होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सामाजिक सञ्जालबाट बाहिरिइन् सुष्मा कार्की, भेरिफाइड पेज बिक्री
समाचार

सामाजिक सञ्जालबाट बाहिरिइन् सुष्मा कार्की, भेरिफाइड पेज बिक्री

  • नागरिक रैबार
सामाजिक सञ्जालबाट बाहिरिइन् सुष्मा कार्की, भेरिफाइड पेज बिक्री

काठमाडौं । अभिनेत्री सुष्मा कार्की सामाजिक सञ्जालबाट पूर्ण रुपमा बाहिरिएकी छन् । उनी सामाजिक सञ्जालबाट टाढा हुँदैछिन् भन्ने प्रमाण उनले भेरिफाइड पेज नै बिक्री गरेबाट पुष्टि हुन्छ ।

नौ लाखभन्दा बढी लाइक भएको प्रमाणित पेज नै उनले बिक्री गरिदिएकी छन् । यतिसम्मकी भेरिफाइड इन्स्टाग्रामबाट सबै तस्वीर डिलेट गरेकी छन् ।

फेसबुकले आधिकारिक खाताको रुपमा पुष्टि गरेको उनको फेसबुक पेज र युजरनेम परिवर्तन भएपनि भेरिफाइड ब्याज चाहिं हटेको छैन । यसबारे कुरा गर्दा सुष्माले आफ्नो भेरिफाइड पेज अरुको चासोको विषय बन्न नसक्ने जवाफ दिएकी छन् ।

विज्ञापन

फेसबुक पेजमा तस्वीर राख्दा नेगेटिभ कमेन्ट बढी आउन थालेपछि उक्त पेज अरुलाई नै दिएको सुष्माको भनाइ । ‘म अहिले पूर्णरुपमा सामाजिक सञ्जालबाट बाहिर छु,’ उनले भनिन् ।

५७ हजार फलोअर्स रहेको इन्स्टाग्रामबाट सुष्माले सबै तस्वीर हटाएकी छन् । तर इन्स्टामा उनको भेरिफाइड एकाउन्ट कायमै छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार