होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ — शिक्षक सेवा आयोगले माध्यमिक तहका लागि सञ्चालन गरेको खुला पदपूर्तिको सामान्य परीक्षामा १२ प्रतिशत मात्रै उत्तीर्ण भएका छन् । परीक्षामा ३२ हजार ९७ जना सहभागी भएकामा ३ हजार ८ सय ८६ जनाले मात्रै सय पूर्णांकमा ५० अंक ल्याएका हुन् । सामान्य परीक्षामा उत्तीर्णले मात्र दोस्रो चरणको विषयगत परीक्षामा सहभागी हुन पाउने व्यवस्था छ । आयोगले मावि […]
महेन्द्रनगर । कञ्चनपुरमा नेकपा माओवादी केन्द्रका कार्यकर्ताबाट नेकपा एमालेका कार्यकर्ता कुटिएका छन् । भीमदत्त नगरपालिका–१९ बागफाँटामा एमालेका स्थानीय कार्यकर्ता अञ्जु चौधरी र राजेन्द्रप्रसाद अवस्थी कुटिएका एमालेको कञ्चनपुर जिल्ला कमिटीका उपसचिव कर्णबहादुर चन्दले बताए । उनका अनुसार अञ्जुको टाउको र छातीमा चोट लागेको छ भने अवस्थीको पनि छातीमा चोट लागेको छ । नेकपा माओवादी केन्द्र र […]
काठमाडौं । वीपी राजमार्ग अन्तर्गत काभ्रेको रोशी गाउँपालिका-११ मा तीर्थ यात्रु सवार बस र जीप एकआपसमा ठोक्किंदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य १८ जना घाइते भएका छन् । काठमाडौंबाट भारत तर्फ जाँदै गरेको तीर्थ यात्रु सवार यूपी ५८३८१८१ नम्बरको बस र सिन्धुलीबाट काठमाडौं तर्फ आइरहेको ना १ ज ४२१० नम्बरको जीप […]
आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मतदानको मिति आउन नौ दिनमात्र बाँकी छ । निर्वाचनलाई मध्यनजर गर्दै आयोगले आफ्नो तयारीलाई तीव्र पारेको छ । मतपत्र छाप्नेदेखि ढुवानी र उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिसकेको आयोगले अन्य बाँकी आन्तरिक तयारीलाई समेत तीव्र बनाएको जनाएको छ । स्वच्छ र निष्पक्ष रुपमा निर्वाचन सम्पन्न गर्ने आयोगको […]
म्यादी प्रहरीको पोशाक लगाएर भाइरल भिडियो बनाउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तु बाणगंगा नगरपालिका–४ का १६ वर्षीय नवराज रेग्मी रहेका छन् । कपिलवस्तु घर भएका उनलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
धनकुटा — भर्खरै उच्च शिक्षा सकेकी २५ वर्षीया सुमिना तामाङ धनकुटा नगरपालिकाको प्रमुखको उम्मेदवार बनेकी छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले उनलाई उम्मेदवार अघि सारेको हो । पढाइपछि जागिर वा रोजगारको खोजीमा जुट्ने अधिकांश युवा पुस्ता भन्दा फरक रोजाइमा छिन् तामाङ । अबको राजनीति युवा पुस्ताले थाम्नु पर्ने भएकोले आफू सक्रिय राजनीतिमा प्रवेश गरेको उनी बताउँछिन् […]
नागरिक रैबार बाजुरा २१ बैशाख । आशन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बाजुरामा बदर मतको संख्या कम गर्न नमुना मतदान कार्यक्रम गरिएको छ । जिल्ला निर्वाचन कार्यालय बाजुराले मतदाता शिक्षा कार्यक्रम अन्तरगत बडीमालिका नगरपालिका ९ मा रहेको मालिका नमुना माविको मतदान केन्द्रमा नमुना मतदान कार्यक्रम गरेको हो । यस अघि ०७४ को स्थानीय […]
काठमाडौं । नेपाल टेलिकमका आधाभन्दा बढी मोबाइल डेटाका प्रयोगकर्ता थ्रीजीमै आश्रित रहेको देखिएको छ । गत माघ २०७८ सम्मको विवरणका आधारमा नेपाल दूरसञ्चार प्राधिकरणले हालै सार्वजनिक गरेको ‘एमआईएस प्रतिवेदन’का अनुसार टेलिकमका १ करोड ९३ लाख डेटा प्रयोगकर्तामध्ये ९९ लाख ९५ हजार प्रयोगकर्ता थ्रीजीमै छन् । टेलिकमको फोरजी प्रयोगकर्ताको संख्या ९३ लाख ०८ हजार पुगेको छ […]
चितवन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले चितवनका कांग्रेसका नेता–कार्यकर्ताले राजनीतिक लगानी र भविष्यबारे चिन्ता लिनु नपर्ने बताएका छन् । चितवनमा कांग्रेस भित्र बढेको असन्तुष्टि मिलाउन चितवन आएका केन्द्रीय सदस्य भण्डारीले भरतपुरमा प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा बोल्दै भरतपुरलाई केन्द्रबाट विशेष प्राथमिकतामा साथ हेरिएकाले गठबन्धनको पक्षमा लाग्न आग्रह गरे । गठबन्धनप्रति कांग्रेस […]
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका विद्रोही नेताहरूको भेलाले महासचिवबाट विप्लवलाई हटाएको छ । चितवनको पर्सामा बुधबार सुरु भएको विद्रोही पक्षको राष्ट्रिय भेलाले महासचिवको जिम्मेवारीबाट विप्लवलाई हटाउँदै पार्टीबाटै निश्कासन गरेको हो । केन्द्रीय सदस्य गुणराज लोहनीले विप्लवलाई पार्टीबाटै निष्कासन गरिएको र खड्गबहादुर विश्वकर्मा प्रकाण्ड प्रवक्ताको जिम्मेवारीबाट हटाएको जानकारी दिए । भेलाले धर्मेन्द्र […]
कञ्चनपुर: यहि वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कञ्चनपुरमा रोचक भिडन्त हुने भएको छ। जहाँ श्रीमान–श्रीमती नै फरक–फरक पार्टीबाट चुनावी मैदानमा उत्रिएका छन्। दोधारा चाँदनी नगरपालिकाको वडा नम्बर ७ मा वडासदस्य पदमा श्रीमान सन्दीप उपाध्याय र श्रीमती कमला उपाध्याय उठेका छन्। सन्दिप नेकपा एमाले र कमला नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बनेकी हुन्। सन्दीप खुला […]
धनगढीः चितवनस्थित रत्नगरमा वडा अध्यक्षको टिकट खोसिएपछि कांग्रेस कार्यकर्ता विरोधमा उत्रिएका छन्। सत्ता गठबन्धन दलबीच भागबन्डा गर्दा वडा नम्बर १२ को उम्मेदवार रहेकी कांग्रेसकी उम्मेदवार अनिता अर्यालको टिकट खोसेर माओादी केन्द्रलाई दिएपछि कांग्रेस नेता कार्यकर्ता आक्रोशित बनेका हुन्। अर्यालको टिकट खोसेपछि माओवादीका सुन्दरमणि सुवेदीलाई उम्मेदवार बनाइएको छ। उनीहरुले पार्टी कार्यालय तोडफोड गरेका छन्। आक्रोशित कार्यकर्ताले […]
काठमाडौं : भारतीय कांग्रेस आईका नेता राहुल गान्धी नेपाल भ्रमणका लागि काठमाडौं आएका छन्। उनी भिस्तार एयरलाइन्सको विमानबाट सोमबार काठमाडौं आइपुगेको प्रहरी स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार उनी नक्सालस्थित मेरियट होटलमा बसेका छन्। उनी नितान्त घुमघामका लागि नेपाल आएको बताइएको छ।
काठमाडौं । स्थानीय चुनाव आउन १२ दिन बाँकी रहँदा निर्वाचन आयोगले आइतबार सामाजिक सञ्जाल प्रयोगकर्ताहरूका निम्ति नगद पुरस्कारसहितको प्रतियोगिता आह्वान गरेको छ । आयोगको सूचनामा भनिएको छ ‘…आयोगले तयार पारेको सन्देशमूलक भिडियोहरूलाई टिकटक बनाई वा पहिलेकै स्वरुपमा २०७९ वैशाख २९ गतेभित्र फेसबुक, यूट्युब, टिकटकलगायत सामाजिक सञ्जालमा पोस्ट गर्ने, सेयर गर्ने र २०, ३० र ५० […]
नागरिक रैबार/बाजुरा १९ बैशाख । आशन्न स्थानीय तहको निर्वाचनको मिति नजिकिएसंगै बाजुराका राजनीतिक दलहरु यतिबेला मतदातासंग भेटघाटमा व्यस्त देखिन्छन् । विभिन्न पार्टीबाट टिकट पाएका उम्मेदवारहरु यतिखेर जनताको घरदैलोमा पुगेर आफ्नो पक्षमा मतदान गर्न जनतासंग अपिल गरिरहेका छन् । नेकपा एमालले पनि अहिले जिल्लाभर उम्मेदवारहरुलाई लिएर घरदैलो अभियान गरिरहेको छ । सोही क्रममा आज एमाले खप्तड […]
निर्वाचन आयोगले देशभर विभिन्न पदमा ३५३ जना उम्मेदवार निर्विरोध निर्वाचितभएको जानकारी दिएको छ । सोमबारको पत्रकार सम्मेलनमा निर्वाचन आयोगले सो जानकारी दिएको हो । यस्तै ७५३ स्थानीयतहमध्ये ६ हजार ७४३ दलित महिला सदस्यको उम्मेदवारी परेको र विभिन्न स्थानीय तहमा १७० वटा महिला सदस्य पदमा मनोनयन दर्ता नभएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । […]
काठमाडौं । कोरोना संक्रमण दर बढ्न थालेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सतर्कता अपनाउन आग्रह गरेको छ ।पछिल्लो समय भारतमा कोरोना संक्रमणको दर बढ्न थालेको र नेपालमा पनि फैलिन सक्ने भन्दै मन्त्रालयले सतर्कता अपनाउन भनेको हो ।मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले कोरोना संक्रमण दर कम भएसँगै आम सर्वसाधारणले स्वास्थ्यका मापदण्ड पालना गर्न छोडेको अब मापदण्ड पालना […]
काठमाडौं । काठमाडौं चःमतीकी सलिना महर्जनले मिस नेवाः नेपाल ११४२ को उपाधि जितेकी छन् । नेप्लिज फेसन होमद्वारा प्रज्ञा प्रतिष्ठानमा आयोजित प्रतियोगिताको १६ औं संस्करणमा १८ प्रतिस्पर्धीलाई पछि पार्दै उनले ताज चुमेकी हुन् । मुख्य निर्णायक गैरआवासीय नेपाली संघ बेलायतका पूर्वअध्यक्ष अशोकबाबु श्रेष्ठले काठमाडौं महानगरपालिकाको मेयर हुनलाई तपाईंमा के-के गुण हुन जरुरी छ भनेर प्रश्न […]
अभिनेत्री केकी अधिकारी अमेरिका उडेकी छन् । विवाह भएको एकसातामै उनी अमेरिका उडेकी हुन् । रोहित तिवारीसँग बिवाह गरेकी उनी अमेरिका भने एक्लै उडेकी छन् । उनको साथमा अभिनेत्री तथा कार्यक्रम प्रस्तोता रीमा विश्वकर्मासँगै छिन् । उनी ‘मेरो डान्स कप यूएसए’ नामक टीभी रियालिटी शो’को निर्णायक बन्न अमेरिका उडेको बताइएको छ । रीमा उक्त कार्यक्रमको […]
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले नेपालको पहाडी भूभागमा पर्यटक आकर्षित गर्न केवलकार परियोजनालाई प्राथमिकता दिन सुझाव दिएको छ । सोमबार अर्थमन्त्री जनार्दन शर्मालाई बजेट सम्बन्धी सुझाव दिँदै महासंघले यस्तो बताएको हो । नेपालको ६८ प्रतिशत भूभाग रहेको नेपालमा केवलकार परियोजनालाई विशेष प्याकेजको व्यवस्था गर्नुपर्ने सुझावमा उल्लेख छ । महासंघले २००, ५०० र २००० रुपैयाँका […]