होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नेपाल प्रहरीले चुनावी घरदैलोका क्रममा दलका नेता, उम्मेदवार तथा कार्यकर्ताहरूलाई अपरिचित व्यक्तिबाट प्रसाद वा सगुन ग्रहणका निमित्त प्रस्ताव हुने गरेको र सो खाएपछि बिरामी पर्ने गरेको भन्दै सचेत रहन आग्रह गरेको छ । प्रहरीले एक सार्वजनिक सूचनामार्फत सगुन सेवनप्रश्चात कोही बेहोस हुने र कोही चक्कर लागेर लड्नेजस्ता घटनाहरु भएको पाइएको भन्दै सार्वजनिक सूचना निकालेको हो […]
तीन दशक लामो राष्ट्रिय प्रजातन्त्र पार्टीको राजनीतिबाट राजीनामा दिएका मकवानपुरका नेता मधुकर अधिकारी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । आइतबार पोखरा पुगेर नेता अधिकारी एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् । उनलाई एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले टीका लगाएर पार्टीमा स्वागत गरेका थिए । पार्टीमा स्वागत गर्दै अध्यक्ष नेपालले अधिकारीलाई पार्टीमा उचित र सम्मानित भूमिका […]
काठमाडौं । यसअघि नै स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको नेकपा (एमाले) ले ६७ बुँदे ‘अपिल’ सार्वजनिक गर्यो । एमाले अध्यक्ष केपी ओलीले पत्रकार सम्मेलनमा वाचन गरेर सार्वजनिक गरेको उक्त सामग्रीलाई ‘नेकपा (एमाले) को आम मतदातालाई अपिल’ शीर्षक दिइएको छ । तर, ‘अपिल’ आम मतदातालाई आग्रह गर्नभन्दा पनि कांग्रेसको घोषणापत्रमा गरिएको आफ्नो आलोचनाको प्रतिउत्तर दिन […]
चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदका लागि पार्टी सिध्याउन लागेको बताएका छन् । भरतपुरमा आइतबार पार्टीले आयोजना गरेको आभसभामा बोल्दै उनले प्रधानमन्त्री पदका लागि पार्टी सिध्याउँदा कार्यकर्ता मुकदर्शक भएको टिप्पणी गरे । ‘शेरबहादुरजीले प्रधानमन्त्री पदका लागि पार्टी सिध्याउँदैछन्, के हेरेर बसेका छन् कार्यकर्ता ? पार्टी सिद्धियो […]
काठमाडौँ — केन्द्रीय तथ्यांक विभागले ‘राष्ट्रिय जनगणना २०७८’को नतिजा आगामी असोजभित्र प्रकाशित गर्ने जनाएको छ । मंसिर ९ गते सम्पन्न १२औं राष्ट्रिय जनगणनाको लगतलाई गत चैतबाट प्रशोधन कार्य सुरु गरिएको हो । लगत प्रशोधन कार्यमा सयजना ‘कोडर/इडिटर’, तीन सय जना ‘डाटा इन्ट्री अपरेटर’ र पचास जना जति कर्मचारी दैनिक खटिएका छन् । ‘दुई महिनामा ३५ […]
काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असार १७ गतेपछि गठबन्धन टुट्छ भनेर आफूले नभनेको बताएका छन् । आइतबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले असार १७ पछि गठबन्धन टुट्ने कुरा ज्योतिषिहरूले भनेको बताएका हुन् । ‘असार १७’ स्पष्ट भएन नि भन्ने पत्रकारको जिज्ञासामा उनले भने, ‘ज्योतिषिहरूलाई सोध्नुस् न । उनीहरूले स्पष्ट पार्छन् के, यो मैले भनेको होइन ।’ […]
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका नेताहरूको धम्कीले सचेत जनता नतर्सिने बताएका छन्।बुटवलमा आइतबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले सत्तारूढ गठबन्धन चुनाव हार्ने डरले धाकधम्कीपूर्ण अभिव्यक्तिमा उत्रिएको बताए। उनले कसैले धम्काउँदैमा र तर्साउँदैमा विचलित नहुन आग्रह गर्दै निर्धक्क भएर एमालेको सूर्य चिन्हमा मतदान गर्न आग्रह गरे।ओलीले अहिलेको गठबन्धन कुनै विचार, […]
मौसमविद्हरुले स्थानीय तहको निर्वाचनका दिन मुलुकभर वर्षा हुने सम्भावना औंल्याउँदै आवश्यक पूर्वतयारी गर्न सचेत गराएका छन् । बगांलको खाडीमा वैशाख २३ गतेदेखि उत्पन्न न्यून चापीय अवस्था आइतबारको दिन समुद्री आँधीको रुपमा विकसित हुँदै गएको र त्यसको असर नेपालमा पनि पर्ने उनीहरुको भनाइ छ । मौसमविद् डा धर्मराज उप्रेतीले आसानी नाम दिइएको सो आँधी निकै तिव्र […]
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३० वैशाखमा कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन नहुने बताएको छ । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा स्वास्थ्यकर्मीहरु समेत परिचालन हुने र स्थानीय स्वास्थ्यकर्मीहरुले पनि आफ्नो मताधिकार प्रयोग गर्नुपर्ने भएकोले सो दिन खोप कार्यक्रम बन्द हुने मन्त्रालयले जनाएको छ । मन्त्रालयले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै चुनावको अघि र […]
धनगढीः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कैलाली आउने भएका छन्। भोलि (सोमबार) प्रचण्ड कैलारी गाउँपालिकाको हसुलिया आउन लागेका हुन्। भोलि हसुलियामा माओवादीको कैलारी गाउँ समितिले चुनावी जनसभा आयोजना गर्ने भएको छ। उक्त जनसभालाई सम्बोधन गर्न प्रचण्ड त्यहाँ आउन लागेको माओवादी नेताहरुले बताएका छन्। स्थानीय चुनाव नजिकिएसँगै केन्द्रका नेताहरुले दौडधुप तथा सक्रियता बढाएका छन्। […]
नागरिक रैबार २५ बैशाख बाजुरा। बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बाजुराका ९ वटै स्थानीय तहमा कर्मचारीहरु खटाईएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट नियुक्तिपत्र, मतपत्र लिई जिल्ला निर्वाचन कार्यालयबाट मतपेटिका तथा मतदानकार्यमा चाहिने आवश्यक सामाग्री लिएर कर्मचारी गाउँ खटाईएको जिल्ला निर्वाचन कार्यालय बाजुराले बताएको छ । बैशाख ३० गते हुने स्थानीय तहको […]
स्थानीय तहको निर्वाचन हुन पाँच दिन बाँकी रहँदा हुम्लाका सात स्थानीय तहमा छ मतदान अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्लाका ५४ मतदान केन्द्रका लागि २५४ कर्मचारी खटेको निर्वाचन कार्यालय हुम्लाले जनाएको छ । शनिबारसम्म ३४ मतदान अधिकृतले मतपत्रसहितका सामग्री बुझिलिएको निर्वाचन कार्यालयका सूचना अधिकारी श्यामबहादुर रानाले बताए । आज २० अधिकृतले मतपत्र, मतपेटिकालगायतका सामग्री […]
निर्वाचन आयोगले ‘निर्वाचन आचारसंहिता, २०७८’ को उल्लंघन गरेको भन्दै २३ वटा वेब पोर्टललाई कारवाही गरेको छ । उनीहरुले आचारसंहिताको गम्भीर उल्लंघन गरेको कारण नेपालभित्र सञ्चालन हुन नसक्ने गरी कारवाही गरिएको आयोगले जनाएको छ । निर्वाचन आयोगबाट मिडिया अनुगमनको जिम्मेवारी पाएको प्रेस काउन्सिल नेपालले ती वेब पोर्टललाई कारवाही गरेको हो । दर्ता नभई सञ्चालन भएका वेब […]
नेपाल पत्रकार महासंघ डडेलधुरा शाखाको कार्यालय भवनमा अज्ञात समुहले तोडफोड गरेका छन् । सो घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको जनाएको छ । महासंघका महासचिव रोशन पुरीले आइतबार जारी गरेको विज्ञप्तिमा ताला लगाइरहेको उक्त भवनको ताला तोडेर अज्ञात समूहले शाखाले निर्माण गरेको आइसोलेसन सेन्टरमा रहेको दराज तोडफोड गर्नुका साथै सभाकक्ष, स्टोरलगायतमा क्षति पु¥याउने काम गरेको […]
वायुसेवा सञ्चालक सङ्घ, नेपालले यही वैशाख ३० गते मानवीय उद्धार, सहायता उडान एवं सरकारको निर्देशनमा हुने उडान बाहेकका सबै नियमित आन्तरिक सेवा बन्द गर्ने बताएको छ । निर्वाचन आयोगको ‘स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतदान हुने दिनको सवारी आवागमन व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७९ अनुसार सङ्घमा आबद्ध सबै वायुसेवाले आन्तरिक उडान बन्द गर्न लागेका हुन् । […]
सत्ताधारी गठबन्धन दलले पोखरामा आयोजित सभामा सम्बोधन गर्न पोखरा पुगेको नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले गठबन्धनले निर्वाचन हारे देश दुर्घटनामा जाने बताएका छन् । देशमा गणतन्त्रवादी र गणतन्त्र विरोधी गठबन्धन चुनावमा रहेको बताउँदै दाहालले गठबन्धनले चुनाव जितेन भने देश दुर्घटनामा जाने कुरालाई पोखरामा पनि दोर्याएका हुन् । उनले चुनावी अभियानका क्रममा चितवनमा […]
कास्की । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गण्डकी प्रदेश प्रहरी कार्यालय, विपद् व्यवस्थापन गुल्म बागलुङमा कार्यरत प्रहरी नायब निरीक्षक रुपनारायण महतोविरुद्ध घुस लिएको आरोपमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी नायब निरीक्षक महतोविरुद्ध ३८ हजार रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा आइतबार मुद्दा दायर गरेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । महतोले […]
मुगुको एक विद्यालयका विद्यार्थी जोखिम यात्रा गरेर विद्यालय पुग्न बाध्य भएका छन् । छायाँनाथ रारा नगरपालिका–३ मा रहेको मालिका आधारभूत विद्यालय साँया खोलाका बालबालिकाहरू विद्यालयसम्म पुग्न जोखिम मोल्न बाध्य छन् । विद्यालयका करिब ६८ जना विद्यार्थीहरू ३० मिटरसम्म भिरालो र साँघुरो बाटोबाट भएर विद्यालय आउजाउ गर्न पुग्न बाध्य छन् । कक्षा १ देखि ५ सम्म […]
काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनलाई आगामी ३० वैशाखमा ठूलो मर्का पर्ने दाबी गरेका छन् ।उनले आफूलाई राजनीतिक र ग्रहदशा हेर्ने दुवै थरी ज्योतिषीले भनेको भन्दै उनले गठबन्धनभित्र ठूलो संकट आउन लागेको दाबी गरेका हुन् ।‘ज्योतिषीहरूको भनाइमा गठबन्धनका लागि सबभन्दा ठूलो खड्गो त यही वैशाख ३० नै हो । यसैमा […]
काठमाडौं । स्थानीय तह निर्वाचनमा विभिन्न पदमा ३ सय ९० जना उम्मेद्वारहरु निर्विरोध निर्वाचित भएका छन् । उनीहरुको मात्रै एकल उम्मेदवारी परेकाले निर्वाचन आयोगले निर्विरोध भएको घोषणा गरेको हो । आयोगको बुलेटिन अनुसार गाउँपालिकाका ३ अध्यक्ष सहित विभिन्न पदमा उनीहरु निर्विरोध भएका हुन् । हेर्नुहोस् निर्विरोध निर्वाचितहरुको नामावली