होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढीः बझाङमा पौडी खेल्ने क्रममा डुबेर एक किशोरको मृत्यु भएको छ। जिल्ला सदरमुकाम चैनपुरस्थित बाहुलीगाडमा पौडी खेल्ने क्रममा डुबेर किशोरको मृत्यु भएको हो। प्रहरीका अनुसार डुबेर बित्थड चिर गाउँपालिका ४ का १८ वर्षीय कमल बोहराको मृत्यु भएको हो। दिउसो ४ बजेतिर उनको ज्यान गएको प्रहरीले जनाएको छ। यसअघि पनि बाहुलीगाडमा डुबेर एक जनाको मृत्यु भएको […]
बझाङः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी स्थानीय तह निर्वाचनमा आफ्नो पार्टी एक्लैले बहुमत ल्याउने बताएका छन्। बझाङ सदरमुकाममा आयोजित चुनावी सभालाई सम्बोधनका क्रममा उनले पाँचै दल मिलेर आए पनि एमाले नडराउने बताए। उनले पाँच दललाई बाख्राको संज्ञा दिए। ‘पाँचवटा बाख्रा एक ठाउँमा भए पनि भैंसी जत्रो हुँदैन, ‘उनले भने, ‘उहाँहरु एमालेसँग चुनाव लड्न […]
नागरिक रैबार/बाजुरा २८ चैत्र। नेकपा एमाले जिल्ला कमिटी बाजुराको तेस्रो पूर्ण बैठकले नयाँ ३ जनालाई जिल्ला कमिटी सदस्यमा मनोनित गरेको छ । सोमबार सदरमुकाम मार्तडीस्थित पार्टी कार्यालयमा बसेको एमाले बाजुराको तेस्रो पूर्ण बैठकबाट बडीमािलका नगरपालिकाका जंग विक, स्वामीकार्तिक खापर गाउँपालिकाका दिलिप शाही र त्रिवेणी नगरपालिकाका खड्क साउँदलाई जिल्ला कमिटी सदस्यमा मनोनित गरेको एमाले बाजुराका प्रचार […]
काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सोमबार एक राउण्ड गोलीसहित एक युवती पक्राउ परेकी छन् । मलेसिया हुँदै जापान जान लागेकी तनहुँकी २७ वर्षीया सोबिता नेपालीलाई प्रहरीले सोमबार पक्राउ गरेको हो । प्रहरीका अनुसार तनहुँको भानु नगरपालिका ७ की स्थायी बासिन्दा नेपालीको झोला जाँचको क्रममा मनीपर्सभित्र के एफ १३५.५६ लेखिएको गोली फेला परेको हुँदा आवश्यक अनुसन्धानका […]
काठमाडौं । ‘क्याप्टेन मार्भल’ अभिनेत्री ब्राय लार्सन बहुप्रतीक्षित हलिउड सिक्वेल ‘फास्ट एण्ड फ्युरियस-१०’मा अनुबन्धित भएकी छन् । इन्स्टाग्राममा आफू र लार्सनसहितको तस्वीर सेयर गर्दै निर्माता तथा अभिनेता भिन डिजेलले लेखेका छन्, ‘परिवारमा स्वागत छ ब्राय ।’ तर फिल्ममा लार्सनको भूमिकाबारे केही खुलाइएको छैन । फ्यानलाई आश्चर्यमा पार्दै डिजेलले लार्सनको अनुबन्धनबारेको समाचार सार्वजनिक गरेका हुन् । […]
बझाङः आसन्न स्थानीय तहको निर्वाचनकेन्द्रित आमसभालाई सम्बोधन गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार बझाङ आउँदै छन्। एमाले बझाङले आयोजना गर्ने चुनावीसभालाई सम्बोधन गर्न अध्यक्ष ओली यहाँ आउन लागेका हुन्। बझाङ सदरमुकाममा हुने कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको नेकपा एमाले बझाङका अध्यक्ष अफिलाल ओखेडाले बताए । ओली हेलिकप्टरमार्फत आउन लागेको उनले […]
काठमाडौं, २८ चैत्र । सर्वोच्च अदालतले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन रोक्न माग गर्दै दायर गरेको रिट आज स्थगितको सुचीमा राखेको छ ।जनप्रतिनिधीको समयअवधि ५ वर्ष सम्म भएको र पुरै समय काम गर्न पाउनुपर्छ भन्दै पर्साको मैनापुर गाउँपालिकाका अध्यक्ष विजयकुमार चौरसियाले सर्वोच्चमा दायर गरेको रिट सोमबारको पेसी सुचीबाट हटेको हो । चौरासियाले […]
स्थानीय तह निर्वाचनमा देशैभर तालमेल गर्न सत्तागठबन्धनका शीर्ष नेताले अपिल गरेका छन्।आज बालुवाटारमा बसेको गठबन्धन बैठकपछि जारी विज्ञप्तिमा वैशाखमा हुने स्थानीय चुनावमा देशैभर गठबन्धन गर्न अपिल गरिएको छ।‘देशैभर ठाउँ र अवस्थाअनुसार चुनावी तालमेल मिलाएर चुनावमा आपसी सहकार्य र परस्पर सहयोगको भावनाले अगाडि बढ्न पाँच दलका सम्पूर्ण साथीहरूलाई आह्वान गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा, […]
नागरिक रैबार/बाजुरा २८ चैत्र। नेकपा एमाले बडीमालिका नगर कमिटीले बडीमालिकाको मेयर पदको उम्मेदवारीका लागि अमर खड्कालाई सिफारिस गरेको छ । एमाले बडीमालिका नगर कमिटिको बैठकले एमाले बाजुराका संगठन विभाग प्रमुख समेत रहेका खड्कालाई बडीमालिकाको मेयरको उम्मेदवारीमा सिफारिस गरेको नगर कमिटी अध्यक्ष धर्मराज पाध्यायले बताएका छन । अध्यक्ष पाध्यायका अनुसार बडीमालिकाको उपमेयर पदको उम्मेदवारका लागि ३ […]
काठमाडौँ — नेपाली कांग्रेसका नेता शशांक कोइरालाले निर्वाचन आयोमा बुझाएको चुनावी खर्च बाझिएको छ । ७४ को निर्वाचनमा चुनाव खर्च २१ लख ७५ हजार खर्च विवरण बुझाएपनि उनले शनिबार एक सार्वजनिक कार्यक्रममा ६ करोड खर्च भएको बताएका दिए । सञ्चारमाध्यममा आएको कोइरालाको दाबी र आयोगमा बुझाएको चुनाव खर्च विवरणमा तालमेल नभएपछि आयोगले यसबारे ध्यानाकर्षण गराउने […]
धनगढी । नेकपा (एकीकृत समाजवादी) पार्टीबाट सुदूरपश्चिम प्रदेशको तत्कालीन आर्थिक मामिलामन्त्री रहेका तारा लामा तामाङले मन्त्रिपरिषद् हेरफेरमा असन्तुष्टि जनाएका छन् । मन्त्रिपरिषद् हेरफेर गर्दा गठबन्धनमा आवद्ध नेपाली कांग्रेसले समेत आफूले जिम्मेवारी सम्हालिरहेको मन्त्रालय मागेको अवस्थामा जानकारी समेत नदिएर विनाकारण पदबाट हटाइएको भन्दै उनले असन्तुष्टि जनाएका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुुकमा, ‘सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिमण्डल […]
धनगढी । कैलालीमा घरायसी विवादका क्रममा एक महिलाले श्रीमानको हत्या गरेकी छन् । कैलालीको मोहन्याल गाउँपालिका–१ की ३२ वर्षीया फूमा थापा मगरले ४३ वर्षीय श्रीमान नारायण थापामगरको हँसियले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले बताए । ‘सोमबार बिहान इलाका प्रहरी कार्यालय पण्डौनमा मैले श्रीमानको हत्या गरे भन्दै फूमा […]
नागरिक रैबार/बाजुरा २८ चैत्र। आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको सुरक्षार्थका लागि छनौट भएका म्यादी प्रहरीहरुको तालिम आजबाट सूरु भएको छ । स्थानीय तह निर्वाचनको सुरक्षाका लागि छनोट भएका ६ सय ७५ जना म्यादी प्रहरीको तालिम आजबाट सूरु गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख डिएसपी चर्तुभुज ओझाले बताएका छन् । डिएसपी ओझाका […]
दोस्रो हाफमा तीन वटा पेनाल्टी पाएको लेभान्टेलाई हराउँदै बार्सिलोनाले स्पेनिस लालिगामा रोमाञ्चक जित हात पारेको छ।इन्ज्युरी समयको अन्तिम मिनेटमा लुक डि जोङले गोल गरेपछि क्याटलान क्लब बार्सिलोनाले घरेलु टोली लेभान्टेमाथि ३-२ को रोमाञ्चक पूनरागमन जित निकालेको छ। भ्यालेन्सियामा आइतबार राति भएको खेलमा बार्सिलोनालाई जिताउन लुक डि जोङ, पिएरे इमरिक औवामियाङ र पेड्रीले गोल गरे। घरेलु […]
नेपाली सेनाले विभिन्न निकायका पदमा दरखास्त आह्वान गरेको छ । सैनिक कल्याणकारी कोषको लगानीमा सञ्चालित विभिन्न निकायका रिक्त पदहरुमा सेनाले दरखास्त आह्वान गरेको हो । सोमबार प्रकाशित सूचनाअनुसार सैनिक कल्याणकारी महानिर्देशनालय, चिकित्साशास्त्र महाविद्यालय, कृषि विज्ञान संस्थान, सैनिक आवासीय विद्यालय, सैनिक महाविद्यालय, नेपाली सेना सुपथ मूल्य क्यान्टिनलगायतका निकायमा दरखास्त आह्वान भएको हो । खुला प्रतिस्पर्धाद्वारा करारमा […]
राँझा (बाँके) । नेपालगञ्जको बिपी चोक नजिक आइतबार राति कारले ठक्कर दिंदा तीन जना पैदलयात्रीको मृत्यु भएको छ । प्रदेश ३-०१-२३ च ८४८१ नम्बरको कारले ठक्कर दिंदा नेपालगञ्ज उपमहानगरपालिका- ११ निवासी ६५ वर्षीया समिना इद्रिसी, पाँच वर्षीय कसिम इद्रिसी र अलि इद्रिसीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक हिमालय शाहले जानकारी […]
काठमाडौं । ‘तीनपाते’ गीतबाट चर्चामा आएका गायक सुजन चापागाईं आफ्नो नयाँ गीत ‘घुमी घुमी’ लिएर आएका छन् । लोक फ्युजन शैलीको यो गीत उनले शनिबार आफ्नो युट्युब च्यानलमा रिलिज गरेका हुन् । म्युजिकल फिल्म भनिएको १७ मिनेट २८ सेकेण्ड लामो गीतलाई हर्क साउदले लेखेका हुन् भने सुजन र शान्तिश्री परियारले स्वर भरेका छन् । सुजनकै […]
सप्तरी । आसन्न स्थानीय तह निर्वाचनको प्रचारप्रसार र उम्मेदवार छनौटको तयारीमा राजनीतिक दल आन्तरिक तयारीमा छन्। ३० वैशाखमा देशभर स्थानीय तहको निर्वाचन हुँदै छ। आउँदो ११ वैशाखमा उम्मेदवार मनोनयन दर्ता गर्ने चुनावी कार्यतालिका छ। जस कारण राजनीतिक दलहरू उम्मेदवार चयनदेखि घोषणपत्र बनाउनेसम्मको काममा व्यस्त छन्। राजनीतिक दल र तिनका नेतालाई मात्र होइन आमनागरिकलाई पनि चुनावी […]
धनगढीः धनगढीमा हुने तेस्रो ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७८’ को तयारी अन्तिम चरणमा पुगेको छ। २९ गते धनगढीको रिद्धिसिद्धि पार्टी प्यालेसमा हुने अवार्डको तयारी अन्तिम चरणमा पुगेको हो। मनोनयमनमा परेका खेलाडी र प्रशिक्षक धनगढी आउने क्रम सुरु भएको आयोजक खेलकुद पत्रकार मञ्च कैलालीका महासचिव तथा कार्यक्रमका संयोजक प्रदीप पाठकले बताए। उनका अनुसार २९ गते दिउसो […]
काठमाडौं, २७ चैत्र । चुनावको मुखमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निर्वाचन आयोगमा किन छिर्यो ? यसको वास्तविकता विस्तारै खुल्न थालेको छ । विप्लवको दलका नेता प्रकाण्ड आयोग छिरेर स्थानीय चुनावमा भाग लिने वातावरण बनाइदिन भनेलगत्तै सत्ता पक्षसँग भित्र भित्र वार्ता हुन थालेको छ । निर्वाचन आयोगले चुनवाी प्रक्रिया बढिसकेको नमिल्ने बताइदियो । […]