होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ २, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • जो चर्चामा रहे तर भएनन् मन्त्री
समाचार

जो चर्चामा रहे तर भएनन् मन्त्री

  • नागरिक रैबार
जो चर्चामा रहे तर भएनन् मन्त्री

गत असार २९ मा गठबन्धनको सरकार बनेपछि मन्त्री बन्ने भनेर लगातार सञ्चारमाध्यममा छाएका तीन जना नेताले अन्तत मन्त्री पद पाएनन् । चर्चामा रहेर पनि मन्त्री बन्नबाट बञ्चित भएकाहरुमा नेकपा एकीकृत समाजवादीका मेटमणी चौधरी, नेकपा माओवादी केन्द्रका हरिबोल गजुरेल र जनता समाजवादीका मोहम्मद इस्तियाक राई हुन् । गठबन्धनबीच मन्त्रालयको भागबण्डा र पार्टीका नेताहरुको आन्तरिक व्यवस्थापन नमिल्दा चर्चामा रहेका तीन पार्टीका तीन जना नेता चर्चामै सीमित बनेका हुन् ।

चर्चा एउटा, जिम्मेवारी अर्को

शुक्रबार प्रधानमन्त्री देउवाले मन्त्रिमण्डल विस्तार र कार्यविभाजन गर्दा यसअघि नेताहरुले पाउने मन्त्रालय पनि परिवर्तन भएको छ । जस्तो कि यसअघि नेकपा एकीकृत समाजवादी पार्टीकी रामकुमारी झाँक्रीले रक्षा, स्वास्थ्य तथा जनसंख्या र शिक्षा मन्त्रालय पाउने चर्चा भएको थियो । तर झाँक्रीले जिम्मेवारी पाउँदा सहरी विकास मन्त्रालय पाइन् । त्यस्तै समाजवादीकै विरोध खतिवडा स्वास्थ्य र सहरी विकासमा चर्चा भएपनि जिम्मेवारी स्वास्थ्य मन्त्रालयको पाएका छन् । उता पर्यटन मन्त्रालय पाउने चर्चा भएका प्रेम आलेले भने सोही मन्त्रालय पाएका छन् ।

विज्ञापन

 

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार