होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढीः ‘तेस्रो सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७८’ लाई सुदूरपश्चिमाञ्चल एकेडेमीले मुख्य प्रायोजन गरेको छ। धनगढीमा रहेको निजि क्षेत्रको प्रतिष्ठित क्याम्पस सुदूरपश्चिमाञ्चल एकेडेमी ९एसपिए० ले मुख्य प्रायोजन गरेसँगै अवार्डको नाम एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड रहने भएको छ। देशकै सर्वाधिक धनराशीको एसपिए कप क्रिकेट प्रतियोगिता आयोजना गरिसकेको कलेजले खेलकुद क्षेत्रमा पनि अग्रसर हुदैं आएको छ। बर्षेनी एसपिए महिला […]
धनगढीः अदालतमा बयान बदल्ने २२ वर्षीया महिलालाई दैलेख जिल्ला अदालतले तीन महिना कैद र पाँच हजार रुपैयाँ जरिमाना गरेको छ। प्रहरीमा आफैले दिएको उजुरीको बेहोरा विपरीत अदालतमा उजुरीकर्ता महिलाले बयान फेरेकी थिइन। उनले गाउँको रिसइबीले उजुरी दिएको भनी बयान बदलेकाले उल्टै उनलाई सजाय भएको हो। जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासले बिहीवार यस्तो सजाय सुनाएको थियो […]
नागरिक रैबार/बाजुरा १८ चैत्र। जिल्ला अस्पताल बाजुरामा आजबाट दुईदिने निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय, राजपुर डोटीको आयोजना र नेपालगंज मेडिकल कलेज कोहलपुरको प्राविधिक सहयोगमा उक्त शिविर आजबाट जिल्ला अस्पताल बाजुरामा संचालन गरिएको हो । शिविरमा नाक, कान र घाँटी सम्वन्धि निःशुल्क शल्यक्रिया तथा छनौट शिविर संचालन हुने भएको जिल्ला अस्पताल […]
काठमाडाैं । अझै तीन दिन मौसम सफा नहुने भएको छ । भारतको विहार आसपासमा रहेको न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण देशका धेरैजसो स्थानमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् मञ्जु वासीले बताइन् । उक्त प्रणालीको प्रभावले प्रदेश नं १ लगायत बागमती र […]
, काठमाडौं । लगानी बोर्डले सूर्यतारा सिमेन्ट परियोजना निर्माण, सञ्चालन एवम् व्यवस्थापनका लागि १४ अर्ब २७ करोड ५० लाख बराबरको लगानी स्वीकृत गरेको छ। प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष शेरबहादुर देउवाको अध्यक्षतामा बसेको लगानी बोर्डको ५० औं बैठकले लगानी स्वीकृत गरेको हो । सूर्यतारा सिमेन्ट उद्योग सुर्खेतको पञ्चपुरमी स्थापना हुने छ । यस्तै बैठकले नवलपरासीको […]
प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीन दिने औपचारिक भ्रमणको सिलसिलामा आज नयाँदिल्ली प्रस्थान गर्दैछन् । देउवा देशको पाँचौ पटक प्रधानमन्त्री भएपछि उनले गर्न लागेको यो पहिलो भारत भ्रमण हो । नेपालको प्रधानमन्त्रीले पछिल्लो चार वर्षमा गर्न लागेको यो भारतको पहिलो भ्रमण पनि हो । भारत भ्रमणको नाममा यसपटक प्रधानमन्त्री देउवाले तीनवटा परम्परालाई तोडेका छन् । उनले […]
अफगानिस्तानको मानवीय अवस्थालाई मूल्याङ्कन गर्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले अफगानिस्तानमा ९० लाख मानिस भोकमरीको जोखिममा रहेको बताएका छन्। गुटरेसले ट्वीटरमा लेखेका छन्– ‘अफगानिस्तानको अर्थतन्त्र ध्वस्त भएको र संयुक्त राष्ट्रसंघ र यसका साझेदारहरूले जीवन बचाउने सहायता प्रदान गर्न जारी राख्नका लागि दाताहरूलाई सहयोगका निम्ति आह्वान गरेका छन्।’ विगतका महिनाहरूमा अफगानिस्तानमा मानवीय अवस्था डरलाग्दो रूपमा बिग्रिएको […]
धनगढी : डोटीमा माटोको ढिस्कोले पुरिएर एक किशोरको मृत्यु भएको छ। बिहीबार केआईसिंह गाउँपालिका-४ कारीगाउँका १३ वर्षीय दिनेश विकको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार घर पोत्नका लागि माटो लिन गएका उनी माटो खन्ने क्रममा माटोको ढिस्कोमा पुरिएर घाइते भएका थिए। नजिकैको अस्पतालमा उपचारका लागि लगिएका उनको उपचारकै […]
प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीन दिने औपचारिक भ्रमणको सिलसिलामा आज त्यसतर्फ प्रस्थान गर्दैछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा उनी भारत जान लागेका हुन् । प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल नेपाल वायुसेवा निगमको नियमित उडानबाट दिउँसो १ः२५ बजे नयाँदिल्ली प्रस्थान गर्नेछ भने सोही एयरलाइन्सबाट यही चैत २० गते साँझ ६ः१० स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ […]
काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । जात्राको अवसरमा आज काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिइएको छ ।नेपाली सेनाका तर्फबाट आजै टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गरिन्छ । टुँडिखेलमा नेपाली सेनाले आयोजना गर्ने विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति लगायतका विशिष्ट व्यक्तित्वहरुको सहभागीता रहने छ । जनविश्वासअनुसार टुँडिखेलको […]
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राप्रपाका महामन्त्री धवल शम्शेर राणाबीच भेटवार्ता भएको छ ।नेपालगञ्जको स्नेहा होटलमा बिहीबार राति ओली र राणाबीच भेटवार्ता भएको हो । भेटमा समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको थियो । अध्यक्ष ओली र महामन्त्री राणाबीच समसामयिक राजनीतिक परिस्थिति र वैशाखमा हुने स्थानीय तहको निर्वाचन लगायतका विषयमा छलफल भएको […]
नागरिक रैबार/बाजुरा १७ चैत्र। नेपाली काँग्रेस बाजुराको चुनावी सभा मार्तडीमा सम्पन्न भएको छ । घर-घर जाऔं काँग्रेस जिताऔं भन्ने मुल नाराका साथ नेपाली काँग्रेस बाजुराले विहिबार दोस्रो पटक जिल्ला स्तरीय चुनावी सभाको आयोजना गरेको थियो । चुवानी सभालाई सम्बोधन गर्ने सवै नेताहरुले आगामी बैशाख ३० गतेको चुनावमा काँग्रेसलाई देशकै ठुलो पार्टी बनाउन सवै जनताले लाग्नु […]
काठमाडौं । चैत १४ गते कपिलवस्तुमा आयोजित नेकपा एमालेको सभामा बोल्दै अभिनेत्री करिश्मा मानन्धले आफ्नो न्वानरको नाम सुर्जेकुमारी भएको बताइन् । उनको यो अभिव्यक्तिले राम्रै चर्चा बटुल्यो । राजनीतिक वृत्तदेखि फिल्म नगरीसम्म करिश्माको कपिलवस्तु कथनलाई लिएर गसिप बने । कतिपयले उनको यो भनाइलाई लिएर व्यंग्य समेत गरे । कतिपयले करिश्माको छातीमा खोपिएको ट्याटुलाई लिएर सामाजिक […]
काठमडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा आफूहरुले २०० पालिका प्रमुखमा जित हासिल गर्ने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित राजनीतिक प्रशिक्षण कार्यक्रममा उनले स्थानीय तह निर्वाचनमा वामपन्थी दलहरुमध्ये आफूहरु पहिलो हुने दावी गरे । गठबन्धन भएमा एमालेले १६० पालिका जित्ने उहाँहरुकै अध्यन रिपोर्ट छ । बाहिर ७० […]
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जानु अघिल्लो दिन सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्यो । चुनावी तालेमलबारे छलफल बोलाइएको बैठकमा सत्तारुढ दलका नेताहरुले भारत भ्रमणको एजेण्डाबारे चासो राखेका थिए । नेकपा एकीकृत समाजवादी नेता झलनाथ खनाल, नेकपा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले एजेण्डा राखेर सुझाव दिन आग्रह गरेका […]
नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज कर्णालीका जिल्लाहरुको दौडमा छन् । उनी सिम्रिक एअरको हेलिकप्टरमा विहान नौ बजे दैलेखको दुल्लुमा दुल्लु नगर कमिटीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गरेर जुम्ला गइसकेका छन् । दुल्लुमा सम्बोधन गर्दै उनले दैलेख जनताको सुख, दुःखमा एमाले साथमा रहेको बताए । ओलीले भने, ‘एमाले हिजो पनि विकास […]
, काठमाडौं । सत्तारुढ दलहरुले स्थानीय तह चुनावमा एकतावद्ध भएर जाने निर्णय गरेका छन् । प्रधानमन्त्री निवास वालुवाटारमा बसेको बैठकले चुनावमा मिलेर जाने सहमति गरेको हो । बैठकले महानगरपालिकाको उम्मेद्वारीबारे निर्णय केन्द्रबाटै गर्ने र अन्यका लागि निर्णय गर्न अधिकार तल्ला तहमा दिने निर्णय पनि बैठकले गरेको नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले जानकारी दिए । […]
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले १० वर्षभित्रमा नेपाललाई एसियाकै सम्पन्न देश बनाउने लक्ष्यका साथ सरकार अघि बढेको बताएका छन् । बिहीबार रिपोर्टस क्लब नेपालको २४ औं वार्षिकोत्सव कार्यक्रममा मन्त्री कार्कीले १० वर्षभित्रमा नेपाललाई एसियाकै सम्पन्न देश बनाउने लक्ष्यका साथ सरकार अघि बढेकाले यसमा सबैको साथ र सहयोग आवश्यक रहने बताए । सरकार प्रेस स्वतन्त्रता, […]
जंगीअड्डाले ठूलो संख्यामा सैन्य पदमा स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । जंगीअड्डा भर्ना छनोट निर्देशनालयले बिहीबार सार्वजनिक सूचना जारी गरेर सैन्य पदको ४ हजार सिटका लागि दरखास्त आह्वान गरेको हो । खुलातर्फ २ हजार ९८ सिट छ भने समावेशीतर्फ महिला, आदिवासीरजनजाती, मधेसी, दलित र पिछडिएको क्षेत्रलाई छुट्टै कोटा छ । जसअनुसार महिलामा ३५८, […]
अछामको पञ्चदेवल विनायक नगरपालिका–५ ल्याटीमा बुधबार बेलुकी ट्रयाक्टर पल्टीएर च्यापिदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय अन्दाजी २४ बर्षीय भुपेन्द्र शाही रहेका छन् । ट्रयाक्टरले च्यापिएका शाहीलाई जेसिबिको मद्धतले उद्धार गरि उपचारको लागी जिल्ला अस्पताल मंगलसेन पठाइएकोमा उपचारकै क्रममा उनको राती साढे १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । पञ्चदेवल विनायकबाट खाद्यान्न […]