होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कञ्चनपुरमा माओवादी कार्यकर्ताबाट एमाले कार्यकर्ता कुटिए
समाचार

कञ्चनपुरमा माओवादी कार्यकर्ताबाट एमाले कार्यकर्ता कुटिए

  • नागरिक रैबार
कञ्चनपुरमा माओवादी कार्यकर्ताबाट एमाले कार्यकर्ता कुटिए

महेन्द्रनगर । कञ्चनपुरमा नेकपा माओवादी केन्द्रका कार्यकर्ताबाट नेकपा एमालेका कार्यकर्ता कुटिएका छन् ।

भीमदत्त नगरपालिका–१९ बागफाँटामा एमालेका स्थानीय कार्यकर्ता अञ्जु चौधरी र राजेन्द्रप्रसाद अवस्थी कुटिएका एमालेको कञ्चनपुर जिल्ला कमिटीका उपसचिव कर्णबहादुर चन्दले बताए ।

उनका अनुसार अञ्जुको टाउको र छातीमा चोट लागेको छ भने अवस्थीको पनि छातीमा चोट लागेको छ । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले बुधबार बागफाँटामा संयुक्त र्‍याली निकालेको थियो ।

विज्ञापन

‘एमालेको चुनाव प्रचार प्रसार गरिरहेका थियौं, गौरादेवी मन्दिरमा गठबन्धनका नेता कार्यकर्तासँग भेट भयो’, घाइते अवस्थीले भने, ‘उनीहरुलाई देखेर हामीहरुले माइकिङ बन्द गरेका थियौं, अञ्जुको खुट्टा लागेर माइक ‘अन’ भयो, त्यसपछि उनीहरु कुटपिटमा उत्रिए ।’

माओवादी केन्द्रका वीरेन्द्र चन्द र रघुवीर धामीलगायतको समुहले कुटपिट गरेको भन्दै एमालेले प्रहरीमा उजुरी दिएको एमालेका जिल्ला उपसचिव कर्णबहादुर चन्दले बताए । उनले भने ‘कुटपिट गर्नेहरुलाई कारबाहीको माग गर्दै निवदेन दिएका छौं, घाइतेहरुलाई महाकाली अस्पतालमा भर्ना गरेका छौं,’ उनले भने ।

बागफाँटा प्रहरी चौकीका इन्चार्ज वीरेन्द्र पुजराले एमाले र माओवादी कार्यकर्ताबीच सामान्य विवाद भएको बताए । ‘आज बागफाँटामा माओवादीको र्‍याली थियो, त्यो र्‍यालीमा एमालेका कार्यकर्ता पुगेछन्,’ उनले भने, ‘हाम्रो र्‍यालीमा किन आएको भनेपछि विवाद भएको रहेछ ।’

घटनाको विषयमा दुबै पक्षबाट उजुरी आएको भन्दै उनले बोलाएर छलफल गर्ने बताए ।

अघिल्लो समाचार

काभ्रेको रोशीमा बस र जीप ठोक्किंदा ५ जनाको मृत्यु काठमाडौं । वीपी राजमार्ग अन्तर्गत काभ्रेको रोशी गाउँपालिका-११ मा तीर्थ यात्रु सवार बस र जीप एकआपसमा ठोक्किंदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य १८ जना घाइते भएका छन् ।  काठमाडौंबाट भारत तर्फ जाँदै गरेको तीर्थ यात्रु सवार यूपी ५८३८१८१ नम्बरको बस र सिन्धुलीबाट काठमाडौं तर्फ आइरहेको ना १ ज ४२१० नम्बरको जीप एक आपसमा ठोक्किंदा एक जना बालकसहित ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।     काभ्रेका एसपी चक्रराज जोशीका अनुसार मृत्यु हुनेमा रामेछापकी ३५ वर्षीया सम्झना भुसाल र उनको ७ वर्षीय छोरा संगित भुसाल, सिन्धुलीको कमलामाई-७ का ३१ वर्षीय बिक्रम श्रेष्ठ, कमलामाई-४ का ४५ वर्षीय हरिबहादुर बल र सुनकोशी-१ की ४४ वर्षीया प्रमिला नेपाली रहेका छन् । मृत्यु हुने सबै जीपमा सवार यात्रु हुन् ।  घाइते हुनेमा ८ जना जीपमा सवार र १० जना बसमा सवार तीर्थ यात्री रहेका छन् । घाइतेहरुलाई उपचारका लागि धुलिखेल अस्पताल ल्याइएको उनले बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार