होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • युक्रेनमा ६ हजार रुसी सैनिक मारिएको अमेरिकाको अनुमान
समाचार

युक्रेनमा ६ हजार रुसी सैनिक मारिएको अमेरिकाको अनुमान

  • नागरिक रैबार
युक्रेनमा ६ हजार रुसी सैनिक मारिएको अमेरिकाको अनुमान

काठमाडौं । अमेरिकी अधिकारीले युक्रेनमा करिब ६ हजार रुसी सैनिक मारिएको हुन सक्ने बताएका छन् । सीबीएस न्युजसँगको कुराकानीमा अमेरिकी अधिकारीले युक्रेनमा ५ देखि ६ हजारसम्म रुसी सैनिक मारिएको हुन सक्ने बताएका हुन् ।

रुसले युक्रेनमा आक्रमण शुरु गरेयता १५ देखि १८ हजार रुसी सैनिक घाइते भएको हुन सक्ने अमेरिकी अधिकारीले बताएका छन् । आफ्नो नाम नबताउने शर्तमा ती अमेरिकी अधिकारीले यस्तो जानकारी दिएका हुन् । रुसले फेब्रुअरी २४ देखि निरन्तर युक्रेनमाथि आक्रमण गरिरहेको छ ।

युक्रेनले भने १२ हजार रुसी सैनिक मारिएको दाबी गरेको छ । गत साता रुसले भने ५ सयभन्दा कम रुसी सैनिक युद्धको क्रममा मारिएको बताएको थियो । युद्धको क्रममा दुवै पक्षले गर्ने यस किसिमका दाबी आधिकारिकरुपमा पुष्टि गर्नु कठिन हुन्छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार