होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिम प्रदेशस्तरीय भलिबल प्रतियोगिताः को–को भए उत्कृष्ट खेलाडी ?
समाचार

सुदूरपश्चिम प्रदेशस्तरीय भलिबल प्रतियोगिताः को–को भए उत्कृष्ट खेलाडी ?

  • नागरिक रैबार
सुदूरपश्चिम प्रदेशस्तरीय भलिबल प्रतियोगिताः को–को भए उत्कृष्ट खेलाडी ?

धनगढी : धनगढीमा भएको प्रथम प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिता सम्पन्न भइसकेको छ। प्रतियोगितामा फाइनलमा डडेल्धुरालाई ३–० को सोझो सेटले पराजित गर्दै डोटी च्याम्पियन बनेको छ।

उपाधिसँगै डोटीले नगद एक लाख सहित ट्रफी पाएको छ भने डडेल्धुराले नगद ५० हजार सहित ट्रफीमा चित्त बुझाएको छ। यस्तै प्रतियोगिताको सेमिफाइनलसम्म पुग्ने दुई टीम कैलाली र कन्चनपुरले २५/२५ हजार नगद सहित ट्रफी पाएका छन्। विभिन्न ५ वटा विधाका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार दिइएको छ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडी डोटीका प्रसान्त साहु भए। त्यसैगरी कञ्चनपुरका सन्तोष महत्ता उत्कृष्ट ब्लकर, कैलालीका महेश खत्री उत्कृष्ट लिफ्टर, डडेल्धुराका वीरवहादुर विक उत्कृष्ट स्पाइकर र डोटीका अनिल जोशी उत्कृष्ट प्रशिक्षक भए।

प्रतियोगिताका विजयी खेलाडीहरुलाई एक समारोह बीच पुरस्कार वितरण गरिएको थियो। सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा भएको प्रतियोगिताको समापन समारोहका सभापति परिषदका सदस्य सचिव दिपकवहादुर सिंह रहेका थिए। कार्यक्रमका प्रमुख अतिथि सुदुरपश्चिम सरकारका सामाजिक विकास मन्त्री लालवहादुर खड्का र विशिष्ठ अतिथि आन्तरिक मामिला तथा कानुन मन्त्री पुर्णा जोशी रहेका थिए।

सुदूरपश्चिम खेलकुद परिषद्को वार्षिक कार्यक्रम अनुसार भएको प्रतियोगितामा प्रदेशका ९ वटै जिल्लाका टिमहरूको सहभागिता रहेको थियो। सुदूरपश्चिममै पहिलो पटक म्याटमा प्रतियोगिता सञ्चालन भएको हो। दिनेश खबरबाट साभार

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार