होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख २५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • पति ऋषिको बचाउमा उत्रिइन् एलिजा !
समाचार

पति ऋषिको बचाउमा उत्रिइन् एलिजा !

  • नागरिक रैबार
पति ऋषिको बचाउमा उत्रिइन् एलिजा !

काठमाडौं । नेपाल वायुसेवा निगमको जहाजभित्रै पसेर भिडियो रिपोर्टिङ गरेपछि अहिले पत्रकार ऋषि धमला विवादमा तानिएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार भारत भ्रमणबाट फर्कने क्रममा धमला टेलिभिजनको क्यामरासहित जहाजभित्रै घुसेका थिए । धमलाको यस्तो कार्यलाई लिएर प्रेस काउन्सिलले स्पष्टीकरण सोधेको छ भने वायुसेवा सञ्चालक संघले समेत विरोध गरेको छ । सामाजिक सञ्जालमा समेत यसलाई लिएर तीव्र बहस भइरहेको छ ।

यसैबीच, धमला पत्नी तथा अभिनेत्री एलिजा गौतम पतिको बचाउमा उत्रिएकी छन् । फेसबुकमा अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले जहाजभित्र पत्रकारलाई अन्तर्वार्ता दिंदै गरेको तस्वीर सेयर गर्दै उनले धमलाको प्रतिरक्षा गरेकी हुन् ।

विज्ञापन

एलिजा लेख्छिन्, ‘हवाई यात्रामा रहेका राष्ट्रपति, प्रधानमन्त्रीसँग हवाईजहाजभित्रै पत्रकारले अन्तर्वार्ता लिन खोज्नु अन्तर्राष्ट्रिय प्रचलन हो । जहाजभित्र इन्टरभ्यु लिने दिने सायद नेपालका लागि नौलो देखिएको होला । तर संसारका लागि नौलो चाहिं होइन ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार