होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख २१, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • श्रीमान–श्रीमती नै चुनाव लड्दै, पार्टी फरक
समाचार

श्रीमान–श्रीमती नै चुनाव लड्दै, पार्टी फरक

  • नागरिक रैबार
श्रीमान–श्रीमती नै चुनाव लड्दै, पार्टी फरक

कञ्चनपुर: यहि वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कञ्चनपुरमा रोचक भिडन्त हुने भएको छ। जहाँ श्रीमान–श्रीमती नै फरक–फरक पार्टीबाट चुनावी मैदानमा उत्रिएका छन्।

दोधारा चाँदनी नगरपालिकाको वडा नम्बर ७ मा वडासदस्य पदमा श्रीमान सन्दीप उपाध्याय र श्रीमती कमला उपाध्याय उठेका छन्। सन्दिप नेकपा एमाले र कमला नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बनेकी हुन्। सन्दीप खुला सदस्य र कमला महिला सदस्यबाट भिडिरहेका छन्। वडामा विजयी भए वडाको विकास गर्ने दुवैको चुनावी एजेण्डा छ।

एमालेमा आवद्ध सन्दिपले विभिन्न संघसंस्थामा काम गरिसकेका छन्। उनले आफू र टिमको जित सुनिश्चित भएको दाबी गरेका छन्। कमलाले पनि रेडक्रस सोसाइटी लगायत विभिन्न संघसस्थामा काम गरिसकेकी छिन्। काँग्रेस संघीय क्षेत्र नम्बर (ख) की क्षेत्रिय सदस्य समेत रहेकी उनी वडा नम्बर ७ मा काँग्रेस भारी मतले विजयी हुने दाबी गर्छिन्।

विज्ञापन

फरक पार्टी भए पनि उनीहरु एक–आपसमा सौहार्दतापूर्ण तरिकाले बसेको स्थानीयले बताएका छन्। उनीहरु दुवै विहान घरबाट निस्केर प्रचारप्रसारमा जान्छन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार