होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सहकारीहरूले पनि एटीएम कार्ड जारी गर्ने
समाचार

सहकारीहरूले पनि एटीएम कार्ड जारी गर्ने

  • नागरिक रैबार
सहकारीहरूले पनि एटीएम कार्ड जारी गर्ने

काठमाडौँ — अब सहकारी संस्थाहरुले पनि आफ्ना बचतकर्ता सदस्यलाई एटीएम कार्ड प्रदान गर्ने भएका छन् । बैंकहरूको एटीएमबाट पैसा झिक्न मिल्ने ‘को–ओप’ कार्ड सहकारीहरुले जारी गर्ने भएका हुन् । सहकारीको कार्ड भएकाले त्यसलाई अंग्रेजी छोटो नाममा ‘को–ओप’ कार्ड भनिएको हो ।

यसरी जारी हुने कार्ड चिपयुक्त र सुरक्षित हुने दावी गरिएको छ । सहकारीहरुलाई यस्तो कार्ड प्रदान गर्ने सम्बन्धमा राष्ट्रिय सहकारी बैंक, ग्लोबल आईएमई बैंक र स्मार्ट च्वाइस टेक्नोलोजी (एससीटी)बीच सम्झौता भइसकेको छ । सम्झौताअनुसार ग्लोबल आईएमईमार्फत ‘युनियन पे’ को कार्ड जारी हुनेछ भने पीएसओको रुपमा एससीटीले जिम्मेवारी लिने छ ।

कार्डबाट हुने भुक्तानीको राफसाफका लागि पहिले नै सहकारी बैंकमार्फत ग्लोबल आईएमईमा सहकारीहरुको पैसा जम्मा हुनेछ । जारी हुने कार्ड संख्याका आधारमा राफसाफ रकम जम्मा गर्नुपर्नेछ । तर कति कार्ड लिने सहकारीले कति रकम राफसाफका लागि छुट्याउने भन्नेबारे यकीन भइसकेकाे छैन । बैंकमार्फत राफसाफको प्रक्रिया पुरा हुने छ । राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रिकुमार गुरागाईंका अनुसार सहकारीहरुले कार्डका लागि आवेदन दिइसकेपछि सहकारी संयन्त्रको प्रभावकारी अनुगमन हुनेछ ।

विज्ञापन

‘सहकारीका संचालक, व्यवस्थापकीय टीमबारे बुझ्छौं, सहकारीमा जडान भएका सफ्टवेयर तथा सुरक्षाका विशेषता राम्ररी अध्ययन गर्छाैं, उचित भरपर्दाे नभएमा बनाउन लगाउँछौं, त्यसपछि विद्युतीय कारोबारको कार्यविधि संचालक समितिबाट पास गर्न लगाइन्छ’ गुरागाईंले भने । त्यहीं कार्यविधिका आधारमा सहकारीहरुलाई जिम्मेवार बनाएर मात्रै कार्डको व्यवस्था गरिने उनले बताए । कार्यविधिको नमुना भने सहकारी बैंकले नै तय गर्नेछ । सम्पूर्ण मापदण्ड पुरा भएपछि मात्रै सहकारीसँग कार्ड वितरणका लागि सम्झौता हुने उनले बताए ।

एकीकृत रुपमा धेरै ‘को–ओप’ कार्ड छपाई हुने भएकाले यसको लागत पनि घट्न जान्छ । सहकारीहरुले सो कार्डमा आफ्नो नाम तथा लोगो राख्न चाहेको खण्डमा थप लागत रकम भुक्तानी गरेर तयार गर्न सकिने उनले बताए । सहकारीहरुले कार्ड वितरण गर्दा नगद बैंकिङ प्रणालीमै पैसा आउने उनले बताए । ‘साँझ ५ बजेपछि भोलि बिहान १० नबजेसम्म सहकारीका बचतकर्ताले पैसा झिक्न नपाउने अवस्था छ, यसले गर्दा हाल घरमै नगद राखिरहन पनि कतिपयलाई बाध्यता छ’ उनले भने ।

अर्काेतर्फ सम्बद्ध सहकारीबाहेक अन्यन्त्र स्थानमा जाादा पनि नगद झिक्न नपाइने अवस्था छ । को–ओप कार्ड जारी भएपछि जहाासुकैबाट जुनसुकै बैंकका एटीएममार्फत बचतकर्ताले पैसा झिक्न पाउने, राम्रो ब्याज पाउने भएकाले घरमै पैसा राख्नुपर्ने बाध्यता हट्ने र औपचारिक क्षेत्रमा नगद आउने गुरागाईंको भनाइ छ । ‘सहकारीहरुले पनि आखिर पैसा बैंकमै राख्ने हो, अर्काेतर्फ को ओप कार्ड जारी भइसकेपछि निक्षेपमा जम्मा हुने रकम पनि बढ्न जान्छ ’ उनले भने । राष्ट्र बैंकको विद्युतीय भुक्तानीको सीमाभित्रै रहेर कार्डबाट बचतकर्ताले नगद झिक्न सक्नेछन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै