होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
पाल्पामा माध्यमिक शिक्षा परीक्षा (एसइई) मा १२७ परीक्षार्थी अनुपस्थित भएका छन् । नियमिततर्फ छात्रा ४६ र छात्र ५६ गरी १०२, ग्रेडवृद्धितर्फ छात्रा १२ र छात्र १३ गरी २५ जना अनुपस्थित भएको शिक्षा विकास तथा समन्वय एकाइका सूचना अधिकारी बमबहादुर थापाले जानकारी दिए । परीक्षामा जिल्लामा १३६ विद्यालयका परीक्षार्थी परीक्षामा सहभागी भएका छन् । यहाँ परीक्षामा […]
काठमाडौं, वैशाख १० । निर्वाचन आयोगले राजनीतिक दलहरूलाई प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिकतर्फ नाम भई स्थानीय तहमा उम्मेदवार हुन चाहने व्यक्तिको नाम बन्दसूचीबाट हटाउन तीन दिनको समयसीमा तोकेको छ । आयोगले वैशाख १० गतेभित्र उक्त सूचीबाट नाम फिर्ता लिन राजनीतिक दलहरूलाई समयसीमा तोकेको हो । स्थानीय तहको निर्वाचनको उम्मेदवारी दर्ता वैशाख ११ र १२ […]
काठमाडौँ — सत्तारूढ पाँच दलले केन्द्रमा गरेको चुनावी गठबन्धनविरुद्ध केही जिल्लामा स्थानीय नेताहरू विपक्षमा उभिएका छन् । भरतपुर, पोखरा र वीरगन्ज महानगर तथा हेटौंडा र जनकपुर उपमहानगर प्रमुखको उम्मेदवारी छाडेको भन्दै कांग्रेस कार्यकर्ताले बागी उठ्नेदेखि पार्टी छाड्नेसम्मको चेतावनी दिइरहेका छन् । भरतपुर महानगरपालिकाको प्रमुख माओवादीलाई दिएकामा असन्तुष्ट कांग्रेस नेता–कार्यकर्ताले चितवन जिल्ला सभापति राजेश्वर खनालको कार्यकक्षमा शुक्रबार ताला […]
वैशाख, कर्णाली (सुर्खेत) । जुम्लाको तिला गाउँपालिका-३ कुडारी सार्कीवाडा गाउँमा शुक्रबार राति आगलागी हुँदा चार बालबालिकाको मृत्यु भएको छ ।आगलागीबाट मानसिं सार्कीका दुई छोरी, एक छोरा र एक भान्जीको मृत्यु भएको हो । मृत्यु हुनेमा सार्कीका छोरीहरू ११ वर्षीया अनु र तीन वर्षीया दर्शना तथा एक वर्षीय छोरा दीपेश र भान्जी १४ वर्षीया तिर्सना सार्की […]
जुम्लामा घरमा आगलागी हुँदा चार बालवालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार तिला गाउँपालिका–३ कुडारीस्थित सार्कीवाडामा मानसिंह सार्कीको घरमा आगलागी भएको हो। आगलागीमा परि मानसिंहका दुई छोरी, एक छोरा र भान्जीको मृत्यु भएको हो। मानसिंहका छोरीहरु ११ वर्षीया अनु सार्की र तीन वर्षीया दर्शना सार्की र एक वर्षीय छोरा दीपेश सार्कीको मृत्यु भएको […]
काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचनमा आवश्यक परे निजी क्षेत्रको समेत हेलिकप्टर प्रयोग गर्ने भएको छ । गृह मन्त्रालयले यही वैशाख ३० गते देशभर एकैसाथ हुन लागेको स्थानीय तहको निर्वाचनको सुरक्षा व्यवस्था मिलाउन आवश्यक परे निजी क्षेत्रको हेलिकप्टरसमेत प्रयोग गर्ने भएको हो । गृह मन्त्रालयमा आज सरकारका प्रतिनिधि र वायुसेवा सञ्चालक सङ्घमा आबद्ध विभिन्न एयरलाइन्सका […]
नागरिक रैबार/बाजुरा १० बैशाख। नेकपा एमाले खप्तड क्षेडेदह गाउँपालिकाले चुनावी प्रतिवद्वता सार्वजनिक गरेकाे छ । खप्तड क्षेडेदह गाउँपालिकामा हाम्राे उम्मेदवारी, सामाजिक न्याय समानता र समृद्धिकाे जिम्मेवारी भन्ने मुल नाराका साथ एमाले खप्तड क्षेडेदह गाउँपालिकाले आफ्नो चुनावी प्रतिवद्वता पत्र सार्वजनिक गरेकाे हाे । एमाले खप्तड क्षेडेदह गाउँ कमिटीले पालिकाकाे केन्द्र डाेगडीमा बैशाख ३० गते हुने स्थानीय […]
चितवन । जिल्लाको भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले पदबाट राजीनामा दिएकी छन् । मेयर दाहालले शुक्रबार (आज) उपमेयर पार्वती शाह ठकुरीलाई राजीनामा बुझाएकी हुन् । उपमेयर ठकुरीले उनको राजीनामा स्वीकृत गरेकी छन् । यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा सत्ता गठबन्धनकातर्फबाट मेयरको उम्मेदवार बन्नका लागि दाहालले आफ्नो पदबाट राजीनामा दिएकी हुन् । निर्वाचन आयोगले […]
नागरिक रैबार ९ बैशाख। बाजुराका मुख्य निर्वाचन अधिकृत मानवीय जिल्ला न्यायधिस माधव प्रसाद घिमिरेले आगामी बैशाख ३० गते हुने स्थानीय तहकाे निर्वाचनमा निर्बाचन आचारसंहिताको पुर्ण रुपमा पालना गर्न निर्देशन दिनु भएकाे छ । शुक्रबार सदरमुकाम मार्तडीमा निर्वाचन लाई लक्षित गरेर आयाेजना गरेकाे कार्यक्रममा मुख्य निर्वाचन अधिकृत घिमिरेले निर्बाचानलाई भयरबित बनाउन र निर्वाचन आचार संहिताकाे पूर्ण […]
बलिउड सुपरस्टार सलमान खान १२ जेठमा नेपाल आउने भएको छन् । १४ जेठमा ‘दबंग टु नेपाल(रिलोडेड’ कार्यक्रममा सहभागी हुन बलिउड सुपरस्टार खान दुई दिन अघि नै नेपाल आउने भएका हुन् । १२ जेठ साँझ काठमाडौं ओर्लने खानले १३ जेठमा पर्यटनमन्त्री प्रेमबहादुर आलेसँग माउन्ट फ्लाइट गर्नेछन् भने सोही दिन सगरमाथा क्षेत्रमा ब्रेक्रफास्टसमेत गर्ने कार्यतालिका बनाइएको आयोजक […]
नेकपा (एमाले)ले स्थानीय तहको निर्वाचनका लागि आज घोषणापत्र सार्वजनिक गर्दैछ । च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा दिउँसो १ बजेपछि हुने कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गर्ने भएका हुन् । पार्टीको नीति तथा अनुसन्धान प्रतिष्ठान र स्थानीय विकास विभागले विभिन्न चरणमा छलफल गरेर घोषणापत्र तयार गरेका हुन् । घोषणापत्र सार्वजनिक गरेपछि अध्यक्ष ओलीले […]
चितवन । राष्ट्रपति विद्यादेवी भण्डारी आज चितवन आउँदै छिन् । नेपाल फर्मा एक्स्पो, २०२२ को उद्घाटनका लागि उनी चितवन आउन लागेकी हुन् । नेपाल औषधि उत्पादक संघले चितवन प्रदर्शनी केन्द्रमा एक्स्पो गर्न लागेको हो । संघका उपाध्यक्ष एवं मिडिया संयोजक सन्तोष बरालले राष्ट्रपति भण्डारी दिउँसो १ बजे एक्सपोको उद्घाटन गर्ने कार्यक्रम तय भएको जानकारी दिए […]
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट देशभर सुरु भएको छ । बिहान ८ बजेबाट सुरू परीक्षाको पहिलो दिन अंग्रेजी विषयको परीक्षा भइरहेको छ । एसईई परीक्षा वैशाख २० गते सकिने छ । कोरोना महामारीका कारण अघिल्ला दुई वर्षसम्म लगातार हुन नसकेको परीक्षा यस वर्ष राष्ट्रिय परीक्षा बोर्डले भौतिक रुपमै सन्चालन गरेको हो । अघिल्ला […]
काठमाडौं । स्थानीय तह निर्वाचनमा देशभर १० हजार जना पर्यवेक्षकले निर्वाचन पर्यवेक्षण गर्ने भएका छन् । निर्वाचन आयोगले मापदण्ड पुरा गरेका ४४ वटा संस्थाहरुलाई पर्यवेक्षणको अनुमति दिने निर्णय गरेको हो । पर्यवेक्षकहरुले आफू मतदाता भएको स्थानीय तहमा भने निर्वाचनको अनुगमन गर्न पाउने छैनन् । आयोगले उनीहरुलाई मनोनयनदेखि मतपरिणाम सार्वजनिक हुँदाको बेलासम्म अनुगमन गर्न अनुमति दिएको […]
माध्यमिक शिक्षा परीक्षा (एसईई) आज शुक्रबार बिहान ८ बजेबाट देशभर एकसाथ सञ्चालन हुँदैछ । उक्त परीक्षामा कर्णालीका ३७ हजार ५४५ जना विद्यार्थीहरु सहभागि हुँदैछन् । शिक्षा विकास निर्देशनालय कर्णालीका प्रदेशका निर्देशक दीपा हमालका अनुसार कर्णालीमा १७३ वटा परीक्षा केन्द्रमा विद्यार्थीहरुले एसईई दिनेछन् । रुकुमपश्चिमका २३ वटा परीक्षा केन्द्रमा दुई हजार २३० जना विद्यार्थीले परीक्षा दिनेछन् […]
सङ्खुवासभा । यहाँको सिलिचोङ गाउँपालिका–३ ताम्कुबाट हेलिकोप्टरमार्फत एक सुत्केरीको उद्धार गरिएको छ । सिलिचोङ–३ कोल्वाकी १८ वर्षीया मेलिना राईलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिनुभयो । सुत्केरी राईको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उद्धार गरिएको हो । ब्यथा लागेपछि उनलाई बुधबार राति १० बजे प्राथमिक स्वास्थ्य केन्द्र ताम्कु […]
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले वैशाख ३० गते हुने स्थानीय निकायको निर्वाचनको घोषणा पत्र आज (शुक्रबार) सार्वजनिक गर्ने भएको छ । पार्टीको ७४ औं स्थापना दिवसका अवसरमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीको घोषणा पत्र सार्वजनिक गर्ने एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । उनका अनुसार दिउँसो १ बजे तुल्सीलाल स्मृति भवन, […]
काठमाडौं, बैशाख ९ । निर्वाचन आयोगले ७ सय ५३ वटै स्थानीय तहमा निर्वाचन कार्यालय स्थापना गरेसँगै विभिन्न जिल्लाहरूमा निर्वाचन सामग्री पठाउन थालेको छ।निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बिहीबार पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन् । उनले वैशाख ३० गते शुक्रबार हुने स्थानीय तहको निर्वाचनको कार्यतालिका अघि बढाउन आयोगले देशभरका ७ सय ५३ वटै स्थानीय […]
माध्यमिक शिक्षा परीक्षा (एसईई) आज शुक्रबार बिहान ८ बजेबाट देशभर एकसाथ सञ्चालन हुँदैछ । पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुँदैछ । परीक्षा २० वैशाखसम्म सञ्चालन हुनेछ । राष्ट्रिय परीक्षा बोर्ड, एसइईका परीक्षा नियन्त्रक अर्जुन रायमाझीका अनुसार एसईईमा ५ लाख १४ हजार ९ सय ७७ परीक्षार्थी सहभागी हुँदैछन् । जसमध्ये २ लाख ५७ हजार […]
दार्चुलाको शैल्यशिखर नगरपालिका-६ ग्वानीमा नेकपा एमाले र नेपाली काँग्रेसका कार्यकर्ताबीच झडप भएको छ । शान्तिपूर्ण र्याली गरिरहेको समयमा काँग्रेसका कार्यकर्ताले आफूमाथि ढुंगा र सिसाका बोतल प्रहार गरेको एमालेका कार्यकर्ता राजेश विष्टले बताए । झडपमा गाडीका सिसा फुटाइएको र केही एमालेका कार्यकर्ता घाइते भएको विष्टले बताए । घाइतेको टाउकोमा चोट लागेको छ । प्रहरीले भने उक्त […]