होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
बझाङ: बिहीवार दिउँसो बझाङको थलारा गाउँपालिका–९ छालागडास्थित सेती किनारमा एक हेलिकोप्टर ल्यान्ड भयो। स्थानीय जनप्रतिनिधि, प्रहरी तथा प्रशासनसँग समन्वय नगरेर पुगेको उक्त हेलिकोप्टरबारे सबैले चासो व्यक्त गरे। सेती नदी किनारमा उत्रिएको आधा घन्टापछि उक्त कैलाश हेलिकप्टर सर्भिसको ९ एन एजेजे नम्बरको हेलिकोप्टर फर्किएको थियो। भारतीय मूलका मानिसले सेती नदी अवलोकन गरेर फर्केको भनेर त्यहाँका वडाअध्यक्ष […]
धनगढी : मौलिक जरोकिलो पार्टी सुदूरपश्चिम प्रदेशले भारतले महाकाली नदीको बहाव नेपालतिर फर्काउने गरी तटबन्ध गरिरहेको प्रति गम्भीर आपत्ति जनाएको छ। शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो देशको सीमाना विस्तार गर्ने र नेपालको सीमामा बनाइएको तटबन्धमा क्षति पुर्याई सदरमुकाम लगायत नेपाली भूमि नै डुबाउने उद्देश्यले यस्तो कार्य गरिन लागिएको जनाउँदै सो कार्य तत्काल रोक्नका लागि […]
फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट नेपाली चलचित्र घरमा एक साउथ (दक्षिण भारतीय) सहित दुई फिल्म रिलिज भएको छ । फिल्म हुन् ‘आकाशे खेती’ र ‘राधे श्याम’ । ‘आकाशे’ नेपाली फिल्म हो, भने ‘राधे श्याम’ साउथ । यी दुबै फिल्मले राम्रो दर्शक पाउने अपेक्षा गरिएको छ । ‘आकाशे खेती’ : पुराना निर्देशक उदय सुब्बाको निर्देशन रहेको […]
पूर्वी रुकुमको एक ओडारभित्र लुकाई राखेको अवस्थामा करिब एक दर्जन थान सकेट बम फेला परेको छ । बिहीबार दिउँसो सिस्ने गाउँपालिका–२ को बुर्केसल्लास्थित ओडारमा गाई चराउन जानेहरूले बम जस्तो देखिने शंकास्पद वस्तु देखेका थिए । उनीहरुले गाउँपालिका–२ का वडाध्यक्ष जीवन केसीलाई खबर गरेका थिए । केसीले प्वाङ ईलाका प्रहरी कार्यालयलाई खबर गरेपछि प्रहरीले सकेट बम […]
लुक्ला — खुम्बु पासाङल्हामु गाउँपालिका–३ लुक्ला चौंरीखर्कका तेन्जिङ नोर्बु शेर्पा स्थानीय महेन्द्रज्योति माध्यमिक विद्यालयमा कक्षा ११ मा पढ्छन् । उनी काठमाडौंको निजी विद्यालयबाट एसईई पूरा गरेर आफ्नै गाउँको सामुदायिक विद्यालयमा भर्ना भएका हुन् । कक्षा ४ मा अध्ययनरत निमाजाङ्मु शेर्पा काठमाडौंमा ३ कक्षा उत्तीर्ण गरेर गाउँ फर्केकी हुन् । महेन्द्र ज्योतिमा मात्र यस्ता छात्रछात्रा भेटिँदैनन् । काठमाडौंको निजी विद्यालयमा […]
काठमाडौँ — वर्षौंदेखि राजनीतिक दाउपेचमा जेलिएको नागरिकता विधेयकलाई प्रतिनिधिसभाको चालु अधिवेशनबाटै पारित गराउन सरकारले गृहकार्य थालेको छ । केपी शर्मा ओली नेतृत्वकै तत्कालीन सरकारले नागरिकता समस्या समाधानका लागि अध्यादेश ल्याएकाले एमाले प्रक्रियाबाट नभाग्ने गठबन्धनका नेताहरूको दाबी छ । यद्यपि संसद्मा एमालेको अवरोध जारी छ । विधेयकमा नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई अंगीकृत नागरिकता दिँदा समयको सीमा राख्ने […]
काठमाडौं । ताप्लेजुङको फुङलिङ नगरपालिका–४ काप्चेमा आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ भने एक किशोरी घाइते भएकी छन् ।रविन आङबोहाङको घरमा आगलागी हुँदा सोही घरमा डेरा गरी बस्ने ६७ वर्षीया चुलिमाया लिम्बुको मृत्यु भएको हो । उनकी नातिनी १६ वर्षीया रेविना लिम्बु घाइते भएकी छन् । उनको अस्पतालमा उपचार जारी छ । जिल्ला प्रहरी […]
नागरिक रैबार/बाजुरा २६ फागुन। बाजुराको सदरमुकाम मार्तडीमा मोटर साईकलले ठक्कर दिदा एक बालिका घाइते भएकि छन् । घाईते हुनेमा बडीमालिका नगरपालिका वडा नं. ८ का कर्णबहादुर रावलकि वर्ष ६ कि सम्झना रावल रहेकी छिन् । विहिबार साँझतिर सदरमुकाम मार्तडीबाट कोल्टी तर्फ जाँदै गरेको सुप्रप ०१००८ प ७५४६ नम्बरको मोटर साईकलले ठक्कर दिदा बालिका घाईते भएको […]
सरकारले १५ वर्षमुनिका बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगामी चैत २५ गतेदेखि वैशाख १८ गतेसम्म एकै चरणमा देशैभर टाइफाइडविरुद्धको खोप दिने भएको हो । नेपालमा यसअघि नै टाइफाइडविरुद्धको खोप दिँदै आए पनि यस पटक अभियानकै रूपमा सञ्चालन गर्न लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । खोपका लागि स्वास्थ्यकर्मीलाई तालिम दिनेदेखि […]
धनगढी : सर्वाधिक धनराशीको पाँचौ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा फ्रेन्ड्स क्लब फाइनलमा प्रवेश गरेको छ। धनगढी रंगशालामा बिहीबार भएको दोस्रो सेमिफाइनलमा बागमती युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै ए डिभिजन क्लब फ्रेन्ड्स उपाधि नजिक पुगेको हो। फ्रेन्ड्सलाई जित दिलाउन जमोउल एन्थोनी फ्रान्कोईस र राजिब लोप्चनले एक/एक गोल गरे। बागमतीका ड्याडी वाम्बा जुनियरले […]
काठमाडौँ — निर्वाचन आयोगले स्थानीय तह निर्वाचन प्रयोजनका लागि ७९ दललाई मान्यता दिएको छ । आयोगको बिहीबार बसेको बैठकले ऋषि कट्टेल नेतृत्वको नेकपाबाहेक निवेदन दिएका अन्य सबै दललाई निर्वाचनमा भाग लिने मान्यता दिएको हो । आयोगमा १ सय १० दल दर्ता भए पनि वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि ८० दलले निवेदन दिएका […]
कर्णालीका सबै गाउँमा पानीको शुद्धता मापनका लागि कर्णाली प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले परीक्षणको काम सुरु गरेको छ । १० जिल्लाबाट आएका प्रतिनिधिलाई तालिम दिएर पानी शुद्धता मापन गर्ने (किट बक्स) उपकरणसहित १० जिल्लामा पठाएको हाे । विज्ञसहितको टिमले २४ फागुनदेखि फागुन २६ गतेसम्म तालिम दिएर कर्मचारी जिल्लामा पठाएको हो । १० जना कर्मचारीलाई […]
काठमाडौं । अमेरिकी अधिकारीले युक्रेनमा करिब ६ हजार रुसी सैनिक मारिएको हुन सक्ने बताएका छन् । सीबीएस न्युजसँगको कुराकानीमा अमेरिकी अधिकारीले युक्रेनमा ५ देखि ६ हजारसम्म रुसी सैनिक मारिएको हुन सक्ने बताएका हुन् । रुसले युक्रेनमा आक्रमण शुरु गरेयता १५ देखि १८ हजार रुसी सैनिक घाइते भएको हुन सक्ने अमेरिकी अधिकारीले बताएका छन् । आफ्नो […]
काठमाडौँ — अब सहकारी संस्थाहरुले पनि आफ्ना बचतकर्ता सदस्यलाई एटीएम कार्ड प्रदान गर्ने भएका छन् । बैंकहरूको एटीएमबाट पैसा झिक्न मिल्ने ‘को–ओप’ कार्ड सहकारीहरुले जारी गर्ने भएका हुन् । सहकारीको कार्ड भएकाले त्यसलाई अंग्रेजी छोटो नाममा ‘को–ओप’ कार्ड भनिएको हो । यसरी जारी हुने कार्ड चिपयुक्त र सुरक्षित हुने दावी गरिएको छ । सहकारीहरुलाई यस्तो […]
नागरिक रैबार/बाजुरा २६ फागुन। ११२ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा क्रियटर जोन एकेडेमी प्रालिले मार्तडीमा आयोजना गरेको महिला खुला भलिवल प्रतियोगितामा मालिका मावि प्रथम भएको छ । “सामाजिक न्याय र लैंगिक समानता, दिगो विकासको सुनिश्चितता“ भन्ने मुल नाराका साथ ११२औं अन्तरास्ट्रिय नारी दिवसको अवसरमा खुल्ला महिला भलिबल प्रतियोगितामा आयोजक क्रियटर जोन एकेडेमीसंग उत्कृष्ट खेल प्रर्दशन […]
निर्वाचन आयोगले आगामी स्थानीय तहको चुनावमा मतपत्रमा हरियो रङको चिन्ह बनाउने निर्णयको बचाउ गरेको छ । बिहीबार आयोगले गरेको नियमित पत्रकार सम्मेलनमा बोल्दै आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले चुनाव चिन्ह कस्तो बनाउने भन्ने कुरा आयोगको क्षेत्राधिकारको विषय भएको बताए । उनले प्राविधिक कारणले यस्तो निर्णय गरेको बताउँदै २०७४ सालको चुनावमा प्रयोग भएको रङ निलो रहेको र […]
स्थानीय तहको निर्वाचनमा पार्टीको चुनाव चिन्ह माग गर्दै ३७ वटा साना राजनीतिक दलहरुले थप आन्दोलन गर्ने चेतावनी दिएका छन् । संघर्ष समिति गठन गरेर आन्दोलन गर्दै आएका उनीहरुले बिहीबार काठमाडौमा पत्रकार सम्मेलन गर्दै आन्दोलनको चेतावनी दिएका हुन् । पत्रकार सम्मेलनमा स्थानीय निर्वाचन चिन्ह संघर्ष समितिले निर्वाचन आयोगले पार्टीको चुनाव चिन्ह नदिए सर्वोच्च अदालतसम्म जाने भन्दै […]
काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेकै अवस्थामा कुनै पनि पार्टीले बहुमत ल्याउन नसक्ने बताएका छन् । उनले सत्ता गठबन्धन दलहरूबीच गठबन्धन गरेरै चुनावमा प्रतिस्पर्धा गर्नेबारे छलफल भइरहेको बताए । ‘यही अवस्थामा कुनै पनि पार्टीले बहुमत ल्याएर सरकार बनाउन सक्दैन । सरकारका लागि गठबन्धन आवश्यक हुन्छ । हिजो एक्लै चुनाव लड्दा हाम्रो अवस्था के थियो ? […]
बैतडी –नेकपा एमालेबाट निर्वाचित शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुष्मा चन्दले नेपाली कांग्रेसमा प्रवेश गरेकी छिन् । गएको स्थानीय तहको निर्वाचनमा एमालेबाट निर्वाचित उपाध्यक्ष चन्दले बिहीबार कांग्रेसमा प्रवेश गरेकी हुन् । नेपाली कांग्रेसले शिवनाथको सुल्लेखानमा आयोजना गरेको आमसभामा चन्दले एमाले परित्याग गरेर कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेसका क्षेत्रीय सचिव धनबहादुर क्षेत्रीले बताए । चन्दलाई कांग्रेसका केन्द्रिय सह–महामन्त्री […]
नागरिक रैबार/बाजुरा २६ फागुन। जिल्लाको बुढीनन्दा नगरपालिकाका ३० जना जेष्ठ नागरिकलाई न्यानो लुगा वितरण गरिएको छ । नगर भित्रका ६० देखि ७० वर्ष माथि पुगेका ३० जना जेष्ठ नागरिकलाई चिसोबाट बच्न न्यानो लुगा वितरण गरिएको नगर उपप्रमुख श्रृष्टि रेग्मी बताएकि छन् । नगरपालिकाले आज एक कार्यक्रमका विच जेष्ठ नागरिकलाई न्यानो लुगा वितरण गरेको हो । […]