होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, जेष्ठ १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिमको राजधानीमै चल्दैन नेपाल टेलिकमको ‘फोरजी’ सेवा
समाचार

सुदूरपश्चिमको राजधानीमै चल्दैन नेपाल टेलिकमको ‘फोरजी’ सेवा

  • नागरिक रैबार
सुदूरपश्चिमको राजधानीमै चल्दैन नेपाल टेलिकमको ‘फोरजी’ सेवा

धनगढी: सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीमा नेपाल टेलिकमको नेटवर्कले काम नगर्ने समस्या रहेको गुनासो बढ्दै गएको छ। विशेषगरी धनगढीको वडा नम्बर १६ र १७ मा नेपाल टेलिकमको नेटवर्कमा समस्या आउने गरेको स्थानीयले गुनासो गरेका हुन्। उपमहानगरको ग्रामीण क्षेत्रमा पर्ने रामपुर, बेहडाबाबा, भादा लगायतको गाउँमा तीब्र गतिको मोबाइल इन्टरेनट (फोरजी) सेवा उपभोग गर्न समस्या हुने गरेको छ। इन्टरनेट सेवा मात्रै नभएर फोन सेवामा पनि बेलाबेलामा समस्या आउने गरेको वडा नम्बर १६ का स्थानीय वीरेन्द्र बुढाले  बताए।

‘उपमहानगको वडा नम्बर १६ र १७ का केही बस्तीमा राम्रोसँग इन्टरनेट नचल्दा अनलाइनबाट गर्नुपर्ने काम गर्न समस्या हुने गरेको छ’ उनले भने, ‘बेहडाबाबा मन्दिरमा भारतबाटसमेत भक्तजन आउने गरेका छन्। तर मन्दिर परिसरसहित थुप्रै टोल तथा बस्तीमा नेटवर्क नहुँदा नेटको प्रयोगबाट हुने काम गर्न घसिटा जानुपर्ने बाध्यता छ।’

वडा नम्बर १७ को धुर्जन्नामा नेपाल टेलिकमको टावर निर्माण भइरहेको तथा एक महिनाभित्रै तिव्र गतिको इन्टरनेट सेवा सर्वसाधारणले प्रयोग गर्न पाउने नेपाल टेलिकम धनगढी शाखाले बताएको छ। वडा नम्बर १६ र १७ को विभिन्न ठाउँमा टावर रहेको भए पनि बीचमा जङ्गल क्षेत्र रहेकोले नेटवर्कमा समस्या आउने गरेको नेपाल टेलिकम धनगढी कार्यालका प्रमुख सुरतबहादुर मल्लले बताए। ‘धुर्जन्नामा वैशाख अन्तिम सातासम्म टावर बनिसक्छ। वैशाखपछि समस्या हुँदैन’ उनले भने।

विज्ञापन

वडा नम्बर १६ मा रहेको पर्यटकीय एवं धार्मिक क्षेत्र बेहडाबाबा मन्दिर प्राङ्गणमै टेलिकमको नेटवर्कमा समस्या छ। भारत तथा नेपालको विभिन्न ठाउँबाट आउने भक्तजनले मन्दिर क्षेत्रमा नेटवर्क नहुँदा समस्या भएको बताउने गरेका छन्।

वडाका अन्य टोल तथा बस्तीमा पनि नेटवर्क नहुँदा सामाजिक सञ्जाल तथा अन्य विभिद पक्षसँग जोडिन नपाएको स्थानीयको गुनासो छ। तर बुधबार नै स्थानीयको गुनासो आएपछि त्यो क्षेत्रमा रहेका नेपाल टेलिकमको टावरमा थप उपकरण जोड्ने काम भएको र इन्टरनेट सेवा दीर्घकालसम्मका लागि सहज भएको नेपाल टेलिकम धनगढी शाखा प्रमुख मल्लले बताए। ‘बुधबार गुनासो आउनासाथ हामीले टावरलाई अप्टिमाइज गरेका छौँ, उनले भने, ‘त्यसपछि त्यो क्षेत्रमा नेटवर्को समस्या हटेको छ।’

वडा नम्बर १६ र १७ का स्थानीयले कच्ची सडक, खानेपानी तथा नदीमा पुल नबन्दा उपमहानगरपालिकामा भए पनि दुर्गम बस्तीको जस्तै नियति भोग्नु परेको गुनासो गरेका छन्। गुनासो गर्ना साथ टेलिकमको नेटवर्कले काम गरेजस्तै सडक, खानेपानी, तटबन्ध जस्ता पूर्वाधारको विकास हुनुपर्ने माग उनीहरुले गरेका छन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार