होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, जेष्ठ ७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • देशैभर चुनावी तालमेल गर्न गठबन्धनका शीर्ष नेताले जारी गरे अपिल
समाचार

देशैभर चुनावी तालमेल गर्न गठबन्धनका शीर्ष नेताले जारी गरे अपिल

  • नागरिक रैबार
देशैभर चुनावी तालमेल गर्न गठबन्धनका शीर्ष नेताले जारी गरे अपिल

स्थानीय तह निर्वाचनमा देशैभर तालमेल गर्न सत्तागठबन्धनका शीर्ष नेताले अपिल गरेका छन्।आज बालुवाटारमा बसेको गठबन्धन बैठकपछि जारी विज्ञप्तिमा वैशाखमा हुने स्थानीय चुनावमा देशैभर गठबन्धन गर्न अपिल गरिएको छ।‘देशैभर ठाउँ र अवस्थाअनुसार चुनावी तालमेल मिलाएर चुनावमा आपसी सहकार्य र परस्पर सहयोगको भावनाले अगाडि बढ्न पाँच दलका सम्पूर्ण साथीहरूलाई आह्वान गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल, जसपा नेता अशोक राई र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले चुनावी तालमेलको अपिलमा हस्ताक्षर गरेका छन्।

उनीहरूले पाँचदलीय गठबन्धनका उम्मेदवारलाई मत दिएर जिताउनसमेत अपिल गरेका छन्। साथै उनीहरूले विगतका मतभेदलाई पन्छाउँदै अघि बढ्न पनि आग्रह गरेका छन्।वैशाख ३० मा हुने स्थानीय चुनावमा तालमेल गरेर जाने निर्णयसमेत उनीहरूको छ।

विज्ञापन

यस्तो छ अपिल:

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार