होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेपाल टेलिकमका आधाभन्दा बढी इन्टरनेट प्रयोगकर्ता थ्रीजीमै आश्रित
समाचार

नेपाल टेलिकमका आधाभन्दा बढी इन्टरनेट प्रयोगकर्ता थ्रीजीमै आश्रित

  • नागरिक रैबार
नेपाल टेलिकमका आधाभन्दा बढी इन्टरनेट प्रयोगकर्ता थ्रीजीमै आश्रित

काठमाडौं । नेपाल टेलिकमका आधाभन्दा बढी मोबाइल डेटाका प्रयोगकर्ता थ्रीजीमै आश्रित रहेको देखिएको छ । गत माघ २०७८ सम्मको विवरणका आधारमा नेपाल दूरसञ्चार प्राधिकरणले हालै सार्वजनिक गरेको ‘एमआईएस प्रतिवेदन’का अनुसार टेलिकमका १ करोड ९३ लाख डेटा प्रयोगकर्तामध्ये ९९ लाख ९५ हजार प्रयोगकर्ता थ्रीजीमै छन् । टेलिकमको फोरजी प्रयोगकर्ताको संख्या ९३ लाख ०८ हजार पुगेको छ ।

नेपाल टेलिकमले फोरजी सेवाको विस्तार गरिरहेपनि अझै पनि धेरै प्रयोगकर्ता थ्रीजी नै प्रयोग गर्न बाध्य छन् ।

चौथो पुस्ताको मोबाइल सेवा फोरजी प्रयोगकर्ताको संख्यामा नेपाल टेलिकमले एनसेललाई उछिने पनि एनसेलको थ्रीजी प्रयोगकर्ताको संख्या टेकिलमको भन्दा कम छ ।

विज्ञापन

एनसेलका १९ लाख ९७ हजार सब्स्क्राइबरले थ्रीजी चलाउँछन् । एलसेलको फोरजी प्रयोगकर्ताको संख्या ६५ लाख ४९ हजार पुगेका छन् ।

फोरजी सेवामा लामो समय एनसेलले नै वर्चस्व कायम गरेको थियो । नेपाल टेलिकमले चार वर्षपछि भदौ २०७७मा महिनामा मात्रै फोरजी सेवामा निजी सेवाप्रदायक एनसेललाई उछिनेको थियो ।

टेलिकमले १७ पुस २०७३ गतेदेखि काठमाडौं र पोखरामा फोरजी सेवा उपलब्ध गराउन थालेको थियो । तर, टेलिकमभन्दा ५ महिनापछि (१७ जेठ, २०७४) फोरजी सेवा थालेको एनसेलले शुरुआतमै तीव्र रुपमा देशभर नेटवर्क विस्तार गरेर सेवा दिएपछि टेलिकम तत्कालै ग्राहक संख्यामा पछि परेको थियो । एनसेलले शुरुआतमै ४० मुख्य शहरबाट थ्रीजी नेटर्वकको अपग्रेड गरेर सेवा थालेको थियो ।

तर, टेलिकमलाई काठमाडौं र पोखराबाहेकका क्षेत्रमा सेवा विस्तारका लागि ठेक्का लगाउन मात्रै २ वर्ष समय लागेको थियो । २०७५ माघमा टेलिकमले एक वर्षभित्र फोरजी सेवा देशभर पुर्‍याउने भन्दै दुई चिनियाँ कम्पनीलाई ठेक्का दिए पनि काम भएन । टेलिकमका अरु परियोजना जस्तै फोरजी विस्तारको काम पनि अलमलमा फस्दा एनसेलले ठूलो संख्यामा ग्राहक बटुलिसकेको थियो ।

टेलिकमले बजार मूल्यभन्दा महँगोमा ठेक्का लगाउन खोजेको भन्ने विवाद अख्तियारसम्म पुगेको थियो । बोलपत्र लिइसकेको ठेक्का प्रक्रिया अघि बढाउने वा नयाँ लागत मूल्य तयार गरेर अर्को ठेक्का प्रक्रियामा जाने राय अख्तियारले सञ्चार मन्त्रालयलाई दिएको थियो ।

तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाले ३६ महिनाको परियोजनालाई १२ महिनामै सक्ने शर्तमा दुई चिनियाँ कम्पनीलाई ठेक्का लगाउन सहमति दिएका थिए । छिटो विस्तार सक्दा त्यसबाट टेलिकमले छिटै लगानी उठाउने र लागत महँगो भए पनि लाभ हुने बास्कोटाको तर्क थियो ।

टेलिकमले फोरजी सेवा विस्तारका लागि चिनियाँ कम्पनी जेडटीई कर्पोरेसन र हङकङको सीसीएसआई कम्पनी (हुवावे)सँग गत माघमा १८ अर्बको सम्झौता गरेको थियो ।

तर, ठेक्का भएर काम शुरु भएपछि पनि टेलिकमले तीव्र गतिमा नेटवर्क विस्तार गर्न सकेन । २०७६ फागुनसम्म फोरजी विस्तारको सबै काम सकिनुपर्थ्यो । २०७६ फागुनपछि ६ महिनामा काम सक्ने भनेर टेलिकमले ठेक्काको समय थपेको थियो । तर, २०७७ असारमा पनि नसकिएपछि पटक–पटक म्याद थप्दै आयोजना लम्ब्याइरहेको छ ।

कति छन् इन्टरनेट प्रयोगकर्ता ?

पछिल्लो समयमा फोरजी प्रयोगकर्ता बढिरहेकाले थ्रीजीलाई फोरजीले विस्थापित गर्दै लैजाने विश्वास गरिएको छ । प्राधिकरणका अनुसार फोरजी सेवा प्रयोग गर्ने ग्राहकको संख्या एक करोड ६० लाख ५९ हजार छ । जबकी एक करोड २२ लाख ८३ हजार थ्रीजी प्रयोगकर्ता छन् ।

एमआईएस प्रतिवेदनअनुसार स्मार्ट टेलिकमका १ लाख ६१ हजार प्रयोगकर्ताले फोरजी चलाउँछन् । भदौसम्म टेलिकमको ६२ लाख ६८ हजार, एनसेलको ५७ लाख २५ हजार रस्मार्ट टेलिकमको १ लाख ७६ हजार फोरजी प्रयोगकर्ता थिए ।

नेपालमा ३ करोड ६९ लाख ९१ हजार इन्टरनेट सब्स्क्राइबर छन् । यो जनसंख्याभन्दा करिब २६ प्रतिशतले बढी हो । एकै व्यक्तिले फरक-फरक स्थानमा फरक-फरक सेवा प्रदायकबाट सेवा लिइहरेकाले इन्टरनेट सब्स्क्राइबरको संख्या जनसंख्या भन्दा धेरै भएको हो ।

नेपालमा जनसंख्याको करिब २८ प्रतिशत ( ८० लाख) प्रयोगकर्ता तारसहितको इन्टरनेट चलाउँछन् भने जनसख्याको ९७ प्रतिशत व्यक्तिहरुले मोबाइल इन्टरनेट सब्स्क्राइब गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार