होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, जेष्ठ ४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ७१ निर्वाचन अधिकृत हटाएर नयाँ नियुक्ति
समाचार

७१ निर्वाचन अधिकृत हटाएर नयाँ नियुक्ति

  • नागरिक रैबार
७१ निर्वाचन अधिकृत हटाएर नयाँ नियुक्ति

काठमाडौँ — निर्वाचन आयोगले ७१ निर्वाचन अधिकृतलाई हटाएर नयाँ अधिकृतहरू नियुक्त गरेको छ । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले यसअघि नियुक्त ७१ निर्वाचन अधिकृतहरूले विभिन्न कारण देखाएर काम गर्न नसक्ने निवेदन दिएपछि उनीहरूलाई हटाएर नयाँ नियुक्त गरिएको बताए ।

आयोगको बिहीबारको बैठकमा अर्यालले भने, ‘निर्वाचन सञ्चालन तथा व्यवस्थापनका लागि आयोगको निर्णयबमोजिम यसअघि तोकिएका निर्वाचन अधिकृतहरूमध्ये चैत २३ को निर्णयअनुसार ७१ जना निर्वाचन अधिकृतहरूलाई विभिन्न कारणले जिम्मेवारी बहन गर्न नसक्ने भएको हुनाले हटाएर ७१ जनालाई नयाँ नियुक्त गरिएको छ ।’

अर्यालले नयाँ ७१ जनालाई यसअघि आएका नामबाट नै छनोट गरिएको जानकारी दिए । उनले अब सबै तहमा निर्वाचन अधिकृत पदपूर्ति भएको जानकारी दिए । उनले निर्वाचन अधिकृतका लागि प्रशिक्षण प्रदान गर्नेहरूलाई प्रशिक्षण दिइएको बताए ।

विज्ञापन

यसबीचमा राजनीतिक दलहरूले आचारसंहिता प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेको अर्यालले बताए । उनले एमालेले केही विषयमा अस्पष्टता जाहेर गर्दै पत्र बुझाएको पनि जानकारी दिए । ‘एमालेले आचारसंहितामा केही स्पष्ट हुने विषय छ भन्ने कुरा लिखित रूपमा आयोगमा पेस गरेको छ । स्पष्ट भइसकेपछि हस्ताक्षर गर्नुहुनेछ,’ उनले भने ।

एमालेका महासचिव शंकर पोखरेललगायतले पार्टीको तर्फबाट आचारसंहितामा रहेका आफ्ना असहमति ६ बुँदामा राखेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार