होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एमालेबाट निर्वाचित बैतडीको शिवनाथकी उपाध्यक्ष चन्द कांग्रेसमा प्रवेश
समाचार

एमालेबाट निर्वाचित बैतडीको शिवनाथकी उपाध्यक्ष चन्द कांग्रेसमा प्रवेश

  • नागरिक रैबार
एमालेबाट निर्वाचित बैतडीको शिवनाथकी उपाध्यक्ष चन्द कांग्रेसमा प्रवेश

बैतडी –नेकपा एमालेबाट निर्वाचित शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुष्मा चन्दले नेपाली कांग्रेसमा प्रवेश गरेकी छिन् । गएको स्थानीय तहको निर्वाचनमा एमालेबाट निर्वाचित उपाध्यक्ष चन्दले बिहीबार कांग्रेसमा प्रवेश गरेकी हुन् ।

नेपाली कांग्रेसले शिवनाथको सुल्लेखानमा आयोजना गरेको आमसभामा चन्दले एमाले परित्याग गरेर कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेसका क्षेत्रीय सचिव धनबहादुर क्षेत्रीले बताए ।

चन्दलाई कांग्रेसका केन्द्रिय सह–महामन्त्री बद्री पाण्डेयले सदस्यता दिएर पार्टीमा स्वागत गरेका छन् । यस्तै एमालेबाटै कार्यपालिका सदस्य भएका राजेन्द्र दयालले पनि एमाले परित्याग गरेर कांग्रेसमा प्रवेश गरेका छन् । उनलाई पनि सह–महामन्त्री पाण्डेयले पार्टीको सदस्यता वितरण गरेका छन् ।

विज्ञापन

तीनदिन अघि मात्रै एमालेले चन्दलाई पार्टीबाट कारवाही गरेर निष्कासन गरेको थियो । तर चन्दले भने एमालेलाई सामन्तवादीको संज्ञा दिएकी थिइन् । हिजो मात्रै उनले एक विज्ञप्ती जारी गर्दै आफूलाई सफाईको मौका समेत नदिएर पूर्वाग्रही ढंगले कारवाही गरेको आरोप लगाएकी थिइन् ।

May be an image of 5 people and people standing

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार