होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ‘असार १७’ मैले भनेको होइन, ज्योतिषिलाई नै सोध्नू : ओली
समाचार

‘असार १७’ मैले भनेको होइन, ज्योतिषिलाई नै सोध्नू : ओली

  • नागरिक रैबार
‘असार १७’ मैले भनेको होइन, ज्योतिषिलाई नै सोध्नू : ओली

काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असार १७ गतेपछि गठबन्धन टुट्छ भनेर आफूले नभनेको बताएका छन् । आइतबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले असार १७ पछि गठबन्धन टुट्ने कुरा ज्योतिषिहरूले भनेको बताएका हुन् ।

‘असार १७’ स्पष्ट भएन नि भन्ने पत्रकारको जिज्ञासामा उनले भने, ‘ज्योतिषिहरूलाई सोध्नुस् न । उनीहरूले स्पष्ट पार्छन् के, यो मैले भनेको होइन ।’ एमाले विराटनगर महानगर कमिटीले शनिबार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले गठबन्धनको आयु असार १७ गते अन्त्य हुने बताएका थिए ।

‘प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाजी ज्योतिषीमा धेरै विश्वास गर्नुहुन्छ । त्यसैले जेठ र असारको महिना कस्तो छ, बोलाएर सोध्नु होस्,’ उनले भनेका थिए, ‘असार १७ गते कस्ता नक्षत्र र ग्रहहरू छन्, ज्योतिषिलाई बोलाएर हेर्नुहोस् भनेको छु, विचराहरूको सातो गएको छ होला ।’

विज्ञापन

अध्यक्ष ओलीले वैशाख ३० गते नै गठबन्धनका लागि ‘सबैभन्दा ठूलो खड्को’ रहेको समेत बताए । ‘राजनीति हेर्ने ज्योतिषि र ग्रहदशा हेर्ने ज्योतिषि हुन्छ्न् । राजनीति हेर्ने ज्योतिषिले भनेका कुरा हुन् । गठबन्धन रहन्छ रहँदैन भन्नेमा मेरो केही भन्नु छैन । गठबन्धनका लागि सबभन्दा ठूलो खड्को वैशाख ३० गते नै हो,’ ओलीले भने ।

आगामी स्थानीय तहको चुनावका लागि अपिल जारी गर्ने क्रममा ओलीले कांग्रेस र निर्वाचन आयोगको आलोचना गरेका थिए । कांग्रेसले संसदीय मूल्य र मान्यता कुल्चिएको भन्दै अधिकांश समय उनले उसकै आलोचनामा खर्चिएका थिए । त्यस्तै निर्वाचन आयोगले आफैले जारी गरेको आचारसंहिता कार्यान्वयन गराउन नसकेको भन्दै उनले आलोचनासमेत गरे । निर्वाचन आयोगले गठबन्धन दलको परामर्शमा मात्रै आचारसंहिता जारी गरेको पनि उनको आरोप थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार