकट काटेका १३ यात्रुलाई अत्तरियामा अलपत्र छाडियो

  • नागरिक रैबार
धनगढीबाट डोटीका लागि छुटेको बसमा टिकट काटेका १३ यात्रुलाई अत्तरियामा अलपत्र छाडियो

धनगढी: धनगढीबाट डोटी लग्ने भन्दै यात्रुलाई बसाएको बसले अत्तरियामा अलपत्र छाडेर गएको छ। धनगढीबाट डोटीको अत्तरकाँडासम्म लैजाने भनेर १३ जना यात्रु बोकेकोे रिभर साइड यातायातको ना४ख ३६०७ नम्बरको बसले यात्रुलाई अत्तरियामा अलपत्र छोडेका हो।

बसले उनीहरुबाट ६ सय ५० का दरले टिकेट समेत काटेको एक यात्रुले बताए। आफूहरुले टिकट काटेको भएपनि बसले अत्तरियामै अलपत्र छाडेर सम्पर्कबिहीन भएको यात्रु नरेन्द्र बमले बताए। उनका अनुसार उक्त बसको सिटका लागि टिकट काटेको भएपनि अहिले सुन्दर सुदूरपश्चिम यातायातको बसले उभ्याएर लगिरहेको छ। ‘हामीले सिटका लागि टिकट काटेका थियौ‌। त्यो बसले अलपत्र छाडेर गएपछि रिभर साइड यातायातले अर्को बसमा हामीलाई बसाएर पठाएको छ,’ उनले भने, ‘तर उभिएर यात्रा गरिरहेका छौं, एकदमै सास्ती भइरहेको छ।’

यता प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख बामदेव गौतमले उक्त विषयमा बुझेर कारबाही गर्ने बताएका छन्। दिनेश खबरबाट साभार

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार