होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढी : बैतडीमा बिहीबार भएको जीप दुर्घटनामा जीपका चालकले शिवनाथ गाउँपालिकाका कर्मचारी टंक पन्तले चलाउँदा दुर्घटना भएको बताएका छन्। जीप चालक वीरेन्द्र महताले मापसे गरेका पन्तले जबरजस्ती जीप चलाउँदा दुर्घटना भएको बताएका प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक वोधराज ओझाले चालक महताले सुल्लेखाल प्रहरी चौकीमा गाउँपालिकाका कर्मचारी पन्तले मापसे गरी जबरजस्ती […]
काठमाडौं । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको आचार संहिता आज मध्यरातिदेखि लागु हुँदैछ । आचार संहिता पालना गर्ने प्रतिबद्धता पत्रमा राजनीतिक दलहरुलाई हस्ताक्षर गराइसकेको निर्वाचन आयोगले आज मध्यरातिदेखि मतदानको दिनसम्म कार्यान्वयन गर्न लागेको हो । आचारसंहिता लागु भएपछि कुनै पनि दल वा उम्मेदवारको पक्षमा भड्किलो प्रचार प्रसार गर्न पाइँदैन । स्थानीय प्रशासनको […]
२५ चैत, महोत्तरी । महोत्तरीलगायत सम्पूर्ण मिथिलाञ्चलमा आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै चैतेछठ सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यो पर्व अन्तिम दिन आज बिहान तराईका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरिका जलाशयमा उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै धुमधामका साथ सम्पन्न भएको छ । चैते […]
काठमाडौं । नेपाल बार एशोसिएशनको अध्यक्षमा गोपालकृष्ण घिमिरेको जित सुनिश्चित भएको छ ।बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेसागत कानुन व्यवसायी समूहबाट अध्यक्षमा चुनाव लडेका घिमिरेले ३ हजार ७२८ मत पाइसकेका छन् । उनका प्रतिस्पर्धी विष्णुमणि अधिकारीले १ हजार ९ सय ७७ मत पाएका छन् । अब गणना हुन करिब १५ सय मत मात्र बाँकी भएकाले […]
धनगढी: सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीमा नेपाल टेलिकमको नेटवर्कले काम नगर्ने समस्या रहेको गुनासो बढ्दै गएको छ। विशेषगरी धनगढीको वडा नम्बर १६ र १७ मा नेपाल टेलिकमको नेटवर्कमा समस्या आउने गरेको स्थानीयले गुनासो गरेका हुन्। उपमहानगरको ग्रामीण क्षेत्रमा पर्ने रामपुर, बेहडाबाबा, भादा लगायतको गाउँमा तीब्र गतिको मोबाइल इन्टरेनट (फोरजी) सेवा उपभोग गर्न समस्या हुने […]
काठमाडौँ — निर्वाचन आयोगले ७१ निर्वाचन अधिकृतलाई हटाएर नयाँ अधिकृतहरू नियुक्त गरेको छ । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले यसअघि नियुक्त ७१ निर्वाचन अधिकृतहरूले विभिन्न कारण देखाएर काम गर्न नसक्ने निवेदन दिएपछि उनीहरूलाई हटाएर नयाँ नियुक्त गरिएको बताए । आयोगको बिहीबारको बैठकमा अर्यालले भने, ‘निर्वाचन सञ्चालन तथा व्यवस्थापनका लागि आयोगको निर्णयबमोजिम यसअघि तोकिएका निर्वाचन अधिकृतहरूमध्ये […]
काठमाडौं । नेपाल वायुसेवा निगमको जहाजभित्रै पसेर भिडियो रिपोर्टिङ गरेपछि अहिले पत्रकार ऋषि धमला विवादमा तानिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार भारत भ्रमणबाट फर्कने क्रममा धमला टेलिभिजनको क्यामरासहित जहाजभित्रै घुसेका थिए । धमलाको यस्तो कार्यलाई लिएर प्रेस काउन्सिलले स्पष्टीकरण सोधेको छ भने वायुसेवा सञ्चालक संघले समेत विरोध गरेको छ । सामाजिक सञ्जालमा समेत यसलाई […]
काठमाडौं । सरकारले चैत मसान्तभित्रमा सबै लक्षित समूह (१८ वर्षभन्दा माथि) लाई खोप लगाइसक्ने भनेको थियो । लक्ष्यअनुसार एक करोड ९९ लाख २२ हजारभन्दा बढीलाई चैत मसान्तभित्र खोप लगाउनु पर्ने छ । तर, हालसम्म ८२.८ प्रतिशतले पूर्ण मात्रा र ९३.७ प्रतिशतले कम्तीमा एक मात्रा खोप लगाइसकेका छन् । लक्ष्यमा पुग्न सरकारले अब एक हप्तामा ३४ […]
जुम्ला — यही चैत २६ गते कर्णालीमा तेस्रो पटक जुम्ला रारा अल्ट्रा म्याराथन हुने भएको छ । जुम्लालाई उच्च पर्वतीय खेलकुद प्रशिक्षण केन्द्रका रुपमा स्थापित गर्ने ध्येयले जुम्लामा निरन्तर जुम्ला रारा अल्ट्रा म्याराथन भइरहेको छ । कर्णाली स्पोर्ट्स क्लब जुम्लाको आयोजनामा हुन लागेको जुम्ला रारा अल्ट्रा म्याराथनको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले गर्ने भएका […]
मोहन वैद्य नेतृत्वको नेकपा(क्रान्तिकारी माओवादी)बाट विद्रोह गरी बनेको संयुक्त समाजवादी मोर्चा नेकपा (एकीकृत समाजवादी) मा समाहित भएको छ । नेकपा (क्रान्तिकारी माओवादी) परित्याग गरी सो पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का पूर्व केन्द्रीय अध्यक्ष तथा देशभक्त जनगणतान्त्रिक मोर्चाका केन्द्रीय सदस्य सेवन्तराज भण्डारीको नेतृत्वमा गठन भएको संयुक्त समाजवादी मोर्चा नेकपा (एकीकृत समाजवादी) मा समाहित भएको […]
काठमाडौं । दक्षिण भारतीय (साउथ) फिल्म निर्देशक एसएस राजामौलीले भारतीय बक्स अफिसमा कीर्तिमानको अर्को मानक कायम राखेका छन् । उनी निर्देशित ‘बाहुबली : द बिगिनिङ’ भारतीय बक्स अफिसमा सय करोड पार गर्ने पहिलो हिन्दी डब साउथ फिल्म थियो । राजामौली निर्देशित ‘बाहुबली : द कन्क्लुजन’ले ५०० करोड भारुभन्दा बढी कमाइसकेको छ । अब भने उनकै […]
काठमाडौं । अधिवक्ता गोविन्द बन्दीले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदको शपथ लिएका छन् ।राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार शीतलनिवासमा आयोजित समारोहमा बन्दीलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् । त्यसक्रममा प्रधानमन्त्री शेरबहादुर देउवालगायत उच्चपदस्थ व्यक्ति उपस्थित थिए । संसद् बाहिरबाट मन्त्री बनाइएका बन्दीले आजै कार्यभार सम्हाल्नेछन् ।
धनगढीः धनगढीमा डिएसएल क्लव क्रिकेट प्रतियोगिता हुने भएको छ। लिटल फ्लावर प्रीमियर लिगका ६ वटा संस्करण सफलतापुर्वक पुरा गरेको लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्स प्रा.लि. ले धनगढी सुपरलिग डिएसएल- १ काे आयोजना गर्न लागेको हाे। याे क्लब क्रिकेट प्रतियोगिता २०७९ बैशाख दोस्रो सातादेखि धनगढीमा संचालन हुनेछ। धनगढीलाई क्रिकेटमय बनाईराख्न र आफ्नो प्रतिभा देखाउन नियमित तयारीमा […]
जनकपुरधामा। चार महिनाअघि वैदेशिक रोजगारका लागि दुबई गएका मधेश प्रदेशका १० जना भन्दा धेरै युवा काम नपाएर अलपत्र परेका छन् । काम नपाउँदा कमाइ नभएर खान पनि समस्या भएको भन्दै उनीहरुले स्वदेश फर्काइदिन सहयोग मागेका छन् । ऋण लिएर परिवारको उज्ज्वल भविष्यको कामनासहित युनाइटेड अरब इमिरेट्सको दुबई गएका उनीहरु आफैं अलपत्र परेका हुन् । सिरहा, […]
काठमाडौं, २४ चैत । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको सिमकार्ड तथा रिमकार्ड बिक्री वितरणमा कडाइ गर्न सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ । प्राधिकरणले आज एक सूचना जारी गरी सो निर्देशन दिएको हो । सेवा प्रदायक कम्पनीले सिमकार्ड बिक्रीवितरण गर्दा भर्नुपर्ने फारम रीतपूर्वक नभराएको तथा कागजात रुजु नगरी सिमकार्ड बिक्री वितरण गरेकोे भन्ने गुनासो आएकाले […]
काठमाडौं । अभिनेत्री सुष्मा कार्की सामाजिक सञ्जालबाट पूर्ण रुपमा बाहिरिएकी छन् । उनी सामाजिक सञ्जालबाट टाढा हुँदैछिन् भन्ने प्रमाण उनले भेरिफाइड पेज नै बिक्री गरेबाट पुष्टि हुन्छ । नौ लाखभन्दा बढी लाइक भएको प्रमाणित पेज नै उनले बिक्री गरिदिएकी छन् । यतिसम्मकी भेरिफाइड इन्स्टाग्रामबाट सबै तस्वीर डिलेट गरेकी छन् । फेसबुकले आधिकारिक खाताको रुपमा पुष्टि […]
नागरिक रैबार/बाजुरा २४ चैत्र।नेकपा एमाले बुढीनन्दा नगरपालिकामा मेयरमा जनक कुमार बोहराको एकल उम्मेदवारी परेको छ । बुढीनन्दा नगरपालिकाको मेयरमा नेकपा एमालेको तर्फबाट नेकपा एमाले बाजुरा जिल्ला कमिटी उप- सचिव समेत रहेको बोहराको एकल उम्मेदवारी परेको हो । नेकपा एमाले बुढीनन्दा नगर कमिटिले बोहरालाई मेयरमा सर्वसम्मत तरिकाले उम्मेदवारी बनाएको हो । ०७४ को स्थानिय तहको निर्वाचनमा […]
नागरिक रैबार/बाजुरा २४ चैत्र। नेपाली काँग्रेस साँस्कृतिक समन्वय प्रचार-प्रसार उपसमितिको केन्द्रिय सदस्यमा बाजुराका तपेन्द्र विश्वकर्मा मनोनित भएका छन् । नेपाली काँग्रेसका पार्टी प्रवक्ता डा.प्रकाश सरण महतको संयोजकत्वमा मिती २०७८ चैत्र २२ गते बसेको बैठकको निणर्य अनुसार बाजुराको बडीमालिका नगरपालिका ७ सीराडी घर भएका विक समेत मनोनित भएका हुन् । नेपाली काँग्रेस साँस्कृतिक समन्वय प्रचार-प्रसार उपसमिति […]
प्रधानमन्त्री शेरबहादुर देउवाले टाइफाइडविरुद्ध बालबालिकालाई दिइन लागिएको खोपको उद्घाटन गरेका छन् । रानीपोखरीस्थित दरबार हाइस्कूलमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री देउवाले खोप अभियानको उद्घाटन गरेका हुन् । आजदेखि सुरु भएको खोप अभियान आगामी वैशाख २५ गतेसम्म चल्नेछ । यो अभियानको क्रममा १५ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई दिइनेछ । बालबालिकालाई शुक्रबारदेखि खोप दिइँदैछ । नेपालमा […]
काठमाडौं, चैत २४ । दाङकी सात वर्षीया बालिका अनिता चौधरी २०६३ को माघीको अघिल्लो दिन पुस ३० गते बुवा–आमाको पछि लागेर रमाइलो हेर्न छिमेकी गाउँ लागिन्। अनिताले बाटैमा कलम जस्तो लाग्ने वस्तु भेट्टाइन् । असीम खुसीसाथ कलम भनेर टिपेको वस्तु एक्कासि विस्फोट भयो । त्यस घटनामा घाइते भएकी अनिताले दायाँ हात गुमाउनु प-यो । त्यस्तै […]